चार्ली हेब्डो हमला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चार्ली हेब्डो हमला
सडकमा पत्रकार,सुरक्षाकर्मी र आपातकालिन सेवाहरू
स्थान१० रु निकोलस-एपर्ट,पेरिस,फ्रांस[१]
निर्देशाङ्क४८°५१′३३″N २°२२′१३″E / ४८.८५९२४६°N २.३७०२५८°E / 48.859246; 2.370258निर्देशाङ्कहरू: ४८°५१′३३″N २°२२′१३″E / ४८.८५९२४६°N २.३७०२५८°E / 48.859246; 2.370258
मिति७ जनवरी २०१५
११:३० CET (UTC+01:00)
लक्ष्यचार्ली हेब्डोका कर्मचारीहरु
आक्रमणको प्रकार
बन्दुकधारी हमला
हतियारहरूए.के. 47 राइफलहरु
सट्गन
रकेट ग्रेनेड लन्चर[२][३][४][५]
मृत्यु१२
घाइते११
अपराधीहरू
  • अरब प्रायद्विपको अल-कायदा
उद्देश्यइस्लामी आतकवाद

७ जनवरी २०१५ (पुस २३,२०७१) को दिन स्थानीय समय अनुसार दिउँसोको साढे ११ बजे केहि बन्दुकधारीहरूले फ्रान्सेली व्य्ङ्ग्यात्मक पत्रिका चार्ली हेब्डोको मुख्यालयमा अन्धाधुन्ध गोली चलाएर १२ जना को हत्या गरे र ११ जना लाई घाईते बनाए । आधुनिक बन्दुक र ग्रेनेड लन्चर बोकेका बन्दुकधारी इस्लामको नारा लगाँउदै मुख्यालय भित्र छिरे र करिब ५० सेट गोली चलाए । फ्रांसमा १८ जुन ,१९६१ को ट्रेन बम विष्फोट पछिको यो सबैभन्दा ठुलो आतंकी हमला हो ।

पृष्ठभुमि[सम्पादन गर्नुहोस्]

चार्ली हेब्डो एउटा व्यङ्ग्यात्मक पत्रिका हो । यसलाई सुरुवात देखि नै धर्म विरोधी कार्टुन,रिपोर्ट र चुट्किला बनाएर धर्मको अपमान गरेको आरोप लाग्दै आएको छ ।यसले पटक पटक यहुदी ,इस्लाम,क्याथोलवाद र राजनीति प्रति व्यङ्ग्य गर्दै आएको छ । [७]सन २०११ मा यसले इस्लाम धर्म का प्रवर्तक मुह्म्मदको एउटा व्यङ्ग्य चित्र छापेको थियो जसको विरोधमा इस्लामका कट्टरपन्थी सङ्गठनले त्यस समय यसको कार्यालयमा बम विष्फोट गराएको थियो ।[८] २०१२ मा मध्य-पुर्वमा अमेरिकी दुतावास मा भएको शृङ्खलाबद्ध आक्रमण पछि यस पत्रिकाले मुहम्मदको थुप्रै व्यङ्यचित्र प्रकाशन गर्यो ।[९] कार्टुनिस्ट स्टिफन शार्बोनिएर २००९ देखि यसको सम्पादक थिए ।२०१३ मा अल-कायदाले उनलाई मोस्ट-वान्टेडको सुचीमा राख्यो ।[१०] आक्रमणको दिन चार्ली हेब्डोले माइकल हलबेकको कार्टुन छापेको थियो ।माइकल हलबेकले आफ्नो उपन्यास समिसनमा एउटा मुसलमानलाई सन् २०२२ मा फ्रांसको राष्ट्रपति देखाएका थिए ।[११] त्यही दिन चार्ली हेब्डोले आई.एस.आई.एल को प्रमुख अबु बक्र अल-बगदादी को कार्टुन पनि ट्विट गरेको थियो ।यो ट्विट हत्याकाण्ड भन्दा पहिलाको अन्तिम ट्विट थियो ।

घटना[सम्पादन गर्नुहोस्]

११ जनवरी को स्थानीय समय अनुसार दिउँसोको ११ बजे हमलावरहरु कालो मास्क लगाएर चार्ली हेब्डोको कार्यलय भित्र छिरे र अधाधुन्ध गोली प्रहार गर्न थाले ।[२][३][४][५][१२] स्वचालीत बन्दुक बोकेका बन्दुकधारीहरूले अल्लाहु-अकबर को नारा लगाउदै फाएर गरे र १२ जनाको गोली हानेर हत्या गरे र ११ जना लाई घाईते बनाए।हत्या हुनेमा २ जना प्रहरी पनि थिए । [१३]

पीडित[सम्पादन गर्नुहोस्]

मारिएका: हमलामा मृत्यु हुने चार्ली हेब्डोका कर्मचारीहरु विभिन्न देशका,मुलका र पृष्ठभूमिका थिए।कर्मचारीलाई बचाउने क्रममा मारिएका दुई प्रहरीहरु मध्य एक मुसलमान मुलका थिए ।

  • फ्रेड्रिक बोईसो,४२,भवन मर्मत कर्मचारी
  • फ्र्यांक ब्रिन्सोलारो,सुरक्षा सेवाका प्रहरी र स्टिफन शार्बोनिएरका अंगरक्षक
  • जिन कबुत,७६,कार्टुनिस्ट
  • एल्सा कयात,५४,मनोविष्लेसक र यहुदी पङ्तिको स्तंभलेखक
  • स्टिफन शार्बोनिएर,४७,कार्टुनिस्ट र प्रधान सम्पादक
  • फिलीप आनर,७४,कार्टुनिस्ट
  • ब्रनार्ड मरिस,अर्थविद ,सम्पाद्क,स्तंभलेखक
  • अहमद मेराबेत,अल्जेरिएन मुस्लिम प्रहरी
  • मुस्तफा ओराद,मुस्लिम सम्पादक
  • मिचेल रेनाड,६९,कार्यक्रम प्रबन्धक (मुख्यालयमा अतिथी भएर आएको)
  • बर्नार्ड वेर्लास,५७,कार्टुनिस्ट
  • जर्जेस ओलिन्स्की,८०,कार्टुनिस्ट,ट्युनिशीयाको यहुदी मुलको

घाईते भएका:

  • सिमन फाईसी,३१,वेबमास्टर,काँधमा गोली लागेको
  • फिलिप ल्याकंन,पत्रकार,अनुहारमा गोलि लागेको (अहिले गम्भिर अवस्थामा)
  • फेब्रिस निकोलिनो,५९,पत्रकार,खुट्टामा गोलि लागेको
  • लाउरेन्ट सोरिसो,४८,कार्टुनिस्ट,काँधमा गोली लागेको
  • महिला गाडी चालक (जसको गाडी लिएर हमलावर फरार भएका थिए)
  • अन्य सुरक्षाकर्मीहरु

संदिग्ध[सम्पादन गर्नुहोस्]

प्रतिक्रिया[सम्पादन गर्नुहोस्]

हमलामा मारिएका पत्रकार र प्रहरीहरूको श्रद्धाञ्जलीमा निस्किएका जनसमुदाय ( दृश्य घटना भएको बेलुका तिरको हो । )

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "En images : à 11 h 30, des hommes armés ouvrent le feu rue Nicolas-Appert", Le Monde, ७ जनवरी २०१५। 
  2. २.० २.१ "Paris Charlie Hebdo attack: live", Telegraph.co.uk, ७ जनवरी २०१५। 
  3. ३.० ३.१ "12 dead in 'terrorist' attack at Paris paper", Yahoo News, ७ जनवरी २०१५। 
  4. ४.० ४.१ Ben Doherty, "Tony Abbott condemns 'barbaric' Charlie Hebdo attack in Paris", the Guardian 
  5. ५.० ५.१ http://www.newsweek.com/four-victims-charlie-hebdo-attack-identified-297255
  6. "French police ID 3 suspects in attack on newspaper", Newsday, ८ जनवरी २०१५। 
  7. Charb (२० नोभेम्बर २०१३), "Non, "Charlie Hebdo" n'est pas raciste!", Le Monde, अन्तिम पहुँच ४ मार्च २०१४ 
  8. "BBC News: Attack on French satirical paper Charlie Hebdo (2 November 2011)", BBC, २ नोभेम्बर २०११, अन्तिम पहुँच २१ डिसेम्बर २०११ 
  9. "Charlie Hebdo publie des caricatures de Mahomet". BMFTV (फ्रान्सेली) Retrieved 19 September 2012.
  10. Victoria Ward (७ जनवरी २०१५), "Murdered Charlie Hebdo cartoonist was on al Qaeda wanted list", The Telegraph, अन्तिम पहुँच ८ जनवरी २०१५ 
  11. Judikael Hirel, ""Charlie Hebdo" : Houellebecq et djihadistes au sommaire du dernier numéro", Le Point.fr, अन्तिम पहुँच ८ जनवरी २०१५ 
  12. "Paris Charlie Hebdo attack: live", The Daily Telegraph, ७ जनवरी २०१५, अन्तिम पहुँच ७ जनवरी २०१५ 
  13. "Les deux hommes criaient "Allah akbar" en tirant", L'essentiel Online  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-०७ मिति