गोकुल प्रसाद बास्कोटा
स्वरूप
(गोकुल प्रसाद बाँस्कोटाबाट अनुप्रेषित)
गोकुल प्रसाद बास्कोटा | |
---|---|
सुचना तथा सञ्चार प्रविधि मन्त्री | |
कार्यकाल February 12, 2018 – February 20,2020 | |
राष्ट्रपति | विद्या भण्डारी |
प्रधानमन्त्री | केपी ओली |
पूर्वाधिकारी | मोहन बहादुर बस्नेत |
उतराधिकारी | युवराज खतिवडा |
कार्यकाल January , 2020 – February, 2020 | |
राष्ट्रपति | विद्या भण्डारी |
प्रधानमन्त्री | केपी ओली |
व्यक्तिगत विवरण | |
जन्म | [१] | २९ अगस्ट १९७०
राजनीतिक दल | नेकपा एमाले |
गोकुल प्रसाद बास्कोटा एक नेपाली राजनीतिज्ञ हुन्। [२] उनी नेपाल कम्युनिष्ट पार्टीको सदस्य र ओली सरकारको सञ्चार र सूचना प्रविधि मन्त्री समेत थिए। [३] [४] ठेट नेपाली शब्द प्रयोगमा माहिर छन् ।[५] [६] उनको "दुई-तिहाईको सरकारलाई हेप्नी!" "सरकारलाई चौतर्फी घेरामा चेप्नी" "सरकारलाई नटेर्नी" भन्ने जस्ता भनाई पनि बारम्बार चर्चामा आउने गरेको थियो ।
विवादहरू
[सम्पादन गर्नुहोस्]- मिडिया काउन्सिल विधेयक
- गुठी विधेयक प्रकरणमा गुठीलाई सामन्ती संस्कारको रूपमा चित्रण
- सेक्युरिटी प्रेस प्रकरण
नेपालमा सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदबारे ठेक्काका लागि उनलाई ७० करोड रूपैयाँ घूसको आरोप लगाइएको थियो तर प्रमाणित हुन सकेन । [७] सोही दिन उनले मन्त्री पदबाट राजीनामा गरे। उनी यस अघि मन्त्रिपरिषद्को प्रवक्ता पनि थिए।
प्रतिनिधि सभा २०७९
[सम्पादन गर्नुहोस्]प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार गोकुल प्रसाद बास्कोटा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट ४५३४५मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।[८] उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंले ३९४८२मत प्राप्त गरेका थिए।[९]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका [Federal Parliament Members 2017 Introduction Booklet] (नेपालीमा), Nepal: Federal Parliament Secretariat, २०२१, पृ: 270।
- ↑ "लुट्नका लागि जनताले शासनमा पुर्याएको होइन : प्रधानमन्त्री", election.ekantipur.com।
- ↑ "सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गरे लोकप्रीय काम"। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०२-१८ मिति
- ↑ Republica, "Baskota promoted to Minister for Communication and Information Technology", My Republica। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-०५ मिति
- ↑ "Kavrepalanchowk : Province 3 - Nepal Election Latest Updates and Result for Federal Parliament", election.ekantipur.com।
- ↑ "सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गरे लोकप्रीय काम"। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०२-१८ मिति
- ↑ "Minister Baskota bargains for 700 million bribe (with audio)", myrepublica.nagariknetwork.com।
- ↑ "काभ्रेपलाञ्चोक : प्रदेश ३ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२५।
- ↑ "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२५।