गङ्गा नदी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(गंगा नदी बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्


निर्देशाङ्क: २२°०५′ उत्तर ९०°५०′ पूर्व / २२.०८३° उत्तर ९०.८३३° पूर्व / 22.083; 90.833
गङ्गा
नदी
गङ्गा नदी वाराणसीमा
देशहरू  भारत,  बंगलादेश
राज्यहरू उत्तराखण्ड, उत्तर प्रदेश, बिहार, झारखण्ड, पश्चिम बङ्गाल
सहायक नदीहरू
 - वायाँ रामगङ्गा, गोमती, घाघरा, गण्डकी, बुढी गण्डक, कोशी, महानन्दा
 - दायाँ यमुना, तम्सा, सोन नदी, पुनपुन नदी, बेतवा नदी, चम्बल नदी, टोन्स नदी, केन, सिन्ध, हिन्डोन नदी, काली नदी
शहरहरू हरिद्वार, कानपुर, जाजमऊ, इलाहाबाद, वाराणसी, मिर्जापुर, गाजीपुर्, पटना, ऋषिकेश, मुंगेर, भागलपुर, बहरामपुर, कोलकाता, बिजनोर
श्रोत गङ्गोत्री हिमनदी, सतोपन्थ हिमनदी, खटलिङ्ग हिमनदी, तथा नन्दा देवी, त्रिसुल, केदारनाथ, नन्दा कोटीकामेत हिमालहरूबाट बगेर आएको पानी
 - स्थान उत्तराखण्ड, भारत
 - अवनति ३,८९२ मी (१२,७६९ फिट)
 - निर्देशांक ३०°५९′ उत्तर ७८°५५′ पूर्व / ३०.९८३° उत्तर ७८.९१७° पूर्व / 30.983; 78.917
मुख गङ्गा डेल्टा
 - स्थान बङ्गालको खाडी, बंगलादेश & भारत
 - अवनति ० मी (० फिट)
 - निर्देशांक २२°०५′ उत्तर ९०°५०′ पूर्व / २२.०८३° उत्तर ९०.८३३° पूर्व / 22.083; 90.833
लम्बाई २,५२५ किमी (१,५६९ मी) [१]
सिँचित क्षेत्र १,०८०,००० किमी (४१६,९९० वर्ग मिटर) [२]
निर्वहन को लागि फरक्का बाँध
 - औषत १६,६४८ मी/से (५८७,९१९ क्यु फिट/से) [३]
 - अधिक ७०,००० मी/से (२,४७२,०२७ क्यु फिट/से)
 - न्यून २,००० मी/से (७०,६२९ क्यु फिट/से)
अन्य ठाउँमा निर्वहन (औषत)
 - बंगालको खाडी ३८,१२९ मी/से (१,३४६,५१३ क्यु फिट/से) [४]
संयुक्त घाटीहरू गङ्गा (सुन्तला), ब्रह्मपुत्र (बैंगनी) र मेबाक्लो (हरियो)को मानचित्र

गङ्गा नदी वा गङ्गे एसियाका ठूला नदीहरू मध्येको एक तथा भारतबङ्गलादेश भएर बग्ने नदी हो। करीब २५२५ किलोमिटर (१५६९ माइल) लामो यो नदी हिमालयको पश्चिमी भागमा अवस्थित भारतको उत्तराखण्डबाट निस्किएर दक्षिणपूर्वतिर बग्दै भारतको उत्तरी समथर भूभाग हुँदै बङ्गलादेश प्रवेश गर्छ र अन्तिममा गएर बङ्गालको खाडीमा गएर समुद्रमा मिसिने गर्दछ । यो नदी भारतको एउटा महत्वपूर्ण नदी तथा विश्वका सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्थाको एउटा केन्द्र हो। नदीमा बग्ने पानी लगायत अन्य वस्तुहरूको मात्राको आधारमा यो नदी विश्वकै तेस्रो स्थानमा पर्छ।|[४]

गङ्गा नदीले भारतको उत्तराखण्डमा हिमालयबाट लिएर बङ्गालको खाडीको सुन्दरवनसम्मको विशाल भूभागलाई सिचाई गर्दछ। यो भारतको प्राकृतिक सम्पदा मात्र हैन, आम जनताको भावनात्मक आस्थाको आधार पनि हो। २,०७१ किलोमिटर सम्म भारत तथा बंगलादेशमा आफ्नो लामो यात्रा तय गर्दै यो सहायक नदीहरूको साथै दस लाख वर्ग किलोमिटर क्षेत्रफलको अति विशाल उउब्जाउ मैदानको रचना गर्छ। सामाजिक, साहित्यिक, सांस्कृतिक र आर्थिक दृष्टिबाट अत्यन्त महत्त्वपूर्ण गङ्गाको यो मैदान आफ्नो बाक्लो जनसङ्ख्याको कारण पनि चिनिने गर्दछ । १०० फिट (३१ मी)को अधिकतम गहिराई भएको यो नदी भारतमा पवित्र मानिन्छ तथा यसको उपासना आमा र देवीको रूपमा गरिन्छ। भारतीय पुराण र साहित्यमा आफ्नो सौन्दर्य र महत्वका कारण पटक-पटक आदरका साथ गङ्गा नदीको प्रति विदेशी साहित्यमा पनि प्रशंसा र भावुकतापूर्ण वर्णन गरिएको छ।

यस नदीमा माछा तथा सर्पहरूको अनेक प्रजाति तँ पाईछन् नै गुलियो पानीको दुर्लभ डल्फिन पनि पाइन्छन्। यो कृषि, पर्यटन, साहसिक खेलहरू तथा उद्योगहरूको विकासमा महत्त्वपूर्ण योगदान दिन्छ तथा आफ्नो तटमा बसेका सहरहरूलाई जल आपूर्ति पनि गर्छ। यसको तटमा विकसित धार्मिक स्थल र तीर्थ भारतीय सामाजिक व्यवस्थाका विशेष अङ्ग हुन्। यसको माथि बनेका पुल, बाँध, नदी परियोजनाहरू भारतको बिजुली, पानी र कृषिसँग सम्बन्धित आवश्यकतालाई पूरा गर्छ। वैज्ञानिकहरू भन्छन् कि यो नदीको पानीमा ब्याक्टिरियोफेज नामक विषाणु हुन्छन् जसले जीवाणुहरू र अन्य हानिकारक सूक्ष्मजीवहरूलाई जीवित रहन दिदैनन्। गङ्गाको यस असीमित शुद्धीकरण क्षमता र सामाजिक श्रद्धा रहेता पनि यसको प्रदूषण रोक्न सकिएको छैन । यसको पानीलाई सफा गर्ने विभिन्न प्रयत्न जारी छ र सफाईको अनेक परियोजनाको क्रममा नोभेम्बर, २००८मा भारत सरकारद्वारा यसलाई भारतको राष्ट्रिय नदीको रूपमा घोषणा गरिएको छ ।

उद्गम[सम्पादन गर्ने]

गङ्गा नदीको मुख्य शाखा भागीरथी हो जो कुमायूँमा हिमालयको गोमुख नामको स्थानमा गङ्गोत्री हिमतालबाट प्रवाहित हुन्छ ।[५] गङ्गाको यस उद्गम स्थलको उचाई ३१४० मिटर छ। यहाँ गङ्गालाई समर्पित एउटा मन्दिर पनि छ। गङ्गोत्री तीर्थ, सहरबाट १९ किलोमिटर उत्तर तर्फको ३८९२ मिटर (१२,७७० फिट)को उचाईमा यो हिमतालको उद्गम छ। यो हिमताल २५ किलोमिटर लामो र ४ किलोमिटर चौडाई र लगभग ४० मिटर अग्लो छ। यसै हिमतालबाट भागीरथी एउटा सानो गुफा जस्तो मुखमा अवतरित हुन्छ । यसको जलस्रोत ५००० मिटर उचाईमा स्थित एक बेसिन छ। यस बेसिनको मूल पश्चिमी ढलानको सन्तोपन्थको शिखरमा छ। गौमुखको बाटोमा ३६०० मिटर अग्लो चिरबासा गाउँमा विशाल गोमुख हिमतालको दर्शन हुन्छ।[६] यस हिमतालमा नन्दा देवी, कामत पर्वत तथा त्रिशुल पर्वतको हिउ पग्लिएर आउँदछ। यद्यपि गङ्गाको आकार लिनको लागि अनेक साना धाराहरूको योगदान छ तर ६ ठूला र त्यसको सहायक ५ साना धाराहरूको भौगोलिक र सांस्कृतिक महत्त्व धेरै छ। अलकनन्दाको सहायक नदी धौली, विष्णु गङ्गा तथा मन्दाकिनी हो । धौली गङ्गाको अलकनन्दासँग विष्णु प्रयागमा मिलन हुन्छ। यो १३७२ मिटरको उचाईमा अवस्थित छ। त्यसै गरी २८०५ मिटर अग्लो नन्द प्रयागमा अलकनन्दाको नन्दाकिनी नदीसँग सङ्गम हुन्छ। यसपछि कर्ण प्रयागमा अलकनन्दाको कर्ण गङ्गा वा पिन्डर नदीसँग सङ्गम हुन्छ। फेरी ऋषिकेशबाट १३९ किलोमिटर टाढा स्थित रुद्र प्रयागमा अलकनन्दा मन्दाकिनी नदीसँग मिसिन्छ। यस पछि भागीरथी र अलकनन्दा १५०० फिटमा अवस्थित देव प्रयागमा मिसिन्छ यहाँबाट यो सम्मिलित जल-धारा गङ्गा नदीको नामबाट अगाडी प्रवाहित हुन्छ। यिनै पाँच प्रयागहरूको सम्मिलित रूपलाई पञ्च प्रयागभनिन्छ।[५] यस प्रकार २०० किलोमिटरको सागुरो पहाडी बाटो तय गरेर गङ्गा नदी ऋषिकेश हुँदै पहिलो पटक मैदानलाई हरिद्वारमा स्पर्श गर्दछ।

गङ्गाको मैदान[सम्पादन गर्ने]

हरिद्वारबाट लगभग ८०० किलोमिटर मैदानी यात्रा गर्दै गढमुक्तेश्वर, सोरोन्, फर्रुखाबाद, कन्नौज, बिठूर, कानपुर हुँदै गङ्गा इलाहाबाद (प्रयाग) पुग्छ। यहाँ यसको सङ्गम यमुना नदीसँग हुन्छ। यो सङ्गम स्थल हिन्दुहरूको एक महत्त्वपूर्ण तीर्थ हो। यसलाई तीर्थराज प्रयाग पनि भनिन्छ। यसपछी हिन्दू धर्मको प्रमुख मोक्षदायिनी नगरी काशी (वाराणसी)मा गङ्गा एक वक्र लिन्छ, जसबाट यो यहाँ उत्तरवाहिनी नामले चिनिन्छ। यहाँबाट मीरजापुर, पटना, भागलपुर हुँदै पाकुर पुग्छ। यहाँ पुग्दा पुग्दा गङ्गासँग यसमा धेरै जस्ता सहायक नदीहरू, जस्तै- सोन, गण्डक, घाघरा, कोशी आदि मिसिन्छन्। भागलपुरमा राजमहलको पहाडहरूबाट यो दक्षिणवर्ती हुन्छ। पश्चिम बङ्गालको मुर्शिदाबाद जिल्लाको गिरिया भन्ने स्थान नजिकै गङ्गा नदी २ शाखाहरूमा विभाजित हुन्छ- भागीरथी र पद्मा। भागीरथी नदी गिरियाबाट दक्षिण तर्फ बग्दछ भने पद्मा नदी दक्षिण-पूर्व तर्फ बग्दै फरक्का बाँध (१९७४ निर्मित)बाट छल्दै बंगलादेशमा प्रवेश गर्छ। यहाँबाट गङ्गाको डेल्टा भाग शुरू हुन्छ। मुर्शिदाबाद सहर देखि हुगली सहरसम्म गङ्गाको नाम भागीरथी नदी तथा हुगली सहर देखि मुहानेसम्म गङ्गाको नाम हुगली नदी हो। गङ्गाको यो मैदान मूलत: एक भू-अभिनति खाल्डो हो जसको निर्माण मुख्य रूपले हिमालय पर्वतमाला निर्माण प्रक्रियाको तेस्रो चरणमा लगभग ६-४ करोड वर्ष पहिले भएको थियो। यिनै मैदानहरूमा जलस्रोको औसत गहिराई १००० देखि २००० मीटर छ।

गङ्गाको यस घाटीमा एउटा यस्तो सभ्यताको उद्भव र विकास भयो जसको प्राचीन इतिहास अत्यन्त गौरवमयी र वैभवशाली छ।

सुन्दरवन डेल्टा[सम्पादन गर्ने]

सुन्दरवन विश्वको सबैभन्दा ठूलो डेल्टा-गङ्गाको मुहान- बङ्गालको खाडीमा

हुगली नदी कोलकाता, हावडा हुँदै सुन्दरवनको भारतीय भागमा सागरमा सङ्गमित हुन्छ । पद्मामा ब्रह्मपुत्रबाट निस्किने शाखा नदी जमुना नदी तथा मेबाक्लो नदी मिसिन्छ। अन्ततः यो ३५० किलोमिटर चौडाई भएको सुन्दरवन डेल्टामा गएर बङ्गालको खाडीमा सागर-सङ्गम गर्छ। यो डेल्टा गङ्गा तथा गङ्गाका सहायक नदीहरूले ल्याएको नवीन जलस्रोत देखि १,००० वर्षहरूमा निर्मित समतल र न्यून स्तरीय मैदान हो। यहाँ गङ्गा र बङ्गालको खाडीको सङ्गममा एक प्रसिद्ध हिन्दू तीर्थ छ जसलाई गङ्गा-सागर-सङ्गम भन्ने गरिन्छ ।[७] विश्वको सबैभन्दा ठूलो डेल्टा (सुन्दरवन) धेरै जसो प्रसिद्ध वनस्पतिहरू र प्रसिद्ध बङ्गाल टाइगरको निवास स्थान हो।[७] यो डेल्टा थोरै थोरै समुद्रतिर नजिकिदै गइरहेको छ। केही समय पहिले यो कोलकाता सागर तटमा स्थित थियो र सागरको विस्तार राजमहल तथा सिलहेटसम्म मात्र थियो, तर अहिले आएर यो तटबाट १५-२० माइल (२४-३२ किलोमिटर) टाढा स्थित लगभग १,८०,००० वर्ग किलोमिटरको क्षेत्रमा फैलिएको छ। जब कुनै पनि डेल्टाको सागरको तर्फ निरन्तर विस्तार हुन्छ त्यसलाई प्रगतिशील डेल्टा भन्ने गरिन्छ।[८] सुन्दरवन डेल्टामा भूमिको ढाल अत्यन्त कम भएको कारण यहाँ गङ्गा अत्यन्त कम गतिले बग्छ र आफू साथ ल्याएको माटोलाई मुहानमा थुपार्ने कार्य गर्दछ जसबाट डेल्टाको आकार बढ्दै जान्छ र नदीक कयौँ धारा तथा उपधाराहरू बन्छन्। यस प्रकार बनेको गङ्गाका प्रमुख शाखा नदीहरू जालङ्गी नदी, इक्षामती नदी, भैरव नदी, विद्याधरी नदीकालिन्दी नदी छन्। नदीहरूको वक्र गतिले बग्नुको कारण दक्षिणी भागमा कयौँ धनुषाकार तालहरू बनेका छन्।

सहायक नदीहरू[सम्पादन गर्ने]

देवप्रयागमा भागीरथी (बायाँ) र अलकनन्दा (दायाँ) मिलेर गङ्गाको निर्माण गर्दै

गङ्गामा उत्तर तिरबाट आएर मिसिने प्रमुख सहायक नदीहरू यमुना, रामगङ्गा, कर्णाली (घाघरा), राप्ती, गण्डक, कोशी र काक्षी हो तथा दक्षिणको पठारबाट आएर यसमा मिसिने प्रमुख नदीहरू चमबल, सोन, बेतवा, केन, दक्षिणी टोस आदि हुन। यमुना गङ्गाको सबैभन्दा प्रमुख सहायक नदी हो जुन हिमालयको बन्दरपूँछ पर्वतको आधारमा यमुनोत्री हिमखण्डबाट निस्किन्छ।[९][१०] हिमालयको माथिल्लो भागमा यसमा टोस[११] तथा त्यस पछि सानो हिमालयमा आएपछि यसमा गिरि र आसन नदीहरू मिसिन्छन्। चम्बल, बेतवा, शारदा र केन यमुनाको सहायक नदीहरू हुन। चम्बल इटावा नामक स्थानमा तथा बेतवा हमीरपुर नामक स्थानमा यमुनामा मिसिन्छ। यमुना इलाहाबादमा आएपछि बायाँ दिशाबाट गङ्गा नदीमा गएर मिसिन्छ। रामगङ्गा मुख्य हिमालयको दक्षिणी भाग नैनीताल नजिकै निस्केर बिजनौर जिल्ला बाट बग्दै कन्नौज नजिकै गङ्गामा मिसिन्छ। कर्णाली नदी मप्सातुङ्ग नामक हिमनदीबाट निस्केर अयोध्या, फैजाबाद हुँदै बलिया जिल्लाको सीमाना नजिकै गङ्गामा मिसिन्छ। यस नदीलाई पर्वतीय भागमा कर्णाली तथा मैदानी भागमा घाघरा भनिन्छ। गण्डक हिमालयबाट निस्किएर नेपालमा शालीग्राम नामले प्रवाहित हुने यस नदी मैदानी भागमा नारायणी नदीको नामले चिनिने गरिन्छ। यो काली गण्डक र त्रिशूल नदीहरूको पानी लिएर प्रवाहित हुँदै सोनपुर नजिकै गङ्गामा मिसिन्छ। कोशी नदीको मुख्यधारा अरुण हो जुन गोसाईधामको उत्तरबाट निसिकिन्छ। ब्रह्मपुत्र नदीको बेसिनको दक्षिणबाट सर्पाकार रूपमा अरुण नदी बग्दछ जहाँ यारू नामक नदी यसमा मिसिन्छ। यसपछि सगरमाथाको कञ्चनजङ्घा शिखरहरूको बीचबाट बग्दै यो दक्षिण तर्फ ९० किलोमिटर बग्दछ छ जहाँ पश्चिमबाट सुनकोशी नदी तथा पूर्वबाट तमोर कोशी नदी नामका नदीहरू यसमा मिसिन्छन्। यसपछि कोशी नदीको नामले यो शिवालिक पार गदै मैदानमा अवतरित हुन्छ तथा बिहार राज्यमा बग्दै गङ्गामा मिसिन्छ। अमरकटक पहाडीबाट निस्किएर सोन नदी पटना नजिकै गङ्गामा मिसिन्छ। मध्य-प्रदेशको मऊ नजिकै जनायाब पर्वतबाट निस्किएर चम्बल नदी इटावाबाट ३८ किलोमिटरको दूरीमा यमुना नदीमा मिसिन्छ। बेतवा नदी मध्य प्रदेशमा भोपालबाट निस्किएर उत्तर हमीरपुर नजिकै यमुनामा मिसिन्छ। भागीरथी नदीको दाहिने किनाराबाट मिसिने अनेक नदीहरूमा बाँसलई, द्वारका, मयूराक्षी, रूपनारायण, कन्सावती र रसूलपुर प्रमुख हुन। जलाङ्गी र माथा भङ्गा वा चुनिम बायाँ किनाराबाट मिसिन्छन् जुन परापूर्व कालमा गङ्गा या पद्माको शाखा नदीहरू थिए। तर यो वर्तमान समयमा गङ्गाबाट पृथक भएर वर्षाकालीन नदीहरू बन्न पुगेको छ।

जीव-जन्तु[सम्पादन गर्ने]

गङ्गा नदीमा पाइने घडियाल गोहि
गङ्गा नदीमा पाइने डल्फिन

ऐतिहासिक तथ्यहरूलाई हेर्दा यो ज्ञात हुन्छ कि १६औँ तथा १७औँ शताब्दीसम्म गङ्गा-यमुना प्रदेश बाक्लो वनबाट ढाकिएको थियो। यिनै वनहरूमा जङ्गली हात्ती, भैँसी, गैंडा, सिंह, बाघहरूको शिकार हुन्थ्यो। गङ्गाको तटवर्ती क्षेत्र आफ्नो शान्त तथा अनुकूल पर्यावरणको कारण रङ्गी-बिरङ्गी पक्षीहरूको संसार बनाएको छ। यसमा माछाहरूको १४० प्रजातिहरू, ३५ सरीसृप तथा यसको तटमा ४२ स्तनधारी प्रजातिहरू पाइन्छ। यहाँको उत्कृष्ट पारिस्थितिकी संरचनामा धेरै प्रजातिको वन्य जीवहरू जस्तै नीलगाई, खरायो, सरीसृप-वर्गको जीव-जन्तुहरूलाई पनि आश्रय प्राप्त भएको छ। यस इलाकामा यस्तो धेरै जीव-जन्तुहरूको प्रजातिहरू छन जुन दुर्लभ भइसकेको कारण संरक्षित घोषित भइसकेका छन्। गङ्गाको पर्वतीय किनारमा लङ्गुर, रातो बाँदर, भालु, चितुवा, हिउँ चितुवा, हरिण, सामभर, कस्तूरी मृग, सेरो, बरड मृग, साही, तहर आदि निक्कै सङ्ख्यामा पाइन्छन्। विभिन्न रङ्गका पुतलीहरू तथा किराहरू पनि यहाँ पाइन्छन्।[१२] बढ्दो जनसङ्ख्याको दबावमा बिस्तारै-बिस्तारै वनहरूको लोप र गङ्गाको घाटीमा सर्वत्र कृषि हुने भएतापनि गङ्गाको मैदानी भागमा हरिण, जङ्गली सुँगुर, जङ्गली बिरालोहरू, गिद्ध, स्यालका अनेक प्रजातिहरू ठूलो सङ्ख्यामा पाइन्छन्। डल्फिनको दुई प्रजातिहरू गङ्गामा पाइन्छ जसलाई गङ्गा डालफिनइरावदी डालफिनको नामले चिनिने गरिन्छ। यस वाहेक गङ्गामा पाईने शार्कको कारण पनि गङ्गा प्रसिद्ध रहेको छ जसमा प्रवाहित हुने पानीमा पाइने शार्कको कारण विश्वका वैज्ञानिकहरूको ठूलो रुचि रहेको छ। यस नदी र बङ्गालको खाडीको सङ्गम स्थलमा बन्ने सङ्गमलाई सुन्दरवनको नामले चिनिन्छ जुन विश्वको धेरै जसो प्रसिद्ध वनस्पतिहरू अझ प्रसिद्ध बङ्गाल टाइगरको गृहक्षेत्र हो।

धार्मिक महत्त्व[सम्पादन गर्ने]

वाराणसी घाटमा गङ्गा आरती हुँदै

भारतको अनेक धार्मिक अवधारणाहरूमा गङ्गा नदीलाई देवीको रूपमा निरूपित गरिएको छ। धेरै पवित्र तीर्थस्थल गङ्गा नदीको किनारामा रहेको छ जसमा वाराणसीहरिद्वार सबैभन्दा प्रमुख छन्। गङ्गा नदीलाई भारतको पवित्र नदीहरूमा सबैभन्दा पवित्र मानिन्छ तथा यो मान्यता छ कि गङ्गामा स्नान गर्दा मनुष्यको सारा पापहरू नष्ट हुन्छ। मरण पछि मान्छे गङ्गामा आफ्नो अस्तु विसर्जित गर्न मोक्ष प्राप्तिको लागि आवश्यक सम्झनछन्, यहाँ सम्म कि केही मान्छे गङ्गाको किनारा नै प्राण विसर्जन वा अन्तिम संस्कारको इच्छा पनि राखछन्। यसको घाटहरूमा मान्छे पूजा अर्चना गर्छन र ध्यान गर्दछन् । गङ्गाजललाई पवित्र सम्झिन्छन् तथा समस्त संस्कारहरूमा त्यसको हुनु आवश्यक हुन्छ। पञ्चामृतमा पनि गङ्गाजललाई एक अमृत मानिएको छ। अनेक पर्व र उत्सवहरूको गङ्गासँग सोझो सम्बन्ध छ। उदाहरणको लागि माघे सङ्क्रान्ति, कुम्भगङ्गा दसहराको समय गङ्गामा नुहाउनु वा केवल दर्शननै गर्नु धेरै महत्त्वपूर्ण सम्झिन्छन्। यसको किनारामा अनेक प्रसिद्ध मेलहरूको आयोजन गरिन्छ र अनेक प्रसिद्ध मन्दिर गङ्गाको तटमा नै बनेका छन्। महाभारतको अनुसार मात्र प्रयागमा माघ महिनामा गङ्गा-यमुनाको सङ्गममा तीन करोड दस हजार तीर्थहरूको सङ्गम हुन्छ। यो तीर्थ स्थल सम्पूर्ण भारतमा सांस्कृतिक एकता स्थापित गर्न सफल छन्।[१३] गङ्गालाई आधार मानेर अनेक भक्ति ग्रन्थ लेखिएका छन्। जसमा श्रीगङ्गासहस्रनामस्तोत्रम्[१४] र आरती[१५] सबैभन्दा लोकप्रिय छन्। धेरै मानिसहरू आफ्नो दैनिक जीवनमा श्रद्धासँग यिनीहरूका प्रयोग गर्छन। गङ्गोत्री तथा अन्य स्थानहरूमा गङ्गाको मन्दिर र मूर्तिहरू पनि स्थापित छ जसको दर्शन गरेर श्रद्धालु स्वयंलाई कृतार्थ सम्झन्छन्। उत्तराखण्डको पञ्च प्रयाग तथा प्रयागराज जुन इलाहाबादमा अवस्थित छ । यो सबै सङ्गम धार्मिक दृष्टिले पूज्य मानिएका छन्।

पौराणिक प्रसँग[सम्पादन गर्ने]

गङ्गा अझ शान्तनु- राजा रवि वर्माको कलाकृति

गङ्गा नदीसँग धेरै पौराणिक कथाहरू जोडीएका छन्। मिथकहरू अनुसार ब्रह्माले विष्णुको खुट्टाको पसीनाको बूँदबाट गङ्गाको निर्माण गरे। त्रिमूर्तिको दुई सदस्यहरूको स्पर्शको कारण यो पवित्र सम्झि्यो। एक अन्य कथा अनुसार राजा सगरले जादुको रूपबाट साठ हजार पुत्रहरू प्राप्त गरे।[१६] एक दिन राजा सगरले देवलोकमा विजय प्राप्त गर्नको लागि एक यज्ञ गरे। यज्ञको लागि घोडा आवश्यक थियो जुन ईर्ष्यालु इंद्रले चोरेका थिए। सगरले आफ्नो सबै पुत्रहरूलाई घोडाको खोजीमा पठाए अन्तमा उनले घोडा पाताल लोकमा पाए जुन एक ऋषिको नजीक बाधिएको थियो। सगरको पुत्रहरूले यो सोच गरे कि ऋषि नै घोडालाई गाईब भएको कारण हो र उनीहरूले ऋषिलाई अपमान गरे। तपस्यामा लीन ऋषिले हजारों वर्ष पछि आफ्नो आँखें खोली र उनको क्रोधबाट सगरको सबै साठ हजार पुत्र जलेर त्यही भस्म भयो।[१७] सगरको पुत्रहरूको आत्माहरू भूत बनेर घुम्न लागे किन भनें उनीहरूको अन्तिम संस्कार भएको थिएन। सगरको पुत्र अंशुमानले आत्माको मुक्तिको असफल प्रयास गरे र त्यस पछि अंशुमानको पुत्र दिलीपले पनि। भगीरथ राजा दिलीपको दोस्रो पत्नीको पुत्र थिए। उनले आफ्नो पूर्कारणरुको अन्तिम संस्कार गरे। उनले गङ्गालाई पृथ्वीमा ल्याउने प्रण गरे जसबाट उनको अन्तिम संस्कार गरेर, राखलाई गङ्गाजलमा प्रवाहित गर्न सकियोस र भटकिएको आत्माहरू स्वर्गमा जान सकोस। भगीरथले ब्रह्माको घोर तपस्या गरे ताकि गङ्गालाई पृथ्वीमा ल्याउन सकियोस। ब्रह्मा प्रसन्न भए र गङ्गाको पृथ्वीमा पठानको लागि तयार भए र गङ्गाको पृथ्वीमा र उसपछि पातालमा जाने आदेश दिए ताकि सगरको पुत्रहरूको आत्माहरूलाई मुक्ति सम्भव हुन सकोस। तब गङ्गाले भनिन कि म यति ऊँचाई देखि जब पृथ्वीमा झर्दछु, तव पृथ्वीले यति वेग कसरि सहन्छ? तब भगीरथले भगवान शिवलाई निवेदन गरे, र उनले आफ्नो खुला जटाहरूमा गङ्गाको वेगलाई रोकएर, एक लट खोली दिए, जसबाट गङ्गाको अविरल धारा पृथ्वीमा प्रवाहित भए। त्यो धारा भगीरथको पछी-पछी गङ्गा सागर सङ्गम सम्म गयो, जहाँ सगर-पुत्रहरूको उद्धार भयो। शिवको स्पर्शबाट गङ्गा पनि पवित्र भयो र पृथ्वी वासीहरूको लागि धेरै नै श्रद्धाको केन्द्र बन्यों। पुराणहरूको अनुसार स्वर्गमा गङ्गालाई मन्दाकिनी र पातालमा भागीरथी भन्छन्ं। त्यहि प्रकार एक पौराणिक कथा राजा शांतनु र गङ्गाको विवाह तथा उनको सात पुत्रहरूको जन्मको छ।

साहित्यिक उल्लेख[सम्पादन गर्ने]

गङ्गा अवतरण एक लोकचित्र

भारतको राष्ट्र-नदी गङ्गा जल नै हैन, तर भारत अझ हिन्दी साहित्यको मानवीय चेतनाको पनि प्रवाहित गर्छ।[१८] ऋग्वेद, महाभारत, रामायण एवं अनेक पुराणहरूमा गङ्गाको पुण्य सलिला, पाप-नासिनी, मोक्ष प्रदायिनी, सरित्श्रेष्ठा र महानदी हो । संस्कृत कवि जगन्नाथ रायले गङ्गाको स्तुतिमा 'श्रीगङ्गालहरी' नामक काव्यको रचना गरेका थिए । हिन्दीको आदि महाकाव्य पृथ्वीराज रासो[क] तथा वीसलदेव रास[ख] (नरपति नाल्ह)मा गङ्गाको उल्लेख छ। आदिकालको सर्वाधिक लोक विश्रुत ग्रन्थ जगनिक रचित आल्हखण्ड[ग]मा गङ्गा, यमुनासरस्वतीको उल्लेख छ। कविले प्रयागराजको यस त्रिवेणीको पापनाशकको वर्णन गरेको छ। शृङ्गारी कवि विद्यापति[घ], कबीर वाणी र जायसीको पद्मावतमा पनि गङ्गाको उल्लेख छ, तर सुरदास[ङ], र तुलसीदासले भक्ति भावनाले गङ्गा-माहात्म्यको वर्णन विस्तार देखि गरेको छ। गोस्वामी तुलसीदासले कवितावलीको उत्तरकाण्डमा ‘श्री गङ्गा माहात्म्य’को वर्णन तीन छन्दहरूमा गरेका छन् - यिनी छन्दहरूमा कविले गङ्गा दर्शन, गङ्गा स्नान, गङ्गा जल सेवन, गङ्गा तटमा बस्ने वालाको महत्त्वको वर्णित गरेका छन् ।[च] रीतिकालमा सेनापतिपद्माकरको गङ्गा वर्णन श्लाघनीय छ। पद्माकरले गङ्गाको महिमा र कीर्तिको वर्णन गर्नको लागि गङ्गालहरी[१९] नामक ग्रन्थको रचना भएको छ। सेनापति[छ] कवित्त रत्नाकरमा गङ्गा माहात्म्यको वर्णन गर्दै भन्छन्ं कि पापको नाउको नष्ट गर्नको लागि गङ्गाको पुण्यधारा तरवार सी सुशोभित छ। रसखान, रहीम[ज] आदिले पनि गङ्गा प्रभावको सुन्दर वर्णन गरेको छ। आधुनिक कालको कवियहरूमा जगन्नाथदास रत्नाकरको ग्रन्थ गङ्गावतरणमा कपिल मुनि द्वारा शापित सागरको साठ हजार पुत्रहरूको उद्धारको लागि भगीरथको 'भगीरथ-तपस्या' देखि गङ्गाको भूमिमा अवतरित भएको कथा छ।राजा भगीरथ राजा हरिश्चन्द्रको ४९ओ पौस्ता र् राजा रामचन्द्र का ५२ओ पौस्ता थैए। सम्पूर्ण ग्रन्थ तेरह सर्गहरूमा विभक्त र रोला छन्दमा निबद्ध छ। अन्य कवियहरूमा भारतेन्दु हरिश्चन्द्र, सुमित्रानन्दन पन्तश्रीधर पाठक आदिले पनि यत्र-तत्र गङ्गाको वर्णन गरेको छ।[१३] छायावादी कवियहरूको प्रकृति वर्णन हिन्दी साहित्यमा उल्लेखनीय छ। सुमित्रानन्दन पन्तले ‘नौका विहार’[२०]मा ग्रीष्म कालीन तापस बाला गङ्गाको जुन चित्र कोरेका छन्, त्यो अति रमणीय छ। उनले गङ्गा[२१] नामक कविता पनि लेखेका छन् । गङ्गा नदीको धेरै प्रतीकात्मक अर्थहरूको वर्णन जवाहर लाल नेहरूले आफ्नो पुस्तक भारत एक खोज (डिस्कवरी अफ इन्डिया) मा गरेका छन् ।[झ] गङ्गाको पौराणिक कथाहरूलाई महेन्द्र मित्तलले आफ्नो कृति मा गङ्गामा सङ्ग्रह गरेका छन् ।[२२]

चित्र दीर्घा[सम्पादन गर्ने]


टिप्पणी[सम्पादन गर्ने]

क.    ^  इंदो किं अंदोलिया अमी ए चक्कीवं गङ्गा सिरे। .................एतने चरित्र ते गंग तीरे।
ख.    ^  कइ रे हिमालइ माहिं गिलउं। कइ तउ झंफघडं गंग-दुवारि।..................बहिन दिवाऊँ राइ की। थारा ब्याह कराबुं गंग नइ पारि।
ग.    ^ प्रागराज सो तीरथ ध्यावौं। जहँ पर गंग मातु लहराय।। / एक ओर देखि जमुना आई। दोनों मिलीं भुजा फैलाय।। / सरस्वती नीचे देखि निकली। तिरबेनी सो तीर्थ कहाय।।
घ.    ^ कज्जल रूप तुअ काली कहिअए, उज्जल रूप तुअ बानी। / रविमंडल परचण्डा कहिअए, गङ्गा कहिअए पानी।।
ङ.    ^ सुकदेव कह्यो सुनौ नरनाह। गङ्गा ज्यौं आई जगमाँह।। / कहौं सो कथा सुनौ चितलाई। सुनै सो भवतरि हरि पुर जाइ।।
च.    ^ देवनदी कहँ जो जन जान किए मनसा कहुँ कोटि उधारे। / देखि चले झगरैं सुरनारि, सुरेस बनाइ विमान सवाँरे।
          पूजाको साजु विरंचि रचैं तुलसी जे महातम जानि तिहारे। / ओक की लोक परी हरि लोक विलोकत गंग तरंग तिहारे।।(कवितावली-उत्तरकाण्ड १४५)
          ब्रह्म जो व्यापक वेद कहैं, गमनाहिं गिरा गुन-ग्यान-गुनी को। / जो करता, भरता, हरता, सुर साहेबु, साहेबु दीन दुखी को।
          सोइ भयो द्रव रूप सही, जो है नाथ विरंचि महेस मुनी को। / मानि प्रतीति सदा तुलसी, जगु काहे न सेवत देव धुनी को।।(कवितावली-उत्तरकाण्ड १४६)
          बारि तिहारो निहारि मुरारि भएँ परसें पद पापु लहौंगो। / ईस ह्वै सीस धरौं पै डरौं, प्रभु की समताँ बडे दोष दहौंगो।
          बरु बारहिं बार सरीर धरौं, रघुबीरको ह्वै तव तीर रहौंगो। / भागीरथी बिनवौं कर जोरि, बहोरि न खोरि लगै सो कहौंगो।।(कवितावली-उत्तरकाण्ड १४७)[२३]
छ.    ^ पावन अधिक सब तीरथ तैं जाकी धार, जहाँ मरि पापी होत सुरपुर पति है। / देखत नैं जाकौ भलो घाट पहचानियत, एक रूप बानी जाके पानी की रहति है।
          बडी रज राखै जाकौं महाधीर तरसत, सेनापति ठौर-ठौर नीकीयै बहति है। / पाप पतवारि के कतल करिबेको गङ्गा, पुण्य की असील तरवारि सी लसति है।।--सेनापति
ज.    ^ अच्युत चरण तरंगिणी, शिव सिर मालति माल। हरि न बनायो सुरसरी, कीजौ इंदव भाल।।--रहीम
झ.    ^ "गङ्गा नदीको सम्बन्धमा नेहरू" -जवाहरलाल नेहरू

सन्दर्भ[सम्पादन गर्ने]

  1. Jain, Sharad K.; Agarwal, Pushpendra K.; Singh, Vijay P. (2007). Hydrology and water resources of India. Springer. p. 341. ISBN 978-1-4020-5179-1 . http://books.google.com/books?id=ZKs1gBhJSWIC&pg=PA341. अन्तिम पहुँच मिति: 26 April 2011. 
  2. Suvedī, Sūryaprasāda (2005). International watercourses law for the 21st century: the case of the river Ganges basin. Ashgate Publishing, Ltd.. p. 61. ISBN 978-0-7546-4527-6 . http://books.google.com/books?id=Vn4OSPZXo3QC&pg=PA61. अन्तिम पहुँच मिति: 24 April 2011. 
  3. Kumar, Rakesh; Singh, R.D.; Sharma, K.D. (10 September 2005). "Water Resources of India" (PDF). Current Science (Bangalore: Current Science Association) 89 (5): 794–811. Retrieved 13 October 2013. 
  4. ४.० ४.१ Kumar, Rakesh; Singh, R.D.; Sharma, K.D. (2005-09-10). "Water Resources of India" (PDF). Current Science (Bangalore: Current Science Association) 89 (5): 794–811. Retrieved 2013-10-13. 
  5. ५.० ५.१ "उत्तरांचल-एक परिचय" (एचटीएम). टीडीआईएल. http://tdil.mit.gov.in/coilnet/ignca/utrn0078.htm. अन्तिम पहुँच मिति: 2008. 
  6. "गङ्गोत्री" (एचटीएम). उत्तराखंड सरकार. http://210.212.78.56/50cities/gangotri/hindi/home.asp. अन्तिम पहुँच मिति: २००९. 
  7. ७.० ७.१ "गङ्गा रिवर" (अङ्ग्रेजीमा) (एचटीएम). इण्डिया नेट जोन. http://www.indianetzone.com/2/ganga_river.htm. अन्तिम पहुँच मिति: २००९. 
  8. सिहं, सविन्द्र (जुलाई २००२). भौतिक भूगोल. गोरखपुर: वसुन्धरा प्रकाशन. p. २४७-२४८. 
  9. "भारतको बारेमा जानो". भारत सरकार. http://bharat.gov.in/knowindia/rivers.php. अन्तिम पहुँच मिति: २००९. 
  10. "भारतको प्रमुख नदीहरू". भारत भ्रमण. http://bharatbhraman.agoodplace4all.com/भारत-की-प्रमुख-नदीहरू/. अन्तिम पहुँच मिति: २००९. 
  11. "उत्तराखंडको प्रमुख नदीहरू". इंडिया वाटर पोर्टल. http://hindi.indiawaterportal.org/?q=content/उत्तराखंड-की-प्रमुख-नदीहरू. अन्तिम पहुँच मिति: २००९. 
  12. "पर्यावरण" (एएसपी). गङ्गोत्री. http://210.212.78.56/50cities/gangotri/hindi/profile_environment.asp. अन्तिम पहुँच मिति: २००९. 
  13. १३.० १३.१ सिंह, ड. राजकुमार (जुलाई). विचार विमर्श. मथुरा: सागर प्रकाशन. p. १३-२३. 
  14. "श्रीगङ्गासहस्त्रनामस्तोत्रम". भारतीय साहित्य संग्रह. http://www.pustak.org/bs/home.php?bookid=6127. अन्तिम पहुँच मिति: २००९. 
  15. "श्रीगङ्गाजीको आरती". वेबदुनया. http://bhavishyawani.mywebdunia.com/2009/02/25/gangaji_ki_aarti.html. अन्तिम पहुँच मिति: २००९. 
  16. "गङ्गा - इंडिया वाटर पोर्टल". इंडिया वाटर पोर्टल. http://hindi.indiawaterportal.org/?q=content/गङ्गा. अन्तिम पहुँच मिति: २००९. 
  17. "भगीरथ र गङ्गा" (एचटीएमएल). स्पिरिचुअल इण्डिया. १४. http://forum.spiritualindia.org/%E0%A4%AD%E0%A4%BE%E0%A4%97%E0%A5%80%E0%A4%B0%E0%A4%A5-%E0%A4%94%E0%A4%B0-%E0%A4%97%E0%A4%82%E0%A4%97%E0%A4%BE-t16004.0.html. 
  18. "हिंदी काव्यमा गङ्गा नदी". अभिव्यक्ति. http://www.abhivyakti-hindi.org/snibandh/2009/hindikavyameganganadii.htm. अन्तिम पहुँच मिति: २००९. 
  19. "बुन्देली काव्यको ऐतिहासिक सन्दर्भ". टीडीआईएल. http://tdil.mit.gov.in/CoilNet/IGNCA/bund0016.htm. अन्तिम पहुँच मिति: २००९. 
  20. "नौका-विहार / सुमित्रानंदन पंत". कविताकोश. http://www.kavitakosh.org/kk/index.php?title=%E0%A4%A8%E0%A5%8C%E0%A4%95%E0%A4%BE-%E0%A4%B5%E0%A4%BF%E0%A4%B9%E0%A4%BE%E0%A4%B0_/_%E0%A4%B8%E0%A5%81%E0%A4%AE%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A8%E0%A4%82%E0%A4%A6%E0%A4%A8_%E0%A4%AA%E0%A4%82%E0%A4%A4. अन्तिम पहुँच मिति: २००९. 
  21. "गङ्गा". अनुभूति. http://www.anubhuti-hindi.org/gauravgram/snp/ganga.htm. अन्तिम पहुँच मिति: २००९. 
  22. "माँ गङ्गा". भारतीय साहित्य संग्रह. http://www.pustak.org/bs/home.php?bookid=3944. अन्तिम पहुँच मिति: २००९. 
  23. तुलसीदास (संवत २०५८). कवितावली. गोरखपुर: गीताप्रेस. p. १३६ देखि १३७. 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]