टु डटकम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टु
साइटको प्रकार
सामाजिक सञ्जाल सेवा
उपलब्ध भाषाअल्बानियाली, अरबी, बुल्गेरियाली, चिनियाँ, क्रोएसियाली, चेक, डेनमार्की, डच, अङ्ग्रेजी, इष्टोनियालि, फिनल्यान्डि, फ्रान्सेली, जर्मनेली, ग्रिक, यहूदी, हङ्गेरियाली, इण्डोनेसियाली, इटालीयाली, जापानी, कोरियालि, लात्भियाली, लिथुवानियाली, मलेसियालि, नर्वेली, पोल्याण्डि, पोर्चुगाली, रोमानियाली, रूसी, स्लोभाक, स्ल‍ोभेनियालि, सर्बियाली, स्पेनी, स्विडेनी, तागालग, थाइ, टुर्की, युक्रेनी, भियतनामी
मालिकम्यासिभ मिडिया
युआरएलhttp://www.twoo.com
अलेक्सा क्रमह्रास १,१८८ (४ अक्टोबर २०१७ (2017-10-04) अनुसार) [१]
व्यवसायिकनि:शुल्क, भुक्तानी समावेश (बैकल्पिक)
दर्ताचाहिन्छ
चालु भएको मिति२०११; १३ वर्ष अघि (२०११)

टु डटकम वा साधारणतया टु एक सामाजिक आविष्कार मञ्च हो जुन सन् २०११ मा म्यासिभ मिडियाद्वारा (अनुवादित नेपाली नाम - विशल सञ्चार माध्यम) प्रक्षेपण तथा सुरुवात गरिएको थियो जसमा प्रयोगकर्ताले प्रोफाइलहरू सृजना गर्न, तस्वीर तथा चित्रहरू उर्ध्वभरण गर्न र अन्य प्रयोगकर्ताहरूसँग वार्ता गर्न सक्दछन्। यसमा एक सशुल्क सदस्यताले, प्रयोगकर्तालाई अधिक सुविधाहरूमा पहुँच प्रदान गर्दछ जसमा अदृश्य रूपमा ब्राउज गर्न र कसलाई प्रयोगकर्ता मनपर्दछ वा कसले प्रयोगकर्ताका सन्देशहरू पढ्ने भनेर हेर्न सक्दछन्।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

यो वेबसाइटको स्थापना र सन् २०११ मा बेल्जियमको राजधानी जेण्टमा , टुन कोपिन्स र लरेञ्ज बोगार्ट सुरु गरेका थिए जसले पहिला बेल्जियमको एक प्रख्यात सामाजिक सञ्जाल नेटलगको स्थापना गरेका थिए।

टु डटकम म्यासिभ मिडियाको ग्रूपको स्वामित्वमा रहेको छ र सन् २०१२ को डिसेम्बर मा, म्यासिभ मिडियालाई, मेटिच (इण्टर एक्टिभ कर्प) द्वारा अधिग्रहण गरिएको थियो।[३]

सन् २०१३ मा, टुले ष्टेपआउटको अधिग्रहण गरेको थियो, जुन भारतमा सर्वाधिक लोकप्रिय भएको डेटिङ साइट थियो जुन सन् २००८ मा अमेरिकामा "इग्निटर" को रूपमा स्थापित भएको थियो।[४][५]

तथ्याङ्कहरू[सम्पादन गर्नुहोस्]

टुको तथ्याङ्क अङ्कमा (सन् २०१६ को डिसेम्बर सम्ममा)[६]

  • १८ करोड १० लाख मासिक सक्रिय प्रयोगकर्ताहरू
  • २०० भन्दा बढि देश तथा क्षेत्रहरूमा
  • ३८ वटा भाषाको समर्थन

आलोचना[सम्पादन गर्नुहोस्]

टेकक्रञ्चको सन् २०१३ को एक प्रतिवेदन अनुसार, प्रयोगकर्ताहरूले प्रवेशबाट अनावश्यक ई डाँकहरू प्राप्त गरिरहेको गुनासोहरूका साथ यसले नयाँ प्रयोगकर्ताहरूको पञ्जीकरण प्राप्त गर्नका लागि शंकास्पद तरिकाहरू प्रयोग गरेको थियो।[७] प्रत्येक प्रवेशमा यसले प्रयोगकर्ताहरूको सबै सम्पर्कहरू सन्देश पठाएको थियो जसमा खाता मेटाउने प्रक्रियाहरूलाई यसले स्पष्ट रूपमा व्यक्त गरेको थिएन। सन् २०१५ मा, आयात गरिएका बाह्य सेवाहरूबाट यसले डाटाबेसमा आधारित अन्य खाताहरूको सृजना गरिरहेको बताएको थियो र ष्प्रिङ डटमी एक गैर अनलाइन डेटिङ साइको लागि पनि यसले अनावश्यक खाताहरूको सृजना गरेको थियो।[८]

समर्थित भाषाहरू[सम्पादन गर्नुहोस्]

यसले हाल ३८ वटा भाषाहरूको समर्थन गर्दछ जसमा अल्बेनियाली, अरबी, बुल्गेरियाली, चिनियाँ, क्रोएसियाली, चेक, डेनमार्की, डच, अङ्ग्रेजी, इष्टोनियाली, फिनल्यान्डि, फ्रान्सेली, जर्मनेली, ग्रीक, यहूदी, हङ्गेरियाली, इण्डोनेसियाली, इटालेली, जापानी, कोरियाली, लातभियाली, मलेसियाली, नार्वेली, पोल्याण्डि, पोर्तुगाली, रोमानियाली, रूसी, स्लोभाकी, स्लोभेनियाली, सर्बियाली, स्पेनी, स्विडेनी, टागालग, थाई, टुर्की, युक्रेनी र भियतनामी लगायतका भाषाहरू समावेश छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "टु डटकम, ट्राफिक, जनसाङ्खिकी र प्रतिस्पर्धीहरू - अलेक्सा", अलेक्सा इण्टरनेट, अन्तिम पहुँच ४ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-१० मिति
  2. "टु | क्रञ्च बेस", क्रञ्च बेस डटकम, अन्तिम पहुँच २०१७-०३-१७ 
  3. वाउटर्स, रोबिन (२०१२-१२-२३), "Meetic Buys Netlog And Dating Site Twoo.com For $25M In Cash", द नेक्स्ट वेब (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०३-१७ 
  4. "टुले ष्टेप आउटको अधिग्रहण गरेको छ - अनलाइन डेटिङ इन्साइडर", अनलाइन डेटिङ इन्साइडर (अमेरिकी अङ्ग्रेजीमा), २०१३-१०-१५, अन्तिम पहुँच २०१७-१२-११ 
  5. Seligson, हन्ना (२०११-०२-१९), "Ignighter, a Dating Site, Finds Love in India", द न्यू योर्क टाइम्स (अमेरिकी अङ्ग्रेजीमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०१७-१२-११ 
  6. "टुका बारेमा ५ वटा तथ्यहरू (डिसेम्बर २०१६)", डिआरएम (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०३-१७ 
  7. ग्यालघर, बिलि (२०१३-०८-०३), "A Year Of Spam: The Twoo Experience", क्रञ्च बेस (en-USमा), अन्तिम पहुँच २०१७-१२-११ 
  8. विलियम्स, ओवन (२०१५-१२-२३), "Twoo probably uses your Formspring identity for its dating site", द नेक्स्ट वेब (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०१-०४