ढाँचा:उत्तरकाशी पर्यटन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो एक सहायक लेख हो।

विश्‍वनाथ मन्दिर[सम्पादन गर्नुहोस्]

चित्र:Vishvanathmain2.jpg
विश्वनाथ मन्दिर

प्राचीन विश्‍वनाथ मन्दिर भगवान शिवमा समर्पित छ । यो मन्दिर उत्तरकाशीको बस स्‍टैण्‍डबाट ३०० मीटरको दूरीमा अवस्थित छ । भनिन्छ यस मन्दिरको स्‍थापना भगवान परशुराम द्वारा गरिएको थियो तथा महारानी कान्तिले १८५७ ई.मा यस मन्दिरको मरम्‍मत गराइन् । महारानी कान्ति सुदर्शन शाहकी पत्‍नी थिइन्। यस मन्दिरमा एक शिवलिङ्ग स्‍थापित छ। उत्तरकाशी जाने पर्यटक यस मन्दिरलाई हेर्न अवस्य जान्छन् ।

शक्‍ित मन्दिर[सम्पादन गर्नुहोस्]

चित्र:Kuteti Devi Uttarkashi.JPG
देवी मन्दिर

विश्‍वनाथ मन्दिरको दायाँ पट्टी शक्‍ित मन्दिर छ। यस मन्दिरमा ६ मीटर अग्लो तथा ९० सेन्टीमीटर परिधिको एक ठुलो त्रिशूल स्‍थापित छ । यस त्रिशूलको माथिल्लो भाग फलामको तथा तल्लो भाग तामाको छ । पौराणिक कथा अनुसार देवी दुर्गा (शक्‍ित) ले यसै त्रिशूलले दानवहरूलाई मारेकी थिइन् । पछी उनैको नाममा यहाँ यस मन्दिरको स्‍थापना गरियो ।

मनीरी[सम्पादन गर्नुहोस्]

यो स्‍थान उत्तरकाशीबाट १३ किलोमीटरको दूरीमा अवस्थित छ । यहाँ एक ताल बनाइएको छ । ताल भएका कारण यो स्‍थान पर्यटकहरूको लागि आकर्षणको केन्द्र बनेको छ । यो ताल भागीरथी नदीमा बनाइएको छ । यहाँ बिजुली उत्‍पादन गरिन्छ ।

गंगनानी[सम्पादन गर्नुहोस्]

यो स्‍थान मनेरीबाट गंगोत्री जाने बाटोमा अवस्थित छ । यहाँ एक तातो पानीको झरना छ । यहाँ वास बस्ने सीमित व्यवस्था छ ।

दोदीताल[सम्पादन गर्नुहोस्]

चित्र:DODITAL.GIF
दोदीताल

यो ताल समुद्र सतह बाट ३३०७ मीटरको ऊचाईंमा अवस्थित छ । यो ताल चारै तर्फ घना जंगलहरूले घेरिएको छ । यहाँ पर्यटकहरूको सधैं भीड लागी रहन्छ । यस तालमा माछा मार्नको लागी मण्डल वन अधिकारी,उत्तरकाशी बाट अनुमति लिनु पर्छ ।

दायरा बुग्‍याल[सम्पादन गर्नुहोस्]

यो बुग्‍याल समुद्र सतह देखी १०,००० फुटको ऊचाईंमा अवस्थित छ । यहाँबाट हिमालयको अति सुन्दर नजारा देखिन्छ । यहाँ एक सानो ताल पनि छ ।

सात ताल[सम्पादन गर्नुहोस्]

सात तालको अर्थ सातवटा तालहरू हो । यो धाराली बाट २ किलोमीटर माथी हरसिल नजिक अवस्थित छ । यो स्‍थान प्राकृतिक सौन्दर्यले भरपूर छ ।

केदार ताल[सम्पादन गर्नुहोस्]

यो ताल समुद्र सतहबाट १५,००० फूटको ऊचाईंमा अवस्थित छ । थाल्‍यासागर चुचुराको यसमा स्‍पष्‍ट प्रतिबिम्ब देखिन्छ । केदार ताल जाने बाटोमा कुनै सुविधा छैन । यसैले यहाँ पूरा तैयारीको साथ जानुपर्छ ।

नचिकेता ताल[सम्पादन गर्नुहोस्]

यस तालको चारै तर्फ हरियाली नै हरियाली छ । तालको तटमा एक सानो मन्दिर पनि छ । भनिन्छ जाता जो सन्त उदाकका पुत्र नचिकेता थिए उनैले नै यस तालको निर्माण गरेका थिए । यसै कारण यस तालको नाम नचिकेता ताल रहन गयो । यस तालको नजिकै वास बस्न र खानको कुनै सुविधा छैन ।

गोमुख[सम्पादन गर्नुहोस्]

चित्र:GAUKUKH1.JPG
गौमुख: गंगाको उद्गम‎

गोमुख हिमनदी नै भागीरथी (गंगा) नदीको मुहान हो । यो हिन्दुहरूको लागि निकै पवित्र स्‍थान हो । यहाँ आउने प्रत्‍येक यात्रीले यहाँ अवस्य स्‍नान गर्नु पर्छ । यो गंगोत्री बाट १८ किलोमीटरको दूरीमा अवस्थित छ । यहाँ बाट १४ किलोमीटर पहिले भोजबासामा एक पर्यटक बंगला छ । भोजबासामा पर्यटकहरूलाई बस्न र भोजनको व्‍यवस्‍था गरिन्छ ।

नंदन-वन-तपोवन[सम्पादन गर्नुहोस्]

यो स्‍थान गंगोत्री हिमनदी बाट ६ किलोमीटरको दूरीमा अवस्थित छ । यहाँ बाट आसपासका पहाडहरूको निकै सुन्दर नजारा देखिन्छ।

सेममुखेम नागराज[सम्पादन गर्नुहोस्]

सेममुखेम नागराज एक प्रसिद्ध नागतीर्थ हो । यो स्थान श्रद्धालुहरूमा सेम नागराजाको नामले प्रसिद्ध छ । प्राकृतिक सौन्दर्य युक्त यस स्थानमा नागराजको सिद्ध मन्दिर छ ।

नेहरु पर्वतारोही संस्‍थान[सम्पादन गर्नुहोस्]

चित्र:UKI EVEN.JPG
उत्तरकाशीको साँझ

यस संस्‍थानको स्‍थापना १९६५ ई.मा भएको हो । यस संस्‍थानमा पर्वतारोहण सिखाइन्छ । यहाँ एक हिमालयन संग्रहालय पनि छ । यस संग्रहालयमा पर्वतारोहण सम्बन्धित पुस्‍तकहरू, फिल्‍म्‍ा तथा स्‍लाइडस राखिएका छन् । यहाँ पसलहरू पनि छन् । यसमा पर्वतारोहण सम्बन्धित सामानहरू पाइन्छन् ।

भ्रमण समय[सम्पादन गर्नुहोस्]

मार्च देखी अप्रैल तथा जुलाई देखी अक्‍टूबर सम्म यहाँ जानको लागि सबै भन्दा उत्तम समय हो ।

भ्रमण साधन[सम्पादन गर्नुहोस्]

भ्रमण साधन[सम्पादन गर्नुहोस्]

हवाई मार्ग

यहाँको सबै भन्दा निकटतभ विमानस्थल देहरादुनमा जौली ग्रान्ट छ । यहाँ दिल्‍लीबाट एयर डक्‍कनका प्रतिदिन दुईवटा उडान जान्छन् ।

रेल मार्ग

देहरादुन यहाँको सबैभन्दा निकटतम रेल स्‍टेशन हो । दिल्‍ली, मुंबई तथा जयपुर बाट यहाँको लागि सिधै रेल सेवा छ ।

सडक मार्ग

उत्तरकाशी सडक मार्ग द्वारा भारतका प्रमुख शहरहरूसँग जोडिएको छ । दिल्‍लीको कश्‍मीरी गेटबाट उत्तरकाशीको लागी बसहरू चल्छन् । यसको अलावा देहरादुनबाट पनि उत्तरकाशीको लागि सिधा बस सेवा छ । ऋषिकेशबाट पनि यहाँको लागि बसहरू चल्छन् ।