छुदेन काविमो
छुदेन काविमो | |
|---|---|
| राष्ट्रियता | भारतीय |
| पेशा | लेखक, पत्रकार, स्तम्भकार |
उल्लेखनीय कार्य | सन् १९८६, फातसुङ वि.सं. २०८१, उरमाल |
| पुरस्कार | युवा पुरस्कार (सन् २०१८) मदन पुरस्कार (वि.सं. २०८१) |
छुदेन काविमो एक भारतीय नेपाली भाषी लेखक र पत्रकार हुन् ।[१] काविमोका हालसम्म दुईवटा पुस्तक किताब प्रकाशित भएका छन् । उनी उनको सन् २०१८ मा प्रकाशित उपन्यास फातसुङ का लागि जानिन्छन् ।[२] उनी भारतको पश्चिम बङ्गाल राज्यको कालिम्पोङ सहरमा बस्छन् ।
उनले उनको पहिलो पुस्तक, १९८६ शीर्षकको कथाहरूको सङ्ग्रहको लागि सन् २०१८ मा प्रतिष्ठित युवा पुरस्कार प्राप्त गरेका थिए ।[३] उनको दोस्रो पुस्तक फातसुङ सन् २०१८ मा प्रकाशित भएको थियो र सोही वर्षको मदन पुरस्कारका लागि मनोनीत भएको थियो। फातसुङ लाई सन् २०२१ मा अजित बरालले सङ अफ द सोइल को शीर्षकमा अङ्ग्रेजीमा अनुवाद गरेका थिए र अनुवाद सन् २०२२ को जेसीबी पुरस्कारको लागि मनोनीत भएको थियो ।[४] १९८६ र फातसुङ दुवै भारतको गोर्खाल्याण्ड आन्दोलनको वरिपरि केन्द्रित छन्।[५]
त्यस्तै उनको अर्को कृति उरमाल हो। यो कृति झर्रा नामक एउटा आदिवासी समुदायसँग सम्बन्धित कथा हो। यसमा चियाका बोटसँग जोडिएर पुस्तौँदेखि कठिन अवस्थामा काम गर्न बाध्य श्रमिकहरूको जीवन वर्णन गरिएको छ। विशेषगरी, धेरै सङ्घर्ष गर्नुपरे पनि जीवनमा शान्ति र सुख पाउन नसकेका कामदारहरूको अवस्था यसमा प्रस्तुत गरिएको छ। उनीहरूका धेरै सपना छन्, तर ती पूरा हुन सकेका छैनन्। यस कृति २०८१को मदन पुरस्कार जित्न सफल भएको छ। साथै यो कृति ६ दशक पछि मदन पुरस्कार भारत भित्र्याउने कृति बनेको छ।
उल्लेखनीय कृतिहरू
[सम्पादन गर्नुहोस्]- १९८६, कथासङ्ग्रह ।
- फातसुङ, उपन्यास, मूलतः नेपालीमा सन् २०१८ मा प्रकाशित ।
- उरमाल, उपन्यास, वि.सं. २०८१को मदन पुरस्कार जित्न सफल।
पुरस्कारहरू
[सम्पादन गर्नुहोस्]- विजेता – नेपालीका लागि युवा पुरस्कार (सन् २०१८) १९८६ को लागि ।[६]
- मनोनीत - मदन पुरस्कार (सन् २०१८) फातसुङ को लागि ।[७]
- मनोनीत - जेसीबी पुरस्कार (सन् २०२२) सङ अफ द सोइल को लागि ।[८]
- विजेता – मदन पुरस्कार (वि.सं. २०८१) उरमाल कृतिको लागि।
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Chuden Kabimo - Jaipur Literature Festival", Jaipur Literature Festival (अङ्ग्रेजीमा), २०१३-०९-१७, अन्तिम पहुँच २०२३-०२-११।
- ↑ "जयपुर साहित्य मेलामा नेपालबाट बुद्दिसागरदेखि अमिश मुल्मीसम्म :: बसन्त पहारी :: Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना", shilapatra.com, अन्तिम पहुँच २०२३-०२-११।
- ↑ "Novel from hills goes places", www.telegraphindia.com, अन्तिम पहुँच २०२३-०२-११।
- ↑ Mukherjee, Anusua (२०२३-०२-०९), "Chuden Kabimo: ‘Translated books influenced me a lot’", frontline.thehindu.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-११।
- ↑ "JCB Prize 2022 shortlist: Can translators be editors?", Mintlounge (अङ्ग्रेजीमा), २०२२-१०-३०, अन्तिम पहुँच २०२३-०२-११। अभिलेखिकरण २०२३-०२-११ वेब्याक मेसिन
- ↑ Debnath, Sayari, "JCB Prize for Literature 2022: Longlisted authors and translators talk about their nominated books", Scroll.in (en-USमा), अन्तिम पहुँच २०२३-०२-११।
- ↑ Republica, "Seven books nominated for Madan Puraskar", My City (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-११।[स्थायी मृत कडी]
- ↑ "Singing the song of the soil", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-११।