गोकुल प्रसाद बास्कोटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोकुल प्रसाद बास्कोटा
सुचना तथा सञ्चार प्रविधि मन्त्री
कार्यकाल
February 12, 2018 – February 20,2020
राष्ट्रपतिविद्या भण्डारी
प्रधानमन्त्रीकेपी ओली
पूर्वाधिकारीमोहन बहादुर बस्नेत
उतराधिकारीयुवराज खतिवडा
कार्यकाल
January , 2020 – February, 2020
राष्ट्रपतिविद्या भण्डारी
प्रधानमन्त्रीकेपी ओली
व्यक्तिगत विवरण
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी

गोकुल प्रसाद बास्कोटा एक नेपाली राजनीतिज्ञ हुन्। [१] उनी नेपाल कम्युनिष्ट पार्टीको सदस्य र ओली सरकारको सञ्चार र सूचना प्रविधि मन्त्री समेत थिए। [२] [३] उनी आफ्नो रुखो, छुच्चो बोली छुद्र व्यवहार, घुसकाण्डका लागि चर्चामा आएका थिए। उनलाई प्रधानमन्त्रीको विश्वासपात्रको मानिन्थ्यो। केपी ओलीले पनि उनको प्रशंसा र बचाउ गर्दै आएका छन्। उनी काभ्रेपलाञ्चोक -२बाट निर्वाचित प्रतिनिधि सभा (नेपाल)को सदस्यको रूपमा निर्वाचित भएका थिए। [४] [५] उनको "दुई-तिहाईको सरकारलाई हेप्नी!" "सरकारलाई चौतर्फी घेरामा चेप्नी" "सरकारलाई नटेर्नी" भन्ने जस्ता भनाई पनि बारम्बार चर्चामा आउने गरेको थियो ।

विवादहरू[सम्पादन गर्नुहोस्]

  • सम्पत्ति विवरण: सामसुङ कम्पनीको आइफोन[६]
  • गाह्रो प्रश्न सोधेकाले नेपाल टेलिभिजनमा पत्रकार राजु थापाको कार्यक्रम बन्द[७]
  • मिडिया काउन्सिल विधेयक
  • गुठी विधेयक प्रकरणमा गुठीलाई सामन्ती संस्कारको रूपमा चित्रण र संसदमा आफुले नबोलेको भनी झुट कुरा
  • सेक्युरिटी प्रेस प्रकरण
    नेपालमा सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदबारे ठेक्काका लागि उनलाई ७० करोड रूपैयाँ घूसको आरोप लगाइएको थियो। [८] सोही दिन उनले मन्त्री पदबाट राजीनामा गरे। उनी यस अघि मन्त्रिपरिषद्को प्रवक्ता पनि थिए।

प्रतिनिधि सभा २०७९[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार गोकुल प्रसाद बास्कोटा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट ४५३४५मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।[९] उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंले ३९४८२मत प्राप्त गरेका थिए।[१०]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "लुट्नका लागि जनताले शासनमा पुर्‍याएको होइन : प्रधानमन्त्री", election.ekantipur.com 
  2. "सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गरे लोकप्रीय काम"  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०२-१८ मिति
  3. Republica, "Baskota promoted to Minister for Communication and Information Technology", My Republica 
  4. "Kavrepalanchowk : Province 3 - Nepal Election Latest Updates and Result for Federal Parliament", election.ekantipur.com 
  5. "सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गरे लोकप्रीय काम"  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०२-१८ मिति
  6. अन्य सम्पत्ति
  7. [https://www.mysansar.com/2018/06/32207/amp/ सामसुङको आइफोन बोक्ने मन्त्रीको झुट पक्रँदा एनटिभीको कार्यक्रम बन्द] वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-०२ मिति
  8. "Minister Baskota bargains for 700 million bribe (with audio)", myrepublica.nagariknetwork.com 
  9. "काभ्रेपलाञ्चोक : प्रदेश ३ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२५ 
  10. "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२५