ट्राभलयारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ट्राभलयारी डटकम
साइटको प्रकार
निजी
उपलब्ध भाषाअङ्ग्रेजी
संस्थापितअप्रिल २००८
मुख्यालयहरूबेङ्गलोर[१][२][३],
सेवा क्षेत्रभारत
संस्थापक (हरू)अर्विन्द लामा, पार्थसारथी सिन्हा, र प्रतिक निगम[४]
उद्योगयात्रा सम्बन्धित सेवाहरू
उत्पादहरूसवारी आरक्ष, यात्रा आयोग, गाडी उद्यम संसाधन योजना
युआरएलtravelyaari.com
अलेक्सा क्रम५७,०१५ Positive decrease (नोभेम्बर २०१९)[५]
वर्तमान स्थितिचालू

ट्राभलयारी भारतको बेङ्गलोरमा प्रधान कार्यालय भएको सबैभन्दा ठूलो अनलाइन गाडि आरक्ष पोर्टल हो। [६] यसको वेबसाइटमा ३,५०० भन्दा बढी गाडी सञ्चालकको सञ्जालको रहेको छ जसले ४५,००० मार्गहरूमा प्रति दिन १,५०,००० गाडीका विकल्पहरूको प्रदान गर्दछ।[७] यसले हाल सम्म १५० मिलियन भन्दा बढी यात्रुहरूको सेवा गरिसकेको छ।[३][७][८][९] यसले मण्टिस प्रविधि मञ्च मार्फत दैनिक १,५०,००० - २,००,००० बस टिकटको आरक्ष गर्दछ। यसले ८,०००-९,००० अफलाइन यात्रा निकासहरूलाई सक्षम गरेको छ जसले तिनीहरूलाई बस टिकट आरक्ष गर्न मद्दत गर्दछ।[७][८][१०][११] कम्पनीका सामग्रीहरू अङ्ग्रेजी भाषामा मात्र उपलब्ध छ। [७] अलेक्साको विश्वव्यापी क्रममा अनुसार यो ५७,०१५ स्थानमा रहेको छ भने भारतमा यसको क्रम ३,३५० रहेको छ।[५]

कम्पनीको बारेमा[सम्पादन गर्नुहोस्]

ट्राभलयारी डटकम मण्टिस प्रविधि प्रालिको प्रमुख ब्राण्ड हो। मण्टिस यसको अनलाइन उत्पादनहरूको विस्तृत क्षेत्र मार्फत (उदाहरण: ट्राभलयारी, बससीआरएस डटकम, आइएमजिडिएस डटका, गाडी टिकट आरक्ष एपिआई) भारतको सम्पूर्ण गाडी उद्योगलाई गहन रूपमा इन्टरनेटमा सरुवा गरेको छ।[१२][१३]

यसैले यसले उद्योगलाई अझ बढी सुलभ, सङ्गठित, पारदर्शी, दक्ष र सहयोगी बनाएको छ। ट्राभलयारीसँग भ्रमण खण्ड पनि रहेको छ जसले किफायती मुल्यहरूमा छनौट गरिएका यात्रा प्याकेजहरूको प्रस्ताव गर्दछ।

ट्राभलयारी एक भारतीय अनलाइन गाडी टिकट वेबसाइट हो जसको प्रधान कार्यालय बेङ्गलोग रहेको छ भने अन्य प्रमुख सहरहरू जस्तै अहमदाबाद, दिल्ली, मुम्बई, पुणे, र चण्डीगढमा पनि यसको कार्यलय रहेको छ।[१४][१५]

सिमिलर वेबसाइट अनुसार वेबसाइटले १.५४ मिलियन मासिक भ्रमण प्राप्त गरेको दावी गरेको छ जसले मार्च २०१८ मा समाप्त हुने वित्तीय वर्षको लागि करिब २००-२५० मिलियन डलरको कारोबार अपेक्षा गरेको थियो। [८][९]

ट्राभलयारीसँग आफ्नो अनलाइन आरक्ष प्रणालीमा विभिन्न सुविधाहरू समावेश छन् जसले एकल महिला यात्रुहरूको सुरक्षा कायम गर्दछ। गाडी यात्रुहरूलाई अन्तिम मिनेट रद्दि र दुर्घटनाहरू बिरूद्ध सुरक्षा प्रदान गर्नका लागि यसले बीमा प्रदान गर्दछ।[७][१६]

इतिहास[सम्पादन गर्नुहोस्]

ट्राभलयारी डटकमले २० अप्रिल २००७ मा सञ्चालन सुरु गरेको थियो। यसलाई भारतीय प्रविधि संस्थान, अहम्दाबादकबाट स्नातकोत्तर हासिल गरेका छात्र र उद्योग व्यवसायीहरू, पार्थसार्थी सिन्हा, आयुविन्द लामा र प्रितेक निगमले संयुक्त रूपमा सुरु गरेका थिए।[१७]

ट्राभलयारीको अभिभावक कम्पनी मण्टिस प्रविधिले गाडी सञ्चालकहरूलाई उनीहरूको सूची र सञ्चालनहरू व्यवस्थापन गर्न विश्वव्यापी वितरण प्रणालीको पनि विकास गरेको थियो।[१८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Contact Us - Travelyaari.com", ट्राभलयारी, अन्तिम पहुँच Dec २४, २०१५ 
  2. विनय उमारजी (डिसेम्बर ८, २०१५), "ट्राभलयारी", बिजनेस स्ट्यान्डर्ड, अन्तिम पहुँच २१ डिसेम्बर २०१५ 
  3. ३.० ३.१ ब्लुमबर्ग (डिसेम्बर १८, २०१५), "Booking Bus Tickets In A Click", बिजनेस स्ट्यान्डर्ड, अन्तिम पहुँच २१ डिसेम्बर २०१५ 
  4. "IIMA grads to share travellers' notes", डिएनए न्युजपेपर, Feb १, २०१०, अन्तिम पहुँच २०१३-०३-२६ 
  5. ५.० ५.१ "ट्राभलयारी वेबसाइटको अवलोकन", अलेक्सा, अन्तिम पहुँच Dec २४, २०१५  वेब्याक मेसिन अभिलेखिकरण मार्च ५, २०१६ मिति
  6. पाई, विवेक (अगस्ट ११, २०१६), "Travelyaari secures $7 million from existing investors" (अङ्ग्रेजीमा), मिडियानामा, अन्तिम पहुँच २०१६-०९-२० 
  7. ७.० ७.१ ७.२ ७.३ ७.४ Das, Mamuni (२०१७-०१-२४), "Travelyaari offers cashless ticket, food bookings for bus travellers", The Hindu Business Line (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-११-१५ 
  8. ८.० ८.१ ८.२ "2017 will be an acid test for travel tech startups: Travelyaari's Lama", Techcircle.in - India startups, internet, mobile, e-commerce, software, online businesses, technology, venture capital, angel, seed funding (अङ्ग्रेजीमा), २०१७-०१-०९, अन्तिम पहुँच २०१७-११-१५ 
  9. ९.० ९.१ विनय उमारजी (डिसेम्बर ८, २०१५), "Travelyaari to add cabs bookings to its platform", बिजनेस स्ट्यान्डर्ड, अन्तिम पहुँच २१ डिसेम्बर २०१५ 
  10. Vinay Umarji (डिसेम्बर ८, २०१५), "Travelyaari to add cabs bookings to its platform", बिजनेस स्ट्यान्डर्ड, अन्तिम पहुँच २१ डिसेम्बर २०१५ 
  11. Bloomberg TV (डिसेम्बर १८, २०१५), "Booking Bus Tickets In A Click", बिजनेस स्ट्यान्डर्ड, अन्तिम पहुँच २१ डिसेम्बर २०१५ 
  12. Pradeesh Chandran (डिसेम्बर १, २०१५), "Travelyaari may close Rs.50 crore deal this month", द हिन्दु, अन्तिम पहुँच १ डिसेम्बर २०१५ 
  13. अभिक दास (नोभेम्बर ३०, २०१५), "FLYING-START-Its been a fascinating journey", टाइम्स अफ इण्डिया, अन्तिम पहुँच ३० नोभेम्बर २०१५ [dead link]
  14. "travelyaari.com Traffic Statistics", सिमिलर वेब (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-११-१५ 
  15. वेनकातेस गणेश (मार्च १५, २०१२), "No more missing the bus", द हिन्दु, अन्तिम पहुँच २०१३-०३-२६ 
  16. "TYSURE is Travelyaari's reliability assured service. A Promise of Assured Travel.", ट्राभलयारी, अन्तिम पहुँच २०१७-११-१५ 
  17. "MANTIS TECHNOLOGIES PRIVATE LIMITED - Company, directors and contact details | Zauba Corp", जौबा निगम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-११-१५ 
  18. "IIMA grads to share travellers' notes", डिएनए न्युजपेपर, Feb १, २०१०, अन्तिम पहुँच २०१३-०३-२६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]