नेटलग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेटलग
Netlog logo
साइटको प्रकार
सामाजिक सञ्जाल सेवा
मालिकम्यासिभ मिडिया
युआरएल[१]
अलेक्सा क्रमNegative increase २,६२१ अप्रिल २०१४[१]
व्यवसायिकहो
दर्ताचाहिन्छ
चालु भएको मिति१९९९; २५ वर्ष अघि (१९९९) ( एएलएल डट टिओको रूपमा)

नेटलग (पूर्व फेसबक्सबिङबक्सको रूपमा परिचित) बेल्जियमको एक सामाजिक सञ्जाल सेवा थियो जुन विश्वव्यापी युवा जनसाङ्ख्यिकीयमा लक्षित थियो। नेटलगमा, सदस्यहरूले आफ्नै वेब पृष्ठ सृजना गर्न, नयाँ व्यक्तिहरूसँग भेट्न, वार्ता गर्न, खेलहरू खेल्न, श्रव्य दृश्यहरू साझेदारी गर्न र ब्लगहरू सार्वजनिक गर्न सक्दछन्।[२]

वेबसाइटलाई लोरेञ्ज बोगार्ट र टुन कोपेन्सद्वारा बेल्जियमको राजधानी जेण्टमा डोमेन नाम एएसएल डटटिओको नामबाट संयुक्त रूपमा स्थापना गरिएको थियो। सन् २००२ मा वेबसाइटको नाम रेडबक्समा परिवर्तन गरिएको थियो र यो बेल्जियमका युवाहरूका लागि लक्षित थियो।[३] सन् २००५ देखि, यो सामाजिक सञ्जाल युरोप र युरोप बाहिरका अन्य देशहरूमा उपलब्ध गराइएको थियो। लगभग एक वर्ष पछि, वेबसाइटको 'नेटलग'मा परिवर्तन गरिएको थियो। [४][५] सन् २००७ सम्ममा, नेटलगले २८ मिलियन सदस्यहरू आकर्षित गरेको थियो र त्यसपछिका वर्षहरूमा यसमा दर्ता हुन आउने प्रयोगकर्ताहरूको सङ्ख्या बढिरहेको थियो। यो उचाईमा, साइटले २० भन्दा बढी भाषाहरूमा ९४ मिलियन भन्दा बढी दर्ता भएका प्रयोगकर्ता रहेको दावी गरेको थियो।[६][७][८]

जनवरी २०११ मा, नेटलगले आफ्नो वेबसाइटलाई सामूहिक सञ्चार माध्यम र विश्वव्यापी सञ्चार माध्यम समूहको भाग बन्ने घोषण गरेको थियो[९] जसले मुख्य रूपमा सामाजिक सञ्चारमा ध्यान केन्द्रित गर्दै उत्पादन विभागलाई नयाँ बजारमा विस्तार गर्न अनुमति दिन्छ। कम्पनीले टु डटकममा पनि स्वामित्व कायम गरेको थियो जसलाई सन् २०११ मा सुरू गरिएको थियो।[१०][११] यो एक नि: शुल्क सामाजिक खोजी मञ्च हो। सन् २०१५ मा यसको गृहपृष्ठमा नेटलगका साथ समायोजन गरिएको सूचना जारी गरेको थियो। जुलाई २०१८ मा प्रयोगकर्तालाई यसको सुरक्षासँग सन् २०१२ मा सम्झौता गरिएको र प्रवेश र प्रयोगकर्ताहरूका पासवर्डहरू बाह्य तत्वहरूले प्राप्त गरेको सूचनाको जारी गरेको थियो। सेप्टेम्बर २०१८ सम्ममा, नेटलगको गृहपृष्ठले सन् २०१५ पछि वेबसाइट सेवामा नरहेको जानकारी दिन्छ।

प्रतिक्रिया[सम्पादन गर्नुहोस्]

यस वेबसाइटमा सामेल भएपछि, प्रयोगकर्ताहरूले साथीहरूलाई ई-डाँक वा फेसबुक मार्फत सञ्जालमा सामेल हुन आमन्त्रित गर्न सक्दछन्। सन् २०११ मा, केही प्रयोगकर्ताहरूले यो प्रक्रिया पर्याप्त स्पष्ट नभएको भन्ने गुनासो व्यक्त गरेका थिए।[१२] यसै बीच, नेटलगले वेबसाइटमा प्रवाहको परिवर्तन गरी यसलाई अधिक स्पष्ट बनाएको थियो जसका कारण गुनासोहरूमा कमी आएको थियो।

स्थानीयकरण[सम्पादन गर्नुहोस्]

नेटलगमा एक स्थानीयकरण प्रविधि समावेश थियो जसले प्रत्येक सदस्यको प्रोफाइल निजीकृत भए नभएको सुनिश्चित गर्दछ। यसले एक सदस्यलाई समुदायमा स्थानीयकृत खोजी र अवलोकन गर्न सक्षम गरेको थियो।

सन् २०१२ को उल्लङ्घन[सम्पादन गर्नुहोस्]

जुलाई २०१८ मा, नेटलगले डिसेम्बर २०१२ भन्दा अगाडि दर्ता भएका प्रयोगकर्ताहरूलाई सूचित डाँक पठाउँदै प्रयोगकर्ताको भण्डारण सुरक्षाको उल्लङ्घन गरेको थियो [१३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेटलग डटकम, साइटको जानकारी", अलेक्सा इण्टरनेट, अन्तिम पहुँच २०१४-०४-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-२० मिति
  2. "नेटलग - क्रञ्च बेस", क्रञ्च बेस, अन्तिम पहुँच २० जुलाई २०१८ 
  3. "Business Software Reviews, SaaS & Cloud Applications Directory", गेट एप, अन्तिम पहुँच २० जुलाई २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०२-२७ मिति
  4. "Facebox becomes Netlog and bags 5m euros", २५ अप्रिल २००७, अन्तिम पहुँच २० जुलाई २०१८ 
  5. एण्ड्र्यु, रोबर्ट (२५ अप्रिल २००७), "Facebox Gets $6.8 Million For Pan-European Social Net, Rebrands ‘Netlog’", गिगाकम डटकम, अन्तिम पहुँच २० जुलाई २०१८  वेब्याक मेसिन अभिलेखिकरण २७ फेब्रुअरी २०२० मिति
  6. "Europe Is Searching For Its Silicon Valley", अन्तिम पहुँच २० जुलाई २०१८ 
  7. "Netlog gets a major makeover, now growing at 500,000 users a week", अन्तिम पहुँच २० जुलाई २०१८ 
  8. एब्बुड, जेबि (नोभेम्बर १, २००७), "How Netlog Leaps Language Barriers", द वाल ष्ट्रिठ जर्नल 
  9. "Netlog creates, becomes part of Massive Media; expands to New York and Dubai", अन्तिम पहुँच २० जुलाई २०१८ 
  10. "FAST GROWING SOCIAL DISCOVERY SITE TWOO.COM GETS SERIOUS ABOUT MOBILE", अन्तिम पहुँच २० जुलाई २०१८  वेब्याक मेसिन अभिलेखिकरण १९ नोभेम्बर २०१५ मिति
  11. "StepOut Is Now Part Of Twoo", Online Personals Watch: News on the Online Dating Industry and Business, अन्तिम पहुँच २० जुलाई २०१८ 
  12. "Help! I received an email from Netlog and clicked on the link…", १६ जुलाई २०१२, अन्तिम पहुँच २० जुलाई २०१८ 
  13. "प्रयोगकर्ताका माझ सञ्चार", २७ जुलाई २०१२, अन्तिम पहुँच २७ जुलाई २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]