अञ्जनीकुमार शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(डा. अञ्जनीकुमार शर्माबाट अनुप्रेषित)
अञ्जनीकुमार शर्मा
२०६२ सालमा अञ्जनीकुमार शर्मा
जन्म१९८५ जेठ २५
सिराहा, नेपाल
मातृ शिक्षाप्रतिष्ठानकोलकाता मेडिकल कलेज
दरभङ्गा मेडिकल कलेज
पेशाशल्यक्रिया चिकित्सक

डा. अञ्जनीकुमार शर्मा ढकाल नेपालका पहिलो शल्यक्रिया चिकित्सक र पहिलो क्यान्सररोग विशेषज्ञ हुन्। उनको जन्म १९८५ जेठ २५ गते सिराहा जिल्लाको भलुवाहीमा भएको थियो। डा. शर्माका पिताको नाम भवविनोद र माताको नाम चुनुदेवी शर्मा हो। उनी माहिलो छोरा हो। विज्ञानमा आइए बराबर पढेपछि उनले कोलकाता मेडिकल कलेजबाट एमबी र बिएस गरेका थिए। दरभङ्गा मेडिकल कलेजबाट एमए गरेका थिए। उनले बेलायतको रोयल कलेज अफ सर्जन्सबाट 'एफआरसिएस्' गरेका थिए। त्यसपछि अमेरिकाबाट एफआइसिएस र एफएसियस गरेका थिए। काठमाडौँको वीर अस्पताल, विरानगरको कोशी अञ्चल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज आदिमा रहेर उनले असङ्ख्य बिरामीको उपचार गरेका थिए। गोरखा दक्षिणबाहु जस्ता पुरस्कार पाएका शर्माले डाक्टरहरूकै विभिन्न संस्थामा रहेर काम गरेका थिए। उनका विभिन्न पत्रिका तथा जर्नलमा विभिन्न लेख प्रकाशित छन्।[१] उनले तयार पारेको 'प्रिन्सिपल अफ सर्जरी फर नर्सेज' पुस्तकको चौथो संस्करण आएको थियो। उनको निधन २०७१ साल असोज २२ गते क्यान्सर रोगका कारण भएको थियो।[२] [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "शल्यचिकित्सकको कलम"कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१ 
  2. "शल्यचिकित्सक अञ्जनीकुमार रहेनन्"काठमाडौँ टुडे (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१ 
  3. "प्राध्यापक डाक्टर अञ्जनीकुमार शर्माको निधन"अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१