जगदम्बा कुमारीदेवी राणा
जगदम्बा कुमारीदेवी राणा (वि.सं. १९७५ - वि.सं. २०४५) लाई रानी जगदम्बा भनेर पनि चिनिन्छ। उनी मेजर जनरल मदनशमशेर जबराकी पत्नी हुन्। उनकै नाममा जगदम्बाश्री पुरस्कार स्थापना भएको हो।
जन्म
[सम्पादन गर्नुहोस्]वि.सं. १९७५ साल साउन गुरूपूर्णिमाका दिन भारतको उत्तर प्रदेश बलरामपुरमा जगदम्बाकुमारीको जन्म भएको थियो। उनको विवाह लेफि्टनेन्ट जर्नेल मदनशमशेर जबरासँग भएको थियो। वि.सं. २०१० म मदनशमशेरको बनारसमा निधन भयो। त्यसपछि रानी जगदम्बाले वि.सं. २०११मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गर्ल्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय)को स्थापना गरी २६ रोपनी जग्गामा, दुइवटा भवन र नगद पाँच लाख रूपैयाँ दिईन्।
जीवन
[सम्पादन गर्नुहोस्]उनी लेफ्टिनेन्ट जर्नेल मदनशमशेर जबराकी पत्नी हुन्। वि.सं. २०१० म मदनशमशेरको बनारसमा निधन भयो । त्यसपछि रानी जगदम्बाले वि.सं. २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गल्र्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय) को स्थापना गरी २६ रोपनी जग्गामा, दुइवटा भवन र नगद पाँच लाख रुपैयाँ दिनुभयो । यसरी सामाजिक कामको थालनी भएको हो ।
योगदान
[सम्पादन गर्नुहोस्]वि.सं. २०१२मा मदन पुरस्कार गुठीको स्थापना, वि.सं. २०१३मा मदन पुरस्कार पुस्तकालय स्थापना गर्न नगद तथा जिन्सी अनुदान, २०१६ साल कलकत्ताको मेडिकल कलेजहरूमा अनुदान दिई दुई नेपाली सिटको व्यवस्था र सोको सञ्चालन कार्य मदन पुरस्कार गुठीको जिम्मामा छ। २०१७ सालमा जगदम्बा कृषि कलेज तथा अनुसन्धान केन्द्र स्थापनार्थ आफ्नो पुल्चोकस्थित श्रीमहल घर-जग्गा श्री ५को सरकारलाई अनुदान, अन्य थुप्रै सङ्घ-संस्थाहरूको स्थापना र अनुदान गरी नेपाली वाङ्मय, सामाजिक सेवा, धर्म, आदि क्षेत्रमा श्री रानी जगदम्बाकुमारीको योगदान रहेको पाइन्छ। उनका नाममा मदन पुरस्कार गुठीले जगदम्बाश्री पुरस्कार स्थापना गरेको छ र वर्षेनि प्रदान गर्दै आएको छ।
- वि.सं. २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गर्ल्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय) को स्थापना
- वि.सं. २०१२ मा मदन पुरस्कार गुठीको स्थापना
- वि.सं. २०१३ मा मदन पुरस्कार पुस्तकालय स्थापना
- २०१७ सालमा जगदम्बा कृषि कलेज तथा अनुसन्धान केन्द्र स्थापनार्थ आफ्नो पुल्चोकस्थित श्रीमहल घर-जग्गा श्री ५ को सरकारलाई अनुदान[१]
उनले अन्य थुप्रै सङ्घ-संस्थाहरूको स्थापना र अनुदान गरी नेपाली वाङ्मय, सामाजिक सेवा, धर्म, आदि क्षेत्रमा योगदान गरेकी छन् । उनका नाममा मदन पुरस्कार गुठीले जगदम्बाश्री पुरस्कार स्थापना गरेको छ।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ दीक्षित, कमल (फाल्गुण २, २०७१), "मजलिसको आँखा–८ (श्रीमहल)", हिमाल खबर, अन्तिम पहुँच जेठ २, २०७९।