घले गाउँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(घलेगाउँबाट अनुप्रेषित)
घले गाउँ
पर्यटकिय गाउँ,
हिमालको काखमा रहेको घलेगाउँ
हिमालको काखमा रहेको घलेगाउँ
देश नेपाल
अञ्चलगण्डकी अञ्चल
जिल्लालमजुङ
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

घले गाउँ लमजुङ जिल्लाको उत्तरपश्चिमा पर्ने साबिकको उत्तरकन्या गाउँ विकास समितिमा रहेको छ । घले गाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित रहेको छ । यो गाउँ समुन्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय वर्ष पुरानो मानव वस्ती हो । लमजुङको यस घलेगाउँ नमुना पर्यटन गन्तव्य बनिसकेको छ । यो गाउँ हाल क्होंलासोथर गाउापालिका–३ मा अवस्थित रहेको छ । यो गाउँ गुरुङ समूदायको अत्यधिक बसोबास भएको गाउँ हो[१] । यस गाउँलाइ सुखीहरुकाे गाउँ उपमाले समेत चिनिन्छ ।

नामाकरण र इतिहास[सम्पादन गर्नुहोस्]

चौबिसे राज्यकालमा घले राजाले यस ठाउँमा शासन गरेका थिए । तिनै राजाको नामबाट यस गाउँको नाम घले गाउँ राखिएको हो । साथै उनै राजाको सम्मान स्वरूप गाउँमा घले राजाको मूर्ति समेत बनाइएको छ ।[२]

संस्कृति तथा परम्परा[सम्पादन गर्नुहोस्]

परम्परागत गुरुङ सस्कृती, घांटु, सोरठी, सेर्गा नाच यस गाउँको प्रमुख विशेषता हो ।

पर्यटकीय दृष्टिकोण[सम्पादन गर्नुहोस्]

घले गाउँको एक दृष्य

नमुना चिया वगान, प्रांगारिक खेती, परम्परागत गुरुङ सङ्ग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएको होम स्टे आदिका लागि प्रख्यात यस गाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित छ । घले गाउँको प्रमुख आय श्रोत नै पर्यटन व्यवसाय हो । हिमालको काखमा रहेको सार्क भिलेज ग्रामिण पर्यटकीय गाउँ घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेश लगायतका हिमश्रृङ्खलाहरू अवलोकन गर्न सकिन्छ ।

सम्पदाहरू[सम्पादन गर्नुहोस्]

गाउँमा उत्तरकन्या मन्दिर, क्होंबो, चियाबारी, भ्यू टावर आदि सम्पदा अवस्थित रहेका छन् ।

होमस्टे व्यवस्था[सम्पादन गर्नुहोस्]

यस घले गाउँमा गुरुङका ८० र दलितका ४५ घरहरू रहेका छन् । वि.सं. २०५७ सालमा १२ घरबाट होमस्टे सुरु गरिएकामा हालसम्म (२०७५ सम्म) ३२ घरमा होमस्टे गराइएको छ । जसमध्ये दुई घर दलितका बाहेक बाँकी सबै गुरुङ जातिको घरमा होमस्टेको व्यवस्था गरिएको छ । होमस्टेमा एकै रात दुई सय जना अटाउाछन् । एवम् घरघरमा वाइफाई सुविधा समेत रहेको छ ।

यातायात व्यवस्था[सम्पादन गर्नुहोस्]

घलेगाउँ पुग्न लमजुङ जिल्लाको सदरमुकाम वेसीशहरबाट ३ घण्टाको कच्ची सडकमा मोटर यात्रा गर्नुपर्छ । राजधानी सहर काठमाडौंबाट बेशिसहर १७२ किमिको दूरीमा रहेको छ । यस्तै बेशिसहर देखि घले गाउँ २४ किमिको दूरीमा अवस्थित रहेको छ । बेशीसहरबाट जिप रिजर्भ गरेर गाउँ जान सकिन्छ । तर बेशिसहरबाट घले गाउँ हिडेर जाँदा लगभग ६ घन्टा लाग्छ ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "घले गाउँ: नेपालीहरूको मन लोभ्याउँदै", दैनिक नेपाल, अन्तिम पहुँच २०७५ जेठ ७ गते १४:५१  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-०१ मिति
  2. भादगाउँले, अमृत (१३ असार २०७७), "घलेगाउँ", नागरीक, अन्तिम पहुँच २२ जेष्ठ २०७९ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीँहरू[सम्पादन गर्नुहोस्]