चर राजिबपुर उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चर राजिबपुर

চর রাজিবপুর
उपजिल्ला
चर राजिबपुर is located in बङ्गलादेश
चर राजिबपुर
चर राजिबपुर
बङ्गलादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २५°२४′उ॰ ८९°४१.५′पू॰ / २५.४००°N ८९.६९१७°E / 25.400; 89.6917निर्देशाङ्कहरू: २५°२४′उ॰ ८९°४१.५′पू॰ / २५.४००°N ८९.६९१७°E / 25.400; 89.6917
देशबङ्गलादेश बङ्गलादेश
राज्यरङ्पुर विभाग
जिल्लाकुडिग्राम जिल्ला
क्षेत्रफल
 • जम्मा१११.०३ किमी (४२.८७ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१)
 • जम्मा५८,०४९
 • घनत्व५२०/किमी (१,४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटcharrajibpur.kurigram.gov.bd

चर राजिबपुर (बङ्गाली: চর রাজিবপুর) बङ्गलादेशको कुडिग्राम जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्ने]

चर राजिबपुर उपजिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°२३' देखि २५°३१' उत्तर अक्षांश र ८९°४४' देखि ८९°५४' पूर्वी देशान्तरणमा अवस्थित छ। चर राजिबपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १११.०३ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई रौमारीचिलमारी उपजिल्लाल र ब्रह्मपुत्र नदीले उत्तर, दिवानगञ्ज, गाइबान्धा उपजिल्ला र ब्रह्मपुत्र नदीले दक्षिण,भारतको आसाम राज्यले पूर्व, सुन्दरगञ्ज उपजिल्ला र ब्रह्मपुत्र नदीले पश्चिमबाट घेरेको छ। हालहाली, ब्रह्मपुत्र आदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु यस उपजिल्लाको कातलीकाती सङ्घ परिषद्मा प्रत्यक्ष ग‍ली हानाहान तथा युद्ध भएको थिय‍ जहाँ केही पाकिस्तानी सेना सहित ११ बङ्गलादेशी लडाकुको मृत्यु भएको थियो। यसै सङ्ङ परिषद् अन्तर्गत पाकिस्तानी सेनाले शङ्कर माधवपुर गाउँका ४० सर्वसाधारणहरूको हत्या गरेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्ने]

उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ६३७४५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ३०८११ छ भने महिलाको जनसङ्ख्या ३२९३४ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ६३४६८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २६०, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ८ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ९ रहेको छ। यस उपजिल्लामा ११० मस्जिदहरू रहेका छन्। यस उपजिल्लाका ९३.३७% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.१४% ले पोखरी, ०.०५% ले टुटी र ६.४४% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये २१.९५% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। सन् १७७०, १८९७, १९४३ र १९७४ मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो हजारौं मानिसहरूको मृत्यु भएको थियो भने सन् १८८५ र सन् १९९७ मा आएको भुकम्पमा यस उपजिल्लामा थुप्रै घर र भवनहरूमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो। [२]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, चना, आलु, प्याज, बदाम तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, खरबुजा, कटहर, पान आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा बिस्कुट उद्योग, गहुँ कुटानी केन्द्र, धान कुटानी केन्द्र, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग, चिनी उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, जुट, खुदो, बदाम लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका अस धान र आलसको तेल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ५ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र, कुखुरापालन केन्द्र तथा चल्ला उत्पादन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा उपजिल्लाकै ७७.७६% मानिसहरू संलग्न छन्। यस उपजिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा २.३६%, उद्योग तथा व्यापार ०.५१%, वाणिज्यमा ७.३६%, सञ्चार तथा यातायातमा १.०७%, निर्माण क्षेत्रमा ०.४७%, सुविधामा ३.३४%, धार्मिक सेवामा ०.११%, वैदेशिक रोजगारी तथा भाडामा ०.०९% र अन्यमा ६.९३% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

चर राजिबपुर थानको स्थापना सन् १९८७ मा भएको थियो भने सन् १९८३ अगष्ट १ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ नगरपालिका, ३ सङ्घ परिषद्/वडा, २६ मौजा/महल्ला र ७२ गाउँहरू रहेका छन्।

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर २५.६४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३१.१८% छ भने महिलाको साक्षरता दर २०.६६% रहेको छ। यस उपजिल्लामा २ क्याम्पस, ९ माध्यमिक विद्यालय, ७५ प्राथमिक विद्यालय र ५ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; चर राजिबपुर डिग्री क्याम्पस (सन् १९८७), चर राजिबपुर पाइलट उच्च विद्यालय (सन् १९६४), कोदालकाठी सादाकात हुसइन उच्च विद्यालय (सन् १९७३), चर राजिवपुर नमुनम सरकारशि प्राथमिक विद्यालय (सन् १९२८), चर राजिबपुर आलिम मदरसा (सन् १९६३), नयार चार फाजिल मदरसा (सन् १९७५) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. कमल हुसेन (सन् २०१२), "चर राजिबपुर उपजिल्ला", in सिराजुल इसलाम र आहमेद ए जमाल, बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज। 
  2. "बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]