सामग्रीमा जानुहोस्

विकिपिडिया:डेटाथन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(डेटाथनबाट अनुप्रेषित)
डेटाथन
डेटाथन-२०१५ को लोगो
आरम्भअप्रिल १, २०१५
समाप्तिअप्रिल ३०, २०१५
उद्घाटन२०१५
सहभागीहरूनेपाली विकिपिडियन
संरक्षक(हरू)सरोज कुमार ढकाल
आयोजनकर्तानेपाली विकिपिडियन

डेटाथन नेपाली विकिपिडियामा भएका लेख तथा पृष्ठहरूलाई विकिडेटा तथा अन्य भाषाहरूका पृष्ठसँग जोड्नको लागि सम्पादन गर्ने अनलाइन प्रतियोगिता हो । यस प्रतियोगितालाई नेपाली विकिपिडिया समुदायले प्रथम पटक सन् २०१५ मा १ अप्रिलदेखि ३० अप्रिलसम्म सञ्चालन गरिरहेको छ । यस प्रतियोगिताको मुख्य उद्देश्य कुनै पनि भाषाको लेख वा पृष्ठलाई विकिपिडियाको अन्य भाषाको सोही लेखसँग जोड्नु वा शब्दहरूको मेटा लिङ्क राख्नु रहेको छ । यस प्रतियोगिताको प्रथम संस्करणको नारा विश्वलाई नेपालबारे जान्ने अवसर सिर्जना गरौँ (अङ्ग्रेजी: "Let the world know about Nepal") राखिएको छ ।

विकिडेटा भनेको के हो ?

[सम्पादन गर्नुहोस्]

प्रतियोगिता सम्बन्धी तथ्याङ्क

प्रथम सम्पादन गर्नेः Learnerktm

प्रथम सम्पादन गर्ने महिलाः Silpa Acharya

प्रतियोगितामा भएको जम्मा सम्पादन: १५०२९

सहभागिताः महिला (१४ %) / पुरूष (८६ %)

जम्मा सहभागीहरूः ४३ (सहभागीहरूको पूर्ण सूची)

, बढि सम्पादन गर्नेः तुलसी भगत (४७१५)

, बढि सम्पादन गर्नेः Nilamkarn (४६५५)

, बढि सम्पादन गर्नेः Learnerktm (२०१४)

, बढि सम्पादन गर्नेः राम प्रसाद जोशी (११५९)

, बढि सम्पादन गर्नेः Sanjit Khulal Magar (६२७)

, बढि सम्पादन गर्नेः Ujjwalhatuwal (६१९)

, बढि सम्पादन गर्नेः Punyaswori Prajapati (३१६)

, बढि सम्पादन गर्नेः Soni Chaurasia (९४)

, बढि सम्पादन गर्नेः Janak Raj Bhatta (८६)

, बढि सम्पादन गर्नेः Prabina Karki (५०)

तथ्याङ्क {{{तथ्याङ्क मिति}}} सम्म

विकिडेटा एक अन्तरसञ्जाल युक्त डेटाबेस हो जसलाई मानिस तथा मेसिनले सँगसगै सम्पादन गर्न सक्दछन् ।

विकिडेटा एक स्वतन्त्र ज्ञान आधार हो जसलाई मानिस वा मेसिनले पढ्न वा सम्पादन गर्न सक्छन् । मिडिया (तस्वीर, चलचित्र तथा श्रव्यसामग्रीहरू)को लागि विकिमिडिया कमन्स भए जस्तै यो डेटा (तथ्याङ्क)का लागि हो । यसले अन्तर विकि सन्दर्भसामग्रीहरू तथा तथ्याङ्कीय जानकारीहरू जस्ता संरचित डेटा (तथ्याङ्क)को उपलब्धता र केन्द्रीकरणलाई सहज बनाउँछ । विकिडेटामा मिडियाविकि सफ्टवेरले पहिचान गर्ने सबै भाषाका तथ्याङ्कहरू संग्रहित छन् ।

किन विकिडेटामा नेपाली लेखहरू जोड्नु आवश्यक छ ?

[सम्पादन गर्नुहोस्]
  1. नेपाली लेखहरूलाई विकिडेटामा जोड्नाले विभिन्न आयोजना प्रयोग गर्ने प्रयोगकर्ताहरूलाई नेपाली विकिपिडियामा आउन आकर्षित गर्दछ ।
  2. नेपाली विकिपिडिया विभिन्न अरू विकिपिडियाहरूसँग जोडिएको कारणले नेपाली विकिपिडियालाई खोजी गर्ने इन्जिनहरूले राम्रो स्तरमा राख्नेछन् |
  3. विकिडेटा भनेको वेब मेटाडेटा रिपोजिटरी हो; यो विकिपिडियाले मात्र नभएर संसारका विभिन्न संस्थाहरूले प्रयोग गर्दछन् ।
  4. विकिडेटाको रिजोनेटर प्रयोग गरेर नेपाली सामग्रीको बारेमा पनि पानाहरू बनाउन सम्भव हुनेछ, त्यसले नेपाली सामग्रीको बारेमा विभिन्न भाषाहरूमा लेखहरू बन्न सहयोग पुग्दछ ।

सहभागीताको लागि आवेदन

[सम्पादन गर्नुहोस्]

डेटाथनमा सहभागी हुनेको लागि सहभागीहरूले आवेदन फारम भरी पेश गर्नुहोस् । आवेदन फारममा पेश भएको जानकारी पुनरावलोकन गरी सहभागी सुचीमा सुचीकृत गरिनेछ ।

महत्वपूर्ण मितिहरू

[सम्पादन गर्नुहोस्]
  • कार्यक्रम शुरू हुने मितिः १ अप्रिल २०१५
  • आवेदन दर्ता बन्द हुने मितिः २३ अप्रिल २०१५
  • कार्यक्रम समाप्त हुने मितिः ३० अप्रिल २०१५
  • विजेता घोषित गरिने मितिः मे २०१५ को शुरूमा

प्रतियोगिता अवधि भरी प्रतियोगिताको नियमानुसार सबैभन्दा बढी सम्पादन गर्ने व्यक्तिलाई नगद राशी रू. ५०००।०० र प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतियोगिता विजेता

[सम्पादन गर्नुहोस्]


प्रतियोगिता सम्बन्धी नियमहरू

[सम्पादन गर्नुहोस्]
  • यस प्रतियोगितामा सहभागि हुनको लागि सहभागीले प्रयोगकर्ता खाता खोली आवेदन फारम भर्नु पर्नेछ।
  • आयोजक समूहमा रहेको व्यक्तिहरूले यस प्रतियोगितमा सहभागी हुन पाउने छैन् वा आयोजक समूहमा रहेका व्यक्तिको सम्पादनलाई प्रतियोगितामा सामेल गरिने छैन् ।
  • सहभागिबाट प्रतियोगिताको शुरू भए पश्चातको सम्पादनलाई मात्र प्रतियोगितमा सामेल गरिनेछ र प्रतियोगिता सम्पन्न मिति पश्चात गरिएको सम्पादनलाई प्रतियोगितामा सामेल गरिने छैन् ।
  • विकिडाटामा पहिला जोडिएको पृष्ठ गलत भएको खण्डमा गरिएको सुधारलाई पनि सम्पादन मानिनेछ ।

सम्पादन तालिका

[सम्पादन गर्नुहोस्]

डेटाथन प्रतियोगितामा गरिएको कुल सम्पादन संख्या

  कुल सम्पादन
  दैनिक सम्पादन
मिति अप्रिल १ अप्रिल २ अप्रिल ३ अप्रिल ४ अप्रिल ५ अप्रिल ६ अप्रिल ७ अप्रिल ८ अप्रिल ९ अप्रिल १० अप्रिल ११ अप्रिल १२ अप्रिल १३ अप्रिल १४ अप्रिल १५ अप्रिल १६ अप्रिल १७ अप्रिल १८ अप्रिल १९ अप्रिल २० अप्रिल २१ अप्रिल २२ अप्रिल २३ अप्रिल २४ अप्रिल २५ अप्रिल २६ अप्रिल २७ अप्रिल २८ अप्रिल २९ अप्रिल ३०
सम्पादन १२६१२४५२४२६३९१४३३८३६८०१३७२१३५६९४१६५५४४४३०८४००३२६१०००३३८८९१८७४७३८८२०९९९१९८२७३३४२६५८५१९३९
समग्रमा जोडेर
कूल सम्पादन
१२४२५०३०२३५४९९३२४२६३२५२३३३२३५२९३७४२४३११४७२७४७८२५२२६५५३४५९३४६२६०७२६०७५९८८४८९९३६३१०१०११०९२१११९२०१२११८१२१४५१२४७९१२५०५१३०९०१५०२९

कसरी सम्पादन वा योगदान गर्ने ?

[सम्पादन गर्नुहोस्]

यसकार्यले प्रभावित पार्ने आयोजना : विकिडेटा ,

इन्टरविकि लिङ्क कसरी राख्ने?


सर्वप्रथम अन्तर विकि नभएको लेखमा जानुहोस र दायाँ पट्टी तल, लिङ्क थप्नुहोस् मा क्लिक गर्नुहोस्
विकिडेटा कसरी थप्ने - कदम १

कुन विकिसँग जोड्ने हो त्यो छान्नु होस् । उदाहरण : अङ्ग्रेजी विकिको लागि enwiki , हिन्दी विकिको लागि hiwiki

विकिडेटा कसरी थप्ने - कदम २

त्यस विकिमा कुन लेखसँग जोड्ने हो त्यसको शिर्षक लेख्नुहोस् र जोड्नुहोस् मा क्लिक गर्नुहोस्

विकिडेटा कसरी थप्ने - कदम ३

निश्चित गर्ने मा क्लिक गर्नुहोस् !

विकिडेटा कसरी थप्ने - कदम ४

बधाई छ !!! तपाईँले एक विकिडेटा सम्पादन गर्नुभएकोमा ।

विकिडेटामा डिस्क्रिप्सन, लेबल र स्टेटमेन्ट कसरी थप्ने?


सर्वप्रथम अन्तर विकि नभएको लेखमा जानुहोस र दायाँ पट्टी तल, लिङ्क सम्पादन गर्नुहोस् मा क्लिक गर्नुहोस् ।
लिङ्क थप्नुहोस - कदम १

विकिडाटामा गइसकेपछी आफ्नो Preferences (प्राथमिकता)मा रहेको Gadgets (उपकरणहरू) खण्डमा क्लिक गरि त्यहाँ रहेका सबै उपकरणहरू सक्षम गर्नुहोस ।
प्रयोगकर्ताको प्राथमिकताहरू (Preferences) - कदम २ प्राथमिकता भित्र रहेको उपकरण खण्ड (Gadgets) - कदम २

अब विकिडाटामा सो लेख सम्बन्धी लेबल (Label) र डिस्क्रिप्सन (Description) राख्न सर्वप्रथम उक्त लेखको माथि रहेको एडिट "edit" मा क्लिक गर्नुहोस लेबल (Label) मा लेखको नाम र डिस्क्रिप्सन (Description) मा लेखसँग सम्बन्धित जानकारी राखी सो लाई रक्षण गर्नुहोस ।
उक्त लेखको माथि रहेको एडिट "edit" मा क्लिक गर्नुहोस - कदम ३ विकिडेटामा डिस्क्रिप्सन, लेबल कसरी थप्ने - कदम ३

अब सो पृष्ठमा स्टेटमेन्ट (Statements) थप्न उक्त लेखको तलतिर रहेको एड "add" मा क्लिक गर्नुहोस ।
विकिडेटामा स्टेटमेन्ट थप्न एड "add" मा क्लिक गर्नुहोस - कदम ४

उक्त लेखमा कुन स्टेटमेन्ट थप गर्ने हो सो छान्नुहोस् तथा सो सँग सम्बन्धित जानकारी थप गर्नुहोस् । उदाहरण : लेखसँग सम्बन्धित नागरिक थप गर्नभए स्टेटमेन्टमा "country of citizenship" छानि सम्बन्धित जानकारी राखि रक्षण गर्नुहो्स ।
विकिडेटामा स्टेटमेन्ट थप्न छान्नुहोस् - कदम ५

चित्रमा देखाए अनुसार Nepalमा क्लिक गरी रक्षण (save)मा क्लिक गर्नुहोस् ।
विकिडेटामा स्टेटमेन्ट थप्न छान्नुहोस् - कदम ६

नेपाली विकिपिडियामा अन्तरविकि नभएका लेखहरू

[सम्पादन गर्नुहोस्]
  1. भाग १
  2. अन्तरविकी नभएका लेखहरू
  3. भोजपुरी विकिपिडियाका यी लेखहरूमा पनि इन्टरविकि राख्न सकिने छ

वाह्य सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. डेटाथनमा के गर्ने ?
  2. डेटाथनमा के गर्ने ? II
  3. डेटाथनमा के गर्ने ? III
  4. विकिडेटाबारे सबै जानकारी रहेको भिडियो
  1. कुरा गर्ने -- Coordinator/संयोजक
  2. सरोज(Saroj) (कुरा गर्ने)
  3. Zeetendra (कुरा गर्ने)
  4. निर्मल दुलाल (कुरा गर्नुहोस)
  5. बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)
  6. रमेश सिंह बोहरा इमेल पठाउने(✉✉)
  7. Nawaraj Ghimireकुरा गर्ने
  8. DULAL (मसँग कुरा गर्नुहोस्)
  9. Nabin K. Sapkota (कुरा गर्ने)
(आयोजकहरू, प्रतियोगी हुन सक्ने छैनन्, आयोजकहरूले पुरस्कार वा प्रमाणपत्र प्राप्त गर्ने छैनन् )