घरेलु उपचार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

घरेलु उपचार भनेको घरायसी तरिकाले विरामको उपचार गर्नु हो। यस विधिमा घरमा सजिलै उपलब्ध हुने सामग्री प्रयोग गरी उपचार गरिन्छ।

कैयौँ पटक हामी साधारण बीमारीमा पनि आत्तिन्छौं तर यदि हामीलाई अलिकति घरेलू उपचारको बारेमा थाहा भए सरल तरिकाले तत्कालै लाभ हाँसिल गर्न सकिन्छ । हाम्रा बुढापाकाहरूले सिकाउनुभएको सुन्नुभएकै होला बुढापाकाको कुरामा विशवास नगर्नु त आफैमा विश्वास नगर्नु हो सजिलो उपचाका तरिकाहरू छन्।

  • अदुवाको रसमा या काढामा मह मिसाएर खानाले खोंकि सन्चोहुन्छ ।
  • पाकेको आँपको रसमा मह मिसाएर जण्डीसको रोगिलाई खुवाउनाले लाभ हुन्छ ।

जुन बच्चालाई शकर चीनी खानु हुंदैन, उस्लाई शकरको ठाउँमा मह दिन सकिन्छ ।

  • बान्ता (वमन)को समय पुदीनाको रसको साथमा महको प्रयोग लाभकारी हुन्छ ।
  • शुष्क त्वचामा मह, दूधको तर क्रीम र बेसन मिसाएर लगाउने। यसले त्वचाको शुष्कता हटाउंछ र लावण्यता प्राप्त हुन्छ ।
  • एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुबलोपन हटेर शरीर सुडौल, पुष्ट र बलशाली बन्छ ।
  • मह नित्य सेवन निर्बल आमाशय र आँतलाई बल प्रदान गर्छ ।
  • प्याजको रस र मह बराबर मिसाएर चाट्नाले कफ निस्कन्छ र आंतमा जमेको विजातीय द्रव्यहरू हटाएररा नष्ट गर्छ । यसलाई पानीमा घोलेर एनीमा लिनाले लाभ हुन्छ ।
  • हृदयको धमनीको लागि मह बडो शक्तिवर्द्धक हुन्छ। सुत्ने बेला महर कागतीको रस मिसाएर एक ग्लास पानी पीउनालेकमजोर हृदयमा शक्तिको सञ्चार हुन्छ ।
  • पेटको स्यानो स्यानो घाउ र शुरुवातको स्थितिको अल्सर महलाई दूध वा चियाको साथमा पिउनाले ठीक हुन सक्छ ।
  • सुख्खा खोकीमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ ।
  • महले मांसपेशिहरू बलवती हुन्छ ।
  • बढेको रक्तचापमा महको सेवन लहसुनको साथ गर्नु लाभप्रद हुन्छ ।
  • अदुवाको रस र मह बराबर मात्रामा मिसाएर चाटेर खानाले श्वास कष्ट टाढा हुन्छ र बाडुली पनि बन्द हुन्छ ।
  • सुन्तलाको बोक्रालाई सुकाएर धुलो चूर्ण बनाएर दुई मह चम्मच ट्ट्यस्मा फीटेर तयार गरेर छालामा दल्ने। यसले छाला चम्कीन्छ र कान् छाउंछ ।
  • कब्जियतमा टमाटर वा सुन्तलाको रसमा एक चम्मच मह हालेर खानाले लाभ हुन्छ ।

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]