चमेली

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चमेली
चमेली फूल
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति जगत
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Asterids
गण: Lamiales
परिवार: Oleaceae
कुल: Jasmineae
वंश: Jasminum
L.
प्रजातिहरू
Jasminum officinale
L.
Species

More than 200, see List of Jasminum species[१][२][३]

पर्याय[४]
  • Jacksonia hort. ex Schltdl
  • Jasminium Dumort.
  • Menodora Humb. & Bonpl.
  • Mogorium Juss.
  • Noldeanthus Knobl.

चमेली (/ˈæzmɪnəm/),[५] ओलिभ परिवार (ओलेसिया)मा पर्ने एक वास्नादार फूल हो। यसको उपयोग माला बनाउन र अत्तर उत्पादनमा विशेष प्रयोगमा ल्याइन्छ।

निद्रा नलागे चमेली !


निद्रा लाग्दैन ? चमेली सुँघ्नुस् । जर्मन बैज्ञानिकहरुले गरेको अध्ययनले निद्रा नलाग्ने समस्याको समाधान चमेली फूलको सुगन्ध भएको तथ्य सार्वजनिक गरेका छन् । चमेलीको फूलको सुगन्धले निद्रा लगाउने औषधिको काम गर्ने बैज्ञानिकले बताएका छन् । निद्रा नलाग्ने समस्याग्रस्त ब्यक्तिहरु औषधिको सेवनबाट हुने नकारात्मक प्रभावबाट जोगिने भएका छन् । बायोलोजिकल केमेस्ट्रिमा प्रकाशित उक्त अध्ययन प्रतिवेदन अनुसार चमेलीको सुगन्धले दिमागमा हुने आणविक हलचललाई कम गरी तनावमुक्त बनाएर चैनको निद्रा निम्त्याउने गर्छ । जर्मनको हाइनरिस विश्वविद्यालय र रुहर विश्वविद्यालयका वैज्ञानिकहरुले संयुक्त रुपमा गरेको सो अनुसन्धानले निद्रा लगाउने यो तरिका पत्ता लगाएका हुन् । चमेलीको बास्नाले आरामदायी निद्रा लगाउनुका साथै निद्राको औषधि नियमित सेवन गर्नुपर्ने लतबाट जोगाउने अनुसन्धानकर्ताले बताएका छन् ।

‘निद्राको औषधि र चमेली फूलको बास्नाले दिमागमा गर्ने रासायनिक प्रक्रिया एकै प्रकारको पाइएको हो,’ प्रतिवेदनमा भनिएको छ ‘तर निद्राको औषधिले नकारात्मक असर गर्छ भने चमेलीको सुगन्धले त्यस्तो गर्दैन ।’ अनुसन्धानका नेतृत्वकर्ता प्रो हेस हाटका अनुसार मानिसमा चमेलीको बास्नाको परीक्षण गर्नुपूर्व मुसामा अनुसन्धान गरिएको थियो । ‘मुसामा यसको राम्रो प्रभाव देखिएपछि मानिसमा परीक्षण गरीएको हो,’ उनले भने । निद्राको औषधि भन्दा चमेलीको फूलको बास्ना प्रभावकारी हुने सुझाव दिन थालिएको अनुसन्धानकर्ताले बताएका छन् ।

निद्रा नलागे चमेली !


निद्रा लाग्दैन ? चमेली सुँघ्नुस् । जर्मन बैज्ञानिकहरुले गरेको अध्ययनले निद्रा नलाग्ने समस्याको समाधान चमेली फूलको सुगन्ध भएको तथ्य सार्वजनिक गरेका छन् । चमेलीको फूलको सुगन्धले निद्रा लगाउने औषधिको काम गर्ने बैज्ञानिकले बताएका छन् । निद्रा नलाग्ने समस्याग्रस्त ब्यक्तिहरु औषधिको सेवनबाट हुने नकारात्मक प्रभावबाट जोगिने भएका छन् । बायोलोजिकल केमेस्ट्रिमा प्रकाशित उक्त अध्ययन प्रतिवेदन अनुसार चमेलीको सुगन्धले दिमागमा हुने आणविक हलचललाई कम गरी तनावमुक्त बनाएर चैनको निद्रा निम्त्याउने गर्छ । जर्मनको हाइनरिस विश्वविद्यालय र रुहर विश्वविद्यालयका वैज्ञानिकहरुले संयुक्त रुपमा गरेको सो अनुसन्धानले निद्रा लगाउने यो तरिका पत्ता लगाएका हुन् । चमेलीको बास्नाले आरामदायी निद्रा लगाउनुका साथै निद्राको औषधि नियमित सेवन गर्नुपर्ने लतबाट जोगाउने अनुसन्धानकर्ताले बताएका छन् ।

‘निद्राको औषधि र चमेली फूलको बास्नाले दिमागमा गर्ने रासायनिक प्रक्रिया एकै प्रकारको पाइएको हो,’ प्रतिवेदनमा भनिएको छ ‘तर निद्राको औषधिले नकारात्मक असर गर्छ भने चमेलीको सुगन्धले त्यस्तो गर्दैन ।’

अनुसन्धानका नेतृत्वकर्ता प्रो हेस हाटका अनुसार मानिसमा चमेलीको बास्नाको परीक्षण गर्नुपूर्व मुसामा अनुसन्धान गरिएको थियो । ‘मुसामा यसको राम्रो प्रभाव देखिएपछि मानिसमा परीक्षण गरीएको हो,’ उनले भने । निद्राको औषधि भन्दा चमेलीको फूलको बास्ना प्रभावकारी हुने सुझाव दिन थालिएको अनुसन्धानकर्ताले बताएका छन् ।
  1. "Jasminum", Index Nominum Genericorum, International Association for Plant Taxonomy 
  2. "10. Jasminum Linnaeus", Chinese Plant Names 15: 307, <http://www.efloras.org/florataxon.aspx?flora_id=2&taxon_id=116771>. Retrieved on ३ जुन २००८ 
  3. UniProt, "Jasminum!" (HTML) 
  4. USDA, ARS, National Genetic Resources Program, "Jasminum L." 
  5. Sunset Western Garden Book, 1995:606–607.