सामग्रीमा जानुहोस्

जुलिया गोल्दानी तेलिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुलिया गोल्दानी तेलिस
Julia Goldani Telles
सन् २०१५ मा गोल्दानी तेलिस
जन्म (1995-03-18) १८ मार्च १९९५ (उमेर ३१)
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
पेशा
  • अभिनेत्री
  • ब्याले नृतकी
कार्यकालसन् २०११–वर्तमान

जुलिया गोल्दानी तेलिस[] (जन्म मार्च १८ मार्च १९९५) एक ब्राजिली-अमेरिकी अभिनेत्री र ब्याले नृतकी हुन्। उनले सोटाइमको मूल शृङ्खला 'द अफेयर'मा ह्विटनी स्लोवेको भूमिका निर्वाह गरेकी थिइन् जसलाई उनी परिचित छिन्। उनी अल्पकालिक एबिसी फ्यामिलीको शृङ्खला 'बनहेड्स'मा सासा टोरेसको भूमिकामा देखा परेकी थिइन् जसले उनलाई थप परिचित बनाएको थियो।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

तेलिसको जन्म लस एन्जलस, क्यालिफोर्नियामा भएको थियो। उनकी आमा ब्राजिली र बुबा मेक्सिकी-अमेरिकी मूलका हुन्। उनी लगभग दुई वर्षको उमेरमा आफ्ना बुबाआमासँग रियो दी जेनेरियोमा बसाइँसराइ गरेकी थिइन्[][] जहाँ उनी ५ वर्षको उमेरमा ब्याले नृत्यमा संलग्न भएकी थिइन्। उनको परिवार पुन: उनी पाँच वर्षको उमेरमा लस एन्जलसमा बसाई सरेका थिए[] जतिबेला उनले पुर्तुगाली भाषा मात्र जानेकी थिइन् र उनले पछि अङ्ग्रेजी भाषा सिकेकी थिइन्।[] तेलिसले तेह्र वर्षको उमेरमा म्यानह्याटन, न्युयोर्क स्थित एक व्यावसायिक विद्यालयमा अध्ययन गरेकी थिइन्।[]

तेलिसले स्कूल अफ अमेरिकन ब्याले र ब्याले एकेडेमी इस्टमा प्रशिक्षण लिएकी थिइन्[] र उनी पछि विभिन्न ब्याले प्रदर्शनमा देखा परेकी थिइन्। १५ वर्षको उमेरमा उनको कम्मरमा देखिएको विभिन्न समस्याका कारण एक वर्षको लागि ब्याले अभ्यास गर्नबाट रोक्न बाध्य बनाएको थियो। पछि, मानसिक चिन्ताबाट बच्नका लागि उनले नाटकमा संलग्न हुने निर्णय गरेकी थिइन्।[]

टेलिभिजनमा तेलिसको पहिलो भूमिका सन् २०११ मा चित्रित भएको थियो जहाँ उनले सफलतापूर्वक एबिसी फ्यामिलीको 'बनहेड्स' नामक एक शृङ्खलामा सासा टोरेसको भूमिकाको लागि प्रस्तुति दिएकी थिइन्। उनले कुनैपनि प्रकारको अभिनयमा काम नगरिकन पनि त्यसमा अभिनय गर्ने मौका प्राप्त गरेकी थिइन्।[][] शृङ्खलाको पाइलट नामक अङ्क नोभेम्बर २०११ मा, छायाङ्कन गरिएको थियो। 'बनहेड्स' शृङ्खलाबद्ध रूपमा चल्दै १८ संस्करण सम्म प्रसारण गरिएको थियो जहाँ यो ११ जुन २०१२ देखि २५ फेब्रुअरी २०१३ सम्म चलेको थियो।

'बनहेड्स' बाहेक, सन् २०१२ मा, तेलिसले अमेरिकी पप जोडी न्याट र एलेक्स उल्फको "ग्रेटेस्ट प्राइज" नामक साङ्गितीक भिडियोमा पनि देखा परेकी थिइन्।[]

उनले १० जनवरी २०१४ मा, प्रसारण गरिएको 'ब्लु ब्लड्स'को "द बुगिम्यान" नामक अङ्कमा पनि अतिथिको भूमिका निर्वाह गरेकी थिइन्।

तेलिसले, ह्विट्नीको रूपमा सोटाइमको नाटकीय शृङ्खला 'द अफेयर'मा पनि अभिनय गरेकी थिइन्।[]

अक्टोबर २०१९ मा, उनले स्टार्जको शृङ्खला 'द गर्लफ्रेन्ड एक्सपिरियन्स'मा आइरिसको रूपमा अभिनय गर्ने घोषणा गरिएको थियो।[१०]

फिल्मोग्राफी

[सम्पादन गर्नुहोस्]
टेलिभिजन र चलचित्र भूमिकाहरू
वर्ष शीर्षक भूमिका टिप्पणी
२०१२–२०१३बाहेड्ससासा टोरेसमुख्य भूमिका
२०१३ब्लु ब्लड्समोर्गानअङ्क: "द बुगिम्यान"
२०१३द क्यारी डायरिजआमेलिया स्ट्रङअङ्क: "हङ्ग्री लाइक द उल्फ"
२०१३नर्स ज्याकीम्यान्डी३ अङ्क
२०१४–२०१९द अफेयरह्विट्नी सोलोवेमुख्य भूमिका
२०१६गिलमोर गर्ल्स: अ इयर्स इन द लाइफसान्डी मार्टिनअङ्क: "स्प्रिङ"
२०१८मस्ट लाइक्ली टु मर्डरतामीचलचित्र
२०१८स्लेन्डर म्यानहालीचलचित्र
२०१८द विन्डएमा हार्परचलचित्र
२०१९ द गर्लफ्रेन्ड एक्सपिरियन्स आइरिस मुख्य भूमिका
२०२० लुक्स ड्याट किलएलेक्सचलचित्र

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 "Julia Goldani Telles", MediaBang, मूलबाट नोभेम्बर १४, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १४, २०१४ अभिलेखिकरण नोभेम्बर २९, २०१४ वेब्याक मेसिन
  2. Brandão, Liv (५ अक्टोबर २०१५), "Julia Goldani Telles, uma quase brasileira em 'The affair", Jornal O Globo (Portugueseमा), अन्तिम पहुँच २ नोभेम्बर २०१६
  3. "Sasha Torres by Julia Goldani Telles", ABC Family, मूलबाट अक्टोबर २५, २०१४-मा सङ्ग्रहित।
  4. "Exclusive Q&A with Bunheads' Julia Goldani Telles", ABC Family, मूलबाट जुन २२, २०१२-मा सङ्ग्रहित।
  5. 1 2 Fuhrer, Margaret (मे २०१२), "Ballet in Your Living Room", Pointe, मूलबाट जुलाई २८, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १, २०१२ अभिलेखिकरण जुलाई २८, २०१२ वेब्याक मेसिन
  6. Martin, Denise (फेब्रुअरी २५, २०१३), "Bunheads' Julia Goldani Telles Does Teen Turmoil En Pointe", Vulture, New York, अन्तिम पहुँच नोभेम्बर १४, २०१४
  7. "BunheadsBLOG Exclusive Q&A with Julia Goldani Telles", BunheadsBLOG, जुन २६, २०१२, मूलबाट अक्टोबर १९, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १, २०१२ अभिलेखिकरण अक्टोबर १९, २०१४ वेब्याक मेसिन
  8. Nat & Alex Wolff - Greatest Prize (Official Music Video), फेब्रुअरी १४, २०१२, अन्तिम पहुँच अगस्ट १, २०१२
  9. Gilman, Hannah (अक्टोबर १०, २०१४), "Julia Goldani Telles, The Affair Interview", Teen Vogue, अन्तिम पहुँच नोभेम्बर १४, २०१४
  10. Petski, Denise (२०१९-१०-०१), "‘The Girlfriend Experience’: ‘The Affair’s Julia Goldani Telles To Star In Season 3 Of Starz Anthology Series", Deadline (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-११-२६

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]