रोसतिलिकोम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोस दूरसञ्चार
व्यवसाय प्रकार
सार्वजनिक (संयुक्त पुँजी कम्पनी), सरकारी कम्पनी
आइएसआइएनRU0008943394 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगदूरसञ्चार
स्थापित२३ सेप्टेम्बर १९९३; ३० वर्ष पहिले (१९९३-०९-23)
केन्द्रीय कार्यालयमस्को, रूस
मुख्य व्यक्ति
सर्जी कालुगीन (अध्यक्ष)
सर्जी इभानोभ
(निर्देशन बिभागका अध्यक्ष)
उत्पादनहरूल्यान्डलाइन
मोबाइल फोन
ब्रोडब्यान्ड इन्टरनेट
सूचना प्रविधि
दूरसञ्चार सञ्चाल
केवल टेलिभिजन
राजश्व$५.२३ बिलियन ((२०१७))
परिचालन आय
$६४९ मिलियन ((२०१७))
$२४१ मिलियन ((२०१७))
कुल सम्पत्ति$९.६ बिलियन ((२०१७))
कुल इक्विटी$४.२७ बिलियन ((२०१७))
कर्मचारी सङ्ख्या
१७०,०००
सहायक कम्पनीहरूराष्ट्रिय केबल सञ्चाल, केन्द्रीय टेलिग्राफ, Giprosvyaz, अनलाइम, टेलि २ रूस, स्पुतनिक (सर्च इन्जिन)
वेबसाइटrostelecom.ru

रोस दूरसञ्चार (रूसी: ОАО «Ростелеком») रूसको एक प्रमुख लामो दूरी टेलीफोन सेवा प्रदायक हो। यसले घरेलू लामो दूरी सेवा अन्तर्गत कम्पनीको राजस्वको लगभग ५०% प्रदान गर्दछ भने अन्तर्राष्ट्रिय लामो दूरी कलहरूमा लगभग २५% प्रदान गर्दछ।

रोस दूरसञ्चारले सबै स्थानीय सार्वजनिक सञ्चालक सञ्जालहरूलाई लामो दूरी सेवाका लागि एउटै सञ्जालमा जोड्दछ। अन्य शब्दहरूमा, यदि एक प्रयोगकर्ताले लामो दूरीको कल गर्दछ वा इन्टरनेट मार्फत जडान रूस देखि रूसमा वा रूस देखि अन्य कुनै देशमा सम्पर्क गर्दछ भने यो सम्भव छ कि रोस दूरसञ्चारले सेवाको एक भाग प्रदान गर्दै छ। कम्पनीको स्टक व्यापार मुख्यतया मस्को एक्सचेन्जमा आधारित छ। सन् २०१० कम्पनीले ३ जी सेवा सुरूवात गरेको थियोे।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

३० डिसेम्बर, १९९२ मा रूसको राज्य सम्पत्ति समितिको आदेश अनुसार राज्यको स्वामित्वमा रहेको उद्यम रोस दूरसञ्चारको स्थापना गरिएको थियोे जसमा २० राज्य सम्म भेट्ने गरी लामो दूरी र अन्तर्राष्ट्रिय कलहरू समावेश थिए साथै सञ्चार उपकरण इन्टरटेलिकमको पनि आयोजना गरिएको थियो। १९९० को दशकमा, कम्पनी जो स्भियजीइन्भेस्टको एक भाग थियो, त्यतिबेला रूसमा एकमात्र लामो दूरीको दूरसञ्चार सेवा सञ्चालक थियो।

१८ अक्टोबर २००७ मा "रोस दूरसञ्चार" ले आईपी-एमपीएलएस गुणस्तर प्रमाणपत्र प्राप्त गरेको थियोे र त्यसपछि यसले आफुलाई इन्टरनेट सेवा प्रदायकको रूपमा उभ्याएको थियोे।[२]

स्वामित्व[सम्पादन गर्नुहोस्]

सेप्टेम्बर २०१८ का अनुसार यसका ३ वटा कम्पनीहरू यसको मालिक कम्पनीको रूपमा रहेका छन् । निम्न उल्लेखित यसका मालिक कम्पनीहरू हुन्:[३]

१) राज्यको सम्पत्ति व्यवस्थापनका लागि सङ्घीय आयोग (४५.०४%),

२) आेएआे मोबिटेल (१२.०१%) र

३) भिनेसकनम बैङ्क (३.९६%)

स्वामित्वमा यो दूरसञ्चार कम्पनी रहेको छ ।

सञ्चालन[सम्पादन गर्नुहोस्]

रोस दूरसञ्चार सबैभन्दा ठूलो घरेलू मेरुदण्ड सञ्जाल हो (लगभग ५०० हजार किलोमिटर सम्म फौलिएको) र रूसमा लगभग ३५ मिलियन घरहरू सम्म यसको सेवा पुगेको छ । कम्पनीले देशभरका आवासीय, सहकारी र सरकारी ग्राहकहरूको लागि दूरसञ्चार सेवाहरू जस्तै (टेलिफोन, डाटा, टिभी र मूल्य अभिबृद्धि समाधान) प्रदान गर्ने अनुमति लिएको छ । कम्पनीले प्रयोगकर्ताहरूको लागि-अनुकूल प्रीपेड सेवा "कार्टा स्याभ्जि" प्रदान गर्दछ जुन मानिसहरूको लागि इन्टरनेटमा टेलीफोन र पहुँच प्रदान गर्न बनाइएको लामो टेलिफोन कार्ड सेवा हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "रोस दूरसञ्चारले ५ वटा प्रदेशहरूमा ३ जी सेवामा सुचारु गरेको छ", आघिकारिक वेबसाइटबाट, अन्तिम पहुँच १४ डिसेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-०८ मिति
  2. Россия-Япония: скорость связи вырастет в १००० раз // सिन्युज डटरू, १३.१२.२००६
  3. "स्वामित्वमा रहेका कम्पनीहरू", आभिकारिक वेबसाइटबाट, अन्तिम पहुँच १३ अक्टोबर २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]