फातसुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फातसुङ
प्रथम संस्करणको आवरण
लेखकछुदेन काविमो
देशनेपाल, भारत
भाषानेपाली
प्रकारऐतिहासिक आख्यान
Set inदार्जिलिङ
प्रकाशित२०१९
प्रकाशकफाइन प्रीन्ट
प्रकाशित मिति
२०१९
मिडियाको प्रकारअजिल्द
पृष्ठ१५०
आइएसबिएन9937665620
Preceded by१९८६ 

फातसुङ, छुदेन काविमोद्वारा लिखित, सन् २०१९ मा प्रकाशित एक नेपाली उपन्यास हो। [१][२] काविमो कालीम्पोङमा आधारित भारतीय लेखक हुन। [३] पुस्तक सन् २०१९ मा प्रकाशित भएको थियो र त्यस वर्षको मदन पुरस्कारका लागि मनोनयन भएको थियो। [४][५] पुस्तक फाइनप्रिन्ट प्रकाशनद्वारा प्रकाशित गरिएको हो। [६] उपन्यास काबिमो, लेखक खगेन्द्र संग्रौला र भुषिता वशिष्ठले काठमाडौंमा विमोचन गरेका थिए। [७][८]

सारांश[सम्पादन गर्नुहोस्]

लेप्चा भाषामा फातसुङ भनेको माटोको कथा हो। यो उपन्यास पश्चिम बङ्गालको उत्तरी भागमा भएको गोर्खाल्यान आन्दोलनमा आधारित छ। [९] यो कथा आन्दोलनको पृष्ठभूमिमा, एक अज्ञात कथाकार र उनको साथी रिपदेनको मित्रताको कथामा आधारित छ।

एक दिन, कथाकारले भर्खरैको भूकम्पमा रिप्देनको मृत्यु भएको खबर पाउँछ र पश्चिम बङ्गालको नेपाली भाषी क्षेत्रको ग्रामीण भागमा रहेको आफ्नो गृहनगरमा फर्कने निर्णय गर्छ। कथाकार आफ्नो गृहनगर फर्किँदै गर्दा, उसले आफ्नो साथीसँगको आफ्नो बाल्यकाल सम्झन्छ। कथाकार र रिप्देन एउटा प्राथमिक विद्यालयमा पढिरहेका हुन्छन्, जब एक दिन रिप्देनले आफ्नो हराएको बुबा नोर्देनलाई खोज्ने निर्णय गर्छ। कथाकार र रिप्देन त्यसपछि आफ्नो गाउँबाट लोले नामको अर्को गाउँमा भाग्छन्, जहाँ उनीहरूले नोर्देनको साथीहरू भएको खबर पाएको हुन्छन्। नोर्देनको खोजीमा तिनीहरूले नसिम नामक व्यक्तिलाई भेट्छन्, जसले उनीहरूलाई नोर्देनको कथा र 1986 को गोर्खाल्याण्ड आन्दोलनमा उनको संलग्नता सुनाउँछन्।

अनुवादहरू[सम्पादन गर्नुहोस्]

  • बङ्गाली: ফাৎসুঙ (फातसुङ), समिक चक्रवर्तीद्वारा अनूदित, अक्टोबर २०१९ मा प्रकाशित [१०]
  • अङ्ग्रेजी: Song of the Soil (सङ अफ द सोइल), अजित बरालद्वारा अनूदित, अक्टोबर २०२१ मा प्रकाशित [११]
  • हिन्दी: फात्सुङ्ग—कहानी मिट्टी की (फातसुङ—माटोको कथा ), नम्रता चतुर्वेदीद्वारा अनूदित, फेब्रुअरी २०२३ मा प्रकाशित

समालोचना र पुरस्कार[सम्पादन गर्नुहोस्]

करिश्मा के. लेप्चाले हार्वर्ड–येन्चिङ इन्स्टिच्युटका लागि आफ्नो समीक्षामा, "नेपालीको दार्जिलिङे शैलीमा लेखिएको, काविमोको आवाज ताजा र आधुनिक छ जसले बितेको युगको मार्मिक सम्झनाहरू फर्काउँछ।" भनेर लेखेकी थिइन्। [१२] ईस्ट मोजो, भारतको उत्तरपूर्वी क्षेत्रमा केन्द्रित डिजिटल समाचार मिडिया प्लेटफर्मले अंग्रेजी अनुवादको समीक्षामा पुस्तकलाई आफ्नो कथावस्तुको लागि चार तारा (पाँच मध्ये) र अनुवादको लागि चार.पाँच ताराहरू दिएको थियो। [१३]

पुस्तक मदन पुरस्कार, वि.स. २०७५ को लागि मनोनीत हुन सफल भएको थियो।

३ सेप्टेम्बर २०२२ मा, पुस्तकको अङ्ग्रेजी अनुवाद जे०सी०बी० (JCB) पुरस्कार, २०२२ को लागि मनोनीत (लामो सूची तथा अन्तिम सूची) भएको थियो। यो पुरस्कारका लागि सूचीकृत हुने पहिलो नेपाली भाषामा लेखिएको पुस्तक हो।

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Faatsung – A Saga of the Soil", Sikkimexpress (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-२७ 
  2. "12 books to read this summer", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-१०-०६ 
  3. "..:: SAHITYA Akademi - Yuva Puraskar ::..", sahitya-akademi.gov.in, अन्तिम पहुँच २०२१-१०-०६ 
  4. "मदन पुरस्कारको उत्कृष्ट सात सार्वजनिक", Kantipur (daily), २०१९-०७-११, अन्तिम पहुँच २०२१-१०-०६ 
  5. Republica, "Seven books nominated for Madan Puraskar", My City (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-०६ 
  6. "Faatsung- FinePrint"  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२५ मिति
  7. Republica, "‘Faatsung’ addressing Gorkhaland conflict launches", My City (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-०६ 
  8. कान्तिपुर संवाददाता (२०१९-०४-०६), "गोर्खाल्यान्डबारे 'फातसुङ'", eKantipur 
  9. "गोर्खाल्यान्ड आन्दोलनको उपन्यास 'फातसुङ' सार्वजनिक", Setopati, अन्तिम पहुँच २०२१-१०-०६ 
  10. groundxero (२०२०-०२-०५), "ফাৎসুঙ্ : মাটির মরমী কথা।", groundxero, अन्तिम पहुँच २०२१-१०-०६ 
  11. Republica, "English translation of novel ‘Fatsung’ released", My City (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-२७ 
  12. "Faatsung". Harvard-Yenching Institute. Retrieved 2022-09-06.
  13. "Book Review: 'Song of the Soil' readers will end up saying 'Baaf Re!"", EastMojo (en-USमा), २०२१-१०-२८, अन्तिम पहुँच २०२१-१०-२९