डोनाल्ड ट्रम्पको हत्या प्रयास
| डोनाल्ड ट्रम्पको हत्या प्रयास | |
|---|---|
| डोनाल्ड ट्रम्पसँग सम्बन्धित सुरक्षा घटनाहरूको एक भाग | |
ट्रम्पले सम्बोधन गर्ने मैदानको गोलीकाण्ड हुनुभन्दा १० मिनेट अगाडिको तस्वीर | |
| स्थान | बट्लर फार्म सो मैत्री क्षेत्र, मेरिडियन, पेन्सिलभेनिया |
| निर्देशाङ्क | ४०°५१′२५″N ७९°५८′१६″W / 40.85703°N 79.971°W |
| मिति | जुलाई १३, २०२४ साँझको ६:११ बजे (युटिसी−०४:००) |
| लक्ष्य | डोनाल्ड ट्रम्प |
आक्रमणको प्रकार | हत्या प्रयास |
| हतियार |
|
| मृत्यु | २ (आरोपीहरू सहित)[२] |
| घाइते | ७ (ट्रम्प र डर्बीका ४ अधिकारीहरू सहित ३ जना गोली प्रहारबाट घाइते भएका)[३] |
| अपराधी | थोमस क्रक्स |
सन् २०२४ जुलाई १३ का दिन अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बटलर, पेन्सिलभेनिया पश्चिम मेरिडियनमा आयोजित एक चुनावी अभियानमा गोली प्रहारबाट घाइते भएका थिए।[४] कानून प्रवर्तन र साक्षीहरूका अनुसार सन्दिग्ध आक्रमणकारीले सभा स्थल बाहिरको छतबाट एआर-१५-शैली अर्ध-स्वचालित राइफल प्रयोग गरेर गोली हानेको थियो। गुप्त सेवाको रक्षात्मक आक्रमण टोलीसँगको मुठभेठका क्रममा सन्दिग्ध आक्रमणकारीको मृत्यु भएको थियो। [५]
माथिल्लो दाहिने कानमा गोली लागेपछि ट्रम्पलाई गुप्त सेवाका आयुक्तहरूले तुरुन्तै घेरा हालेका थिए भने उनले गाडी भित्र प्रवेश पुग्नुअघि धेरै पटक हावामा आफ्नो मुठी उठाएका थिए।[६][७] त्यसपछि उनलाई अस्पताल पठाइएको र स्थिर अवस्थामा रिहा गरिएपछि उनी विमान मार्फत न्यु जर्सी प्रस्थान गरेका थिए।[८][९] सङ्घीय र स्थानीय अधिकारीहरूले संदिग्ध आक्रमणकारीको मृत्यु भएको र दुई जना सहभागीहरू गम्भीर घाइते भएको बताएका थिए।[१०]
सन् १९८१ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनमाथि गोली प्रहार गरी हत्याको प्रयासमा पूर्व वा वर्तमान अमेरिकी राष्ट्रपति वा राष्ट्रपति उम्मेद्वार घाइते भएको यो पहिलोपटक थियो।[११]
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]डोनाल्ड ट्रम्प सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार हुन्।[१२]
प्रतिक्रियाहरू
[सम्पादन गर्नुहोस्]डोनाल्ड ट्रम्प
[सम्पादन गर्नुहोस्]ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक विज्ञप्ति जारी गर्दै सुरक्षित भएको पुष्टि गर्दै आफ्नो अनुभव सुनाएका थिए। उनले कानून प्रवर्तन कर्मचारी र गुप्त सेवालाई धन्यवाद दिँदै मारिएका र घाइते भएका मानिसहरूका परिवारप्रति समवेदना प्रकट गरेका थिए।[१३][१४][१५]
आन्तरिक
[सम्पादन गर्नुहोस्]गोलीकाण्डपछि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन हिंसालाई "... हामी यस्तो हुन सक्दैनौँ... सबैले यसको निन्दा गर्नुपर्छ" भनेर एक बयान जारी गरेका थिए। ट्रम्प सुरक्षित भएको सुनेर उनी आभारी बताएका थिए।[१६][१७][१८]
पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले गोली प्रहारलाई "कायरतापूर्ण" भनेका थिए र गुप्त सेवाको प्रतिक्रियाको प्रशंसा गरेका थिए।[१९] पूर्व राष्ट्रपति बाराक ओबामा र बिल क्लिन्टन र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले पनि आक्रमणको निन्दा गर्दै ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।[२०][२१]
अन्तर्राष्ट्रिय
[सम्पादन गर्नुहोस्]विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूका साथै अन्तर्राष्ट्रिय सङ्गठनहरूले ट्रम्पमाथि गरिएको गोली प्रहारको निन्दा गरी ट्रम्पलाई शुभकामना व्यक्त गरेका थिए।[२२][२३]
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अर्जेन्टिनी राष्ट्रपति जेभियर मिले लगायत थुप्रै राजनीतिक नेताहरूले यस गोलीबारीको निन्दा गरेका थिए।[२४][२५]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Thomas Crooks' rifle as recovered at shooting site.", FBI.gov, FBI, अन्तिम पहुँच जुलाई २९, २०२५।
- ↑ Yee, Curtis; Santana, Rebecca; Whitehurst, Lindsay; Orsi, Peter (जुलाई १३, २०२४), "Live updates: Shooter dead, rally attendee killed and Trump whisked off stage after gunshots ring out at rally", Associated Press News, मूलबाट जुलाई १३, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १३, २०२४।
- ↑ McGraw, Meridith; Allison, Natalie (जुलाई १३, २०२४), "Trump 'felt the bullet ripping through the skin' during campaign rally shooting", Politico, मूलबाट जुलाई १३, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १३, २०२४।
- ↑ "Trump shot in right ear at campaign rally, shooter dead", Reuters।
- ↑ Tanyos, Faris (जुलाई १३, २०२४), "Trump rally shooter killed by Secret Service sniper, officials say - CBS News", www.cbsnews.com (अङ्ग्रेजीमा), मूलबाट जुलाई १४, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १३, २०२४।
- ↑ Layne, Nathan; Mcdermid, Brendan; Mason, Jeff (जुलाई १३, २०२४), "Trump shot in right ear at campaign rally, shooter dead", Reuters, अन्तिम पहुँच जुलाई १३, २०२४।
- ↑ Gold, Michael; Barnes, Julian E.; Levien, Simon J. (जुलाई १३, २०२४), "Live Updates: Trump 'Safe' After Shooting at Rally; Suspected Gunman Killed", The New York Times (अङ्ग्रेजीमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच जुलाई १४, २०२४।
- ↑ Hayes, Christal, "Trump, with blood on face, raises fist in air", BBC, मूलबाट जुलाई १४, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १३, २०२४।
- ↑ "Live updates: Trump says he was shot in the ear during rally; one attendee and shooter are dead", AP News (अङ्ग्रेजीमा), मूलबाट जुलाई १३, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १३, २०२४।
- ↑ Barnes, Julian E.; Gold, Michael; Levien, Simon J. (जुलाई १३, २०२४), "Live Updates: Trump 'Safe' After Shooting at Rally; Suspect Killed", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, मूलबाट जुलाई १३, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १३, २०२४।
- ↑ Colvin, Jill (जुलाई १३, २०२४), "Shooting at Trump rally is being investigated as assassination attempt, AP sources say", AP News (अङ्ग्रेजीमा), मूलबाट जुलाई १३, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १३, २०२४।
- ↑ Kinnard, Meg (मार्च १३, २०२४), "Biden and Trump are now their parties' presumptive nominees. What does that mean?", Associated Press, मूलबाट जुलाई ११, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १३, २०२४।
- ↑ Miller, Hayley (जुलाई १३, २०२४), "Trump says bullet 'pierced' his ear in first statement after rally shooting", MSNBC, मूलबाट जुलाई १४, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १४, २०२४।
- ↑ Gold, Michael (जुलाई १३, २०२४), "Trump, on Social Media, Describes Being 'Shot With a Bullet' in the Ear", The New York Times, आइएसएसएन 0362-4331, मूलबाट जुलाई १४, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १३, २०२४।
- ↑ Tangcay, Jazz (जुलाई १४, २०२४), "Donald Trump Says Bullet Pierced His Ear: I Felt It 'Ripping Through the Skin'", Variety, मूलबाट जुलाई १४, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १४, २०२४।
- ↑ Baker, Peter (जुलाई १३, २०२४), "Biden Condemns Shooting at Trump Rally, Calling it 'Sick'", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, मूलबाट जुलाई १४, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १४, २०२४।
- ↑ Schneider, Elena; Ward, Myah (जुलाई १३, २०२४), "Biden: 'There's no place for this kind of violence in America'", Politico, मूलबाट जुलाई १४, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १३, २०२४।
- ↑ Arkin, Daniel; Shabad, Rebecca (जुलाई १३, २०२४), "Biden and other political leaders condemn violence after incident at Trump rally", NBC News, मूलबाट जुलाई १४, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १३, २०२४।
- ↑ Byrnes, Jesse (जुलाई १३, २०२४), "George W. Bush condemns 'cowardly attack' at Trump rally", The Hill (newspaper), मूलबाट जुलाई १३, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १३, २०२४।
- ↑ Samuels, Brett (जुलाई १३, २०२४), "Obama condemns apparent shooting at Trump rally, wishes former president 'quick recovery'", The Hill, अन्तिम पहुँच जुलाई १४, २०२४।
- ↑ Popli, Nik (जुलाई १४, २०२४), "Politicians Condemn Trump Rally Shooting: 'No Place for Political Violence in Our Democracy'", TIME, अन्तिम पहुँच जुलाई १४, २०२४। अभिलेखिकरण जुलाई १४, २०२४ वेब्याक मेसिन
- ↑ "Global leaders condemn assassination attempt targeting former US President Donald Trump", AP News, जुलाई १४, २०२४, मूलबाट जुलाई १४, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १५, २०२४।
- ↑ Ching, Nike (जुलाई १४, २०२४), "World leaders condemn assassination attempt targeting former US President Trump", Voice of America, मूलबाट जुलाई १४, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १५, २०२४।
- ↑ Mangione, Kendra (जुलाई १३, २०२४), "'Democracy must prevail': Shooting at Trump rally condemned by Trudeau, Poilievre", CTV News, मूलबाट जुलाई १४, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १३, २०२४। अभिलेखिकरण जुलाई १४, २०२४ वेब्याक मेसिन
- ↑ "Estados Unidos. La reacción de Javier Milei tras el ataque a Donald Trump", La Voz (स्पेनीमा), जुलाई १३, २०२४, मूलबाट जुलाई १४, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १३, २०२४।