ढाँचा:उच्च प्रदर्शित लेख सङ्गालो/मार्च २०१७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०१७-०३-०२

रविन्द्र मिश्र बीबीसी नेपाली सेवा लण्डनका पुर्व निर्देशक हुन्। उनी एक पत्रकार तथा स्तम्भकार पनि हुन्। उनीद्वारा नेपाली विभिन्न पत्रिकाहरूमा मुख्यत: नेपाल साप्ताहिकमा विभिन्न कालखण्डमा छद्दनाम प्रयोग गरेर छपाइएका समसामयिक स्तम्भ लेखहरूको सङ्गालो भूमध्य रेखा नामको पुस्तक प्रकाशित भएको छ। त्यस पुस्तकबाट प्राप्तहुने रोयल्टी रकम मिश्रले चितवनस्थित राउटेहरूलाई सहयोग गर्ने कुरा पुस्तक बिमोचन समारोहमा गराएका थिए । (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः रवीन्द्र मिश्र, उच्च प्रदर्शित मिति: २०१७-०३-०२, जम्मा पृष्ठ दृश्य ‍- ९७

हेर्नेवार्तासम्पादन

२०१७-०३-०५

पाँच पत्तामा खेलिन तासको यो खेल फ्लससँग केही मिल्दो हुन्छ । एक्का, बास्सा, मिस्सी, गुलाम तथा दहल एउटै कलरको भएमा यो खेलको सबैभन्दा ठूलो दाउ मानिन्छ, जसलाई रोयल फ्लस भनिन्छ । रोयल फ्लस पछि स्टे्रट फ्लस, फोर अफ अ काइन्ड, फुलहाउस, फ्लस, स्टे्रट, थि्र अफ अ काइन्ड, टु पेयर, वान पेयर, हाइकार्ड क्रमश गेम खाने कार्ड हुन् । (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः पोकर, उच्च प्रदर्शित मिति: २०१७-०३-०५, जम्मा पृष्ठ दृश्य ‍- ११६

हेर्नेवार्तासम्पादन

२०१७-०३-०६

अन्तरराष्ट्रिय नारी दिवस (अङ्ग्रेजी: International women's day) अथवा नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभरी मनाइन्छ । राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको थियो । सन् २०१३ मा आइपुग्दा बिश्वभर १०३ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । यो अहिले मार्च महिना भरी नै मनाइन्छ । (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः अन्तर्राष्ट्रिय महिला दिवस, उच्च प्रदर्शित मिति: २०१७-०३-०६, जम्मा पृष्ठ दृश्य ‍- १८३

हेर्नेवार्तासम्पादन

२०१७-०३-१४

पाइ दिवस गणितीय अचर सङ्ख्या π को मान पत्ता लागेको दिनको सम्झना स्वरूप मनाइने दिन हो र गणितीय पाईको लागि मनाइने वार्षिक दिवस हो । पाईको मान ३.१४ लाई पछ्याउँदै तेस्रो महिना मार्च महिनाको १४ तारिखमा पाइ दिवस मनाइन्छ । पाई दिवस सर्वप्रथम 1988 मा सानफ्रान्सिस्को एउटा प्रयोगशालामा लरी द्वारा मनाइएको हो । सन् 2015 मार्च 14 को 9:26:53 को समयले  π को मान 3.141592653 को पहिलो 10 अङ्क प्रतिनिधित्व गर्ने भएकोले विशेष रूपमा मनाइयो । (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः पाई दिवस, उच्च प्रदर्शित मिति: २०१७-०३-१४, जम्मा पृष्ठ दृश्य ‍- २८२

हेर्नेवार्तासम्पादन

२०१७-०३-१५

लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०३-१५, जम्मा पृष्ठ दृश्य ‍- ७४

हेर्नेवार्तासम्पादन

२०१७-०३-२३

लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०३-२३, जम्मा पृष्ठ दृश्य ‍- १३७

हेर्नेवार्तासम्पादन