सामग्रीमा जानुहोस्

चेपे मुहान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


लमजुङ जिल्लागोरखा जिल्लाको सिमानामा पर्ने चेपेनदीको मुहानको रूपमा रहेको प्राकृतिक एवम् धार्मिकस्थलका रूपमा दूधपोखरी चिनिन्छ । जिल्लाको दूधपोखरी गाविसमा पर्ने दूधपोखरी प्राकृतिक रूपमा पहाडको टाकुरामा कराई आकारमा छ ।

किंबदन्ती र परम्परा

[सम्पादन गर्नुहोस्]

च्यवन ऋषिको तपस्यास्थल मानिने दूधपोखरी धार्मिक रूपमा पनि महत्त्वपूर्ण मानिन्छ । बर्सेनि रक्षाबन्धनका दिन त्यहाँ ठूलो मेला लाग्छ। लमजुङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी, कास्की, काठमाडौंलगायत विभिन्न ठाउँका मानिस उक्त दिन त्यहाँ स्नान गर्न पुग्छन्। किंबदन्तीअनुसार, परापूर्वकालमा चेपेनदीको मुहानसँगैको ओडारमा तपस्या गरी बसेका च्यवन ऋषिको शरीरभरी धमिरा लागेको थियो। उनका केवल दुई आँखा मात्र टल्किएका थिए। एकदिन त्यहाँका राजा सपरिवार शिकार खेल्न जाँदा राजकुमारी पनि साथमा थिइन्। राजकुमारीले ऋषिको आँखामा सिन्काले घोचिदिँदा ऋषिको आँखा फुट्यो। त्यसपछि राज्यमा अनिष्ट र दैवीप्रकोप पर्न थाल्यो। खोजी गर्दा ऋषिको आँखा फुटाइदिँदा त्यसो हुन गएको थाहा पाएपछि ऋषिको सर्तबमोजिम उनको सेवा गर्न तिनै राजकुमारीलाई खटाइयो। ऋषिको सेवा गर्न थालेकी राजकुमारीले आफूले अन्जानमा गल्ती गरेको महसुस गरी ऋषिको स्वास्थ्यलाभका लागि अश्विनीकुमारको आराधना गरिन्। अश्विनीकुमारले ऋषिलाई चेपे मुहान दूधपोखरीमा डुबाई आँखा देख्ने गराए। साथै त्यस भेगका अमूल्य जडिबुटीबाट प्राश बनाई ऋषिलाई खुवाएपछि ऋषि पुनः यौवनमा फर्के। आयुर्वेदको उक्त औषधि च्यवनप्राशका रूपमा अहिले प्रसिद्ध छ भन्ने किम्बदन्ती छ।

वातावरणीय महत्त्व

[सम्पादन गर्नुहोस्]

दूधपोखरीभन्दा तलका घाँसे मैदानमा पाषण भेद, चिराइतो, सतुवालगायतका अनेकथरी बहुमूल्य जडिबुटी पाइन्छ। लमजुङका राजा यशोब्रहृम शाहकी रानी वसन्तावतीले आफ्ना जेठा छोरा नरहरि र गोरखातर्फका आफ्ना कान्छा छोरा द्रव्य शाहबीचको झगडा मिलाउन दूधको धारा बगाई चेपे मुहानबाट साँध लगाइदिएको भन्ने पनि इतिहासमा चर्चा छ। दूधपोखरी रहेको स्थान जाने तीन बाटा छन्। एउटा बाटो गोरखा जिल्लाको खरिबोट गाविस हुँदै जान्छ भने अर्को बाटो लमजुङको विचौरतिरबाट चित्रे उकालो हुँदै गौरीखर्कबाट जान्छ। यसैगरी अर्को बाटो इलमपोखरी जोर्ने, लिपेलेक हुँदै जान्छ। केवल तीन महिना मात्र हिउँले छाड्ने त्यस स्थानमा पुग्न अनुमानको भरमा बाटो पत्ता लगाउनुपर्छ। अर्कोतर्फ उच्चपहाडी भेग हुनाले लेक लाग्ने र कठिन बाटोका कारण पोखरीसम्म नपुगी बीचैबाट यात्री र्फकन बाध्य हुन्छन्।