जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
स्वरूप
(जननी जन्म भूमिश्च स्वर्गादपि गरियसीबाट अनुप्रेषित)
"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी", एक प्रसिद्ध संस्कृत श्लोक हो। यो नेपालको राष्ट्रिय आदर्श वाक्य पनि हो।[१] यो श्लोक वाल्मीकि रामायणका केही पाण्डुलिपिहरूमा भेटिन्छ र दुई रूपहरूमा भेटिन्छन् ।
पहिलो रूप: यसमा भारद्वाज ऋषिले रामलाई सम्बोधन गर्दै भनिन्छ । :
- मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव ।
- जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी ॥
नेपाली अनुवाद : "मित्र, धन्य, धान्य आदिको संसारमा उच्च सम्मान गरिन्छ। तर आमा र मातृभूमिको स्थान स्वर्गभन्दा पनि माथि छ।"
अर्को रूप: यसमा रामले लक्ष्मणलाई भन्छन् -
- अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते ।
- जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ॥
अनुवाद : "लक्ष्मण! यो लंका सुनले बनेको भए पनि मलाई यसमा कुनै रुचि छैन। किनकि जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान छन्।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "रामायण का वो श्लोक, जो नेपाल का नेशनल मोटो है और इसका मतलब क्या है", News18 हिंदी (हिन्दीमा), २०२०-०६-१७, अन्तिम पहुँच २०२२-०२-०६।