चूडामणि रेग्मी (झापा)
चूडामणि रेग्मी साहित्यकार हुन् । नेपाली साहित्यमा उनको विशेष योगदान रहेको छ । उनका बारेमा निम्नानुसार संक्षिप्त रूपमा चर्चा गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]वि.सं.१९९३ चैत्र २९ गते माता खिलेश्वरीदेवी र पिता पीताम्बर रेग्मीका ११ सन्तानमध्ये कान्छो सन्तानका रूपमा कोशी अञ्चलको संखुवासभा जिल्ला अन्तर्गत वानामा जन्मिएका चूडामणि रेग्मीको कर्मथलो झापा हो । वि.सं.२००६ मा उनको विवाह वेदकुमारी (१९९५) सँग भएको पाइन्छ । तिन छोरी र तिन छोराका पिता रेग्मीका ११ नातिनातिना र ५ पनाति पनातिना रहेका छन् । हाल रेग्मीको वसोवास झर्रो नेपाली घर चन्द्रगडीमा रजेको छ ।
प्राध्यापन
[सम्पादन गर्नुहोस्]२०१७ सालमा चैनपुर कलेजबाट प्राध्यापन सुरु गरेका रेग्मीले २०२१ देखि २०५५ सम्म निरन्तर रूपमा मेची क्याम्पस भद्रपुरमा प्राध्यापन गर्ने रेग्मी सो क्याम्पसका संस्थापक प्राध्यापक हुन् ।
साहित्य यात्रा
[सम्पादन गर्नुहोस्]२०१२ पूर्व नै साहित्य यात्रमा प्रवेश गरेका रेग्मीले वि.सं.२०१३ देखि बनािसबाट प्रकाशित छात्रदूत पत्रिकाको सम्पादन कार्यमा समेत संलग्न रहेका रेग्मीले नेपाली साहित्यमा उल्लेखनीय योगदान गरेका छन् । उनका एक दर्जनभन्दा बढी विभिन्न विधाका कृतिहरू प्रकाशित छन् । छात्रदूतका अतिरिक्त युगज्ञान, जुही, यथार्थ कुरा जस्ता पत्रिकाका सम्पादक रेग्मी मूलतः समालोचक हुन् ।[१]। साहित्यप्रति रुचि राख्ने व्यक्तिलाई प्रेरणा दिएर साहित्यकार बनाउनमा उनको ठुलो योगदान रहेको देखिन्छ । रेग्मी झर्रो नेपाली आन्दोलनका सहयात्री र प्रयोक्ता पनि हुन् ।
रेग्मी भाषालाई माया गर्ने एकजना सक्रिय साहित्यकार हुन् । प्रगतिशील विचारमा आस्था राख्नु, पढ्नु, पढाउनु, लेख्नु, लेख्न लगाउनु, छाप्नु, छपाउनु, आफैं घुमेर वितरण गर्नु रेग्मीका दिनचर्या हुन् । उनले साहित्यिक सद्भाव यात्राका रूपमा एउटा अभियान नै चलाएका छन् । यस क्रममा उनले इलाम, सुन्सरी, मोरङ, चितवन, गोर्खा, पोखरा, भैरहवा समेत अन्य विभिन्न क्षेत्रका साहित्यिक स्रष्टाहरूलाईसमेत सृजनामा लाग्न प्रेरित गरेका छन् ।
प्रकाशित कृति
[सम्पादन गर्नुहोस्]- पहिलो यात्रा (कथा सङ्ग्रह २०१२),
- नेपाली कथासाहित्य (सहलेखन २०१४),
- साधना (निबन्ध सङ्ग्रह २०३०),
- धुनमा धुन (निबन्ध सङ्ग्रह (२०३५)
- भुमरी (कथा सङ्ग्रह २०३६),
- चाबी (कथा सङ्ग्रह २०५६),
- घुमेका कुरा (२०५६),
- गफडीका गफ (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह २०६३),
- आँखा र मनका पाइलाहरू (एेजन २०६३),
- बितेकाहरूको सम्झना (एेजन (२०६३),
- एउटा छाता दिनुहोला है (निबन्ध सङ्ग्रह २०६४),
- मनभित्र र बाहिर (निबन्ध सङ्ग्रह २०६४),
- भावना (लघुकाव्य २०५०),
- गजवाष्टक (१००८ कविता २०५१)
- यक्षको पोखरा प्रवास (लघुकाव्य २०६४) ।
समालोचना
- पारिजात : परिचय र मूल्याङ्कन (२०५०),
- कृती र कृति २ भाग (२०५३),
- बाइस समालोचना (२०५७),
- चिन्तन र समालोचना (२०६९) ।
भाषा
- नेपाली टुक्काहरूको अध्ययन (
- नेपाली भाषा र व्याकरणका केही विषय केही छलफल (२०५२),
- तत्सम शब्दको वर्ण विन्यास (२०५३) ।
अन्य
- अरे!उदेक लाग्दा कुराहरू (२०५६),
- व्यक्तित्व र कृतित्व (२०६५),
- दृष्टि र सृष्टि छ्यास्मिस (२०६९) ।[२]
बाह्यलिङ्क
[सम्पादन गर्नुहोस्]http://samakalinsahitya.com/index.php?show=detail&art_id=5242