चरिमाया तामाङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चरिमाया ("अनु") तामाङ "२०११ हिरो एक्टिङ टु इन्ड मोडर्न-डे स्लेभरी अवार्ड" (२०११ बर्तमान दासता विरुद्ध कार्यका नायक) सम्मान बाट सम्मानित व्यक्ती हुन्।[१] [२] [३] उनी शक्ति समुहका संस्थापक हुन्। यो संस्थालाई २०१३ मा रोमन म्यागसेसे पुरस्कारबाट सम्मानित गरिएको थियो।

उनी १६ वर्षकी हुँदा वेश्यालयमा यौनकर्मीको रूपमा काम गर्न भारतमा बेचिएकी थिइन्। सन् १९९६ मा भारतीय प्रहरीले २०० भन्दा धेरै नेपाली सहित उद्धार गरेपछि नेपाल फर्केकी थिइन्। उनले २२ महिना वेश्यालयमा बिताइन्। नेपाल फर्किएपछि अपहेलना तथा सामाजिक बहिस्कार खेपेकी तामाङले साहस तथा धैर्यताका साथ आफूलाई भारतमा बेचेने बिरुद्ध जिल्ला प्रहरीमा उजुर गरिन्। [४] पछि २००० मा, तामाङ र अन्य १५ जनाले शक्ति समुह नामको मानव बेेेचबिखन विरुद्ध सकृय एनजीओ स्थापना गरे।

सम्मान[सम्पादन गर्नुहोस्]

  • २०११ मा पूर्व अमेरिकी विदेश मंत्री हिलारी रोडम क्लिन्टन द्वारा हिरो एक्टिङ टु इन्ड मोडर्न-डे स्लेभरी अवार्ड" ( बर्तमान दासता विरुद्ध कार्यका नायक) पुरस्कार
  • राष्ट्रिय गोरिमाया वुमन जीनियस अवार्ड [५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Archived copy", मूलबाट २०१३-०७-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२७ मिति
  2. "News | Sisters of Charity of Nazareth" [dead link]
  3. "Archived copy", मूलबाट २०१२-०१-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०१-०९ मिति
  4. "Archived copy", मूलबाट २०११-०६-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०८-१७  वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-३० मिति
  5. "Archived copy", मूलबाट २०१४-०२-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०८-१७  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-०२ मिति