टेलि २ रूस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
टेलि २ रूस
उद्योगको प्रकारसिमित दायित्व कम्पनी[१]
उद्योगमाेबाईल दूरसञ्चार
संस्थापक(हरू)टेलि २ एबि
मुख्य व्यक्तिहरूसर्जी एड्मिन (कार्यकारी अधिकृत)
युरिटि सेलाेभएभ (निर्देशन बिभागका अध्यक्ष)
उत्पादन(हरू)माेबाइल सञ्जाल
राजस्वIncrease ६५,३ बिलियन (२०१३)[२]
कूल आम्दानीIncrease २४,२ बिलियन (२०१३)
धनी(हरू)भिटिबि, रोस दूरसञ्चार
कामदार(हरू)८०००+[३]
वेबसाइटru.tele2.ru

टेलि २ रूस (रूसी: Tele2 Россия) एक रूसी दूरसञ्चार कम्पनी हो । याे सन् २००१ मा स्वीडिस समूह टेलि २ द्वारा स्थापित गरिएको थियोे । यसले ४० लाख भन्दा अधिक प्रयाेगकर्ताहरूका लागि मोबाइल टेलिफोन र अन्य सेवाहरू प्रदान गर्दछ । कम्पनीकाे मुख्यालय रूसकाे राजधानी मस्कोमा रहेकाे छ भने यसका प्रमुख कार्यकारी अधिकृत सर्जी एड्मिन हुन् । कम्पनी सन् २००१ मा सिमित दायित्व कम्पनीकाे रूपमा स्थापित भएकाे थियोे र भिटिबि र राेस दूरसञ्चारकाे सहायक कम्पनीकाे रूपमा सेवा प्रदान गर्दै अाइरहेकाे छ । हालैकाे एक तथ्याङ्क अनुसार कम्पनीमा ८,००० जना कामदारहरू रहेका छन् । यसले देशकाे सबै ठाउँमा दूरसञ्चार सेवा पुर्‍याएकाे छ ।[१]

इतिहास[सम्पादन गर्ने]

टेलि २ काे मुख्यालय मस्काेमा

सञ्चालनकाे पहिलाे २ वर्षमा (सन् २००३-२००४ सम्म) कम्पनीले रूसमा १२ प्रदेशहरूमा सेवाकाे सुरूवात गरेको थियोे । २७ मार्च २०१३ मा स्विडिस समूह टेलि २ ले आफ्नो रूसी सहायक कम्पनी टेलि २ रूसलाई भिटिबि समूहमा बेच्ने निर्णयकाे धाेषणा गरेकाे थियोे । अप्रिल ४ मा यस सम्झौता सम्पन्न भएको थियो । २४ जुन २०१३ मा कम्पनीले मोबाइल सञ्चालक भाेरोनेज कोडो टेललाई अधिग्रहण गरेकाे थियोे ।

कम्पनीले लगभग ५,००० ३ जी अाधार स्टेसन र २००० एलटिई स्टेसनकाे स्थापना पछि, अक्टोबर २०१५ मा यसले मस्को र मस्को ओब्लास्टमा आफ्नो सेवा सुरु गरेकाे थियोे । १३ अगस्ट २००७ मा टेलि २ रूसले १० वर्षको लागि "भिम्पेलकम" राष्ट्रिय रोमिङ सम्झौतामा हस्ताक्षर गरेकाे थियोे ।

स्वामित्व र निर्देशन विभाग[सम्पादन गर्ने]

टि २ अारकेटि[सम्पादन गर्ने]

१३ अप्रिल २०१७ को अनुसार यस कम्पनीमा, टेलि २ ले ५५% र रोस दूरसञ्चारले ४५% स्वामित्व लिएकाे छ ।

टेलि २ रूस[सम्पादन गर्ने]

१३ अप्रिल २०१७ को अनुसार, भिटिबि बैङ्ककाे ५०% स्वामित्व रहेकाे छ जाे रूसी अरब पति एलेक्सि माेर्दासाेभाेकाे ४०% स्वामित्वमा रहेकाे छ भने बैङ्क रोसीयाकाे १०% स्वामित्वमा रहेकाे छ ।

राेस दूरसञ्चारसँग संयुक्त उद्यम[सम्पादन गर्ने]

पहिला यसले रोस दूरसञ्चारकाे स्वामित्वमा सेलुलर कम्पनीहरू सञ्चालन गर्यो र पछि संयुक्त उद्यम सिर्जना गर्ने सम्झौतामा टेल २ मा पठाइएको थियोे । सन् २०१४ काे प्रतिवेदनका अनुसार टेली २ सङ्घीय सञ्चालकहरू मध्ये सबै भन्दा सानाे दूरसञ्चार सेवा सञ्चालक रहेकाे थियो । हाल यसका ४० मिलियन भन्दा बढी प्रयाेगकर्ताहरू रहेका छन् । कम्पनी सन् २००१ मा सिमित दायित्व कम्पनीकाे रूपमा स्थापित भएकाे थियोे ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]