जिग्मे दोर्जे पलवर विष्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिग्मे दोर्जे पलवर विष्ट
श्री ३ राजा लोरग्याल-पो
नागरिक भेषमा राजा जिग्मेको तस्बिर
शासनकालसन् १९६४-२००८
जन्मसन् १९३०
लोमान्थाङ, मुस्ताङ जिल्ला, नेपाल
मृत्युसन् २०१६ डिसेम्बर १६
काठमाण्डौ, नेपाल
वंशलो
बाबुश्री श्री श्री राजा आङ्गुन तेन्जिङ त्रान्दुल
धर्मतिब्बती बौद्ध
लोमान्थङ राज्यको झण्डा

जिग्मे दोर्जे पलवर विष्ट नेपालको मुस्ताङ जिल्ला अन्तर्गत पर्ने लोमान्थाङ क्षेत्रको रजौटा महाराज (तिब्बती: लोरग्याल-पो) थिए। उनको शासनकाल सन् १९६४-२००८ सम्म रह्यो। गणतन्त्रको घोषणामा सन् २००८ (वि.सं. २०६५) मा राजा, रजौटा, रैका र सम्पूर्ण शाही अधिकार खारेज भएपश्चात उनको राज्यावधि समाप्त भएको थियो।

जीवनी[सम्पादन गर्नुहोस्]

लोमान्थाङ राजदरबार

उनको जन्म राजा आङ्गुन तेन्जिङ त्रान्दुलको साँहिला पुत्रको रूपमा भएको थियो। सिगात्सेमा उनले आन्तरिक शिक्षा हासिल गरेका थिए। सन् १९५९ मा नेपाल सरकारद्वारा लोमान्थाङको युवराजको मान्यता पाएका थिए। सन् १९६४ मा पिताको मृत्युपश्चात उनी लो वंशका रजौटा राजा लोरग्याल-पो घोषित भए। लोमान्थाङ तथा मुस्ताङको कार्यप्रणाली भने नेपाल सरकारको अधीनमा थियो। उनले सन् १९६४ मा नेपाली सेनाको लेफ्टिनेन्ट कर्णेलको मानपदवी पाएका थिए। उनी राजसभाका सदस्य (सन् १९६४-१९९०) थिए। उनको विवाह सिगात्से, तिब्बतमा रानी साहिबा सिडोल पलवर विष्टसँग भएको थियो। विष्ट उनको थर नभई एक उपाधि हो। [१]

स्रोत[सम्पादन गर्नुहोस्]