कर्णाली नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(घाघरा नदी बाट पठाईएको)
कर्णाली नदी
घाघरा
Karnali river.JPG
नेपालमा कर्णाली नदी
River Ganges and tributaries.png
नेपालको नक्सामा कर्णाली, घाघरा र गण्डकी नदी
स्थान
देशचीन, नेपाल, भारत
भौतिक विषेशताहरू
स्रोतमाप्चोचोङ्गो हिमनदी
 • स्थानतिब्बत, चीन
 • उन्नतांस३,९६२ मी (१२,९९९ फिट)
मुखगङ्ग
 •  स्थान
रेभेलगञ्ज, भारत
 •  भौगोलिक निर्देशाङ्क
२५°४५′११″उ॰ ८४°३९′५९″पू॰ / २५.७५३०६°N ८४.६६६३९°E / 25.75306; 84.66639निर्देशाङ्कहरू: २५°४५′११″उ॰ ८४°३९′५९″पू॰ / २५.७५३०६°N ८४.६६६३९°E / 25.75306; 84.66639
लम्बाइ१,०८० किमी (६७० माइल)
जलाधारकाे क्षेत्रफल१,२७,९५० किमी (४९,४०० वर्ग माइल)
निकास 
 • औसत२,९९० मी3/सेक (१,०६,००० घन फिट/सेक)
निकास 
 • स्थाननेपाल
 • औसत१,३६९ मी3/सेक (४८,३०० घन फिट/सेक)
जलाधारका विशेषताहरू
सहायक नदीहरू 
 •  बायाँभेरी, सरयू, राप्ती, छोटी गण्डक
 •  दायाँसेती, दहावार, शारदा, बुढिगङ्गा

कर्णाली नदी (भारतमा घाघरा नदी पनि भनिन्छ) तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको "माप्चोचोङ्गो" नामको हिमनदीबाट निस्केर मानसरोवर ताल नजिकै रहेको रकोस सरोवर (जसलाई "राक्षस ताल" पनि भनिन्छ)मा मिसिन्छ। त्यस पछि नेपालमा प्रवेश गरेपछी मुगु जिल्लामा यो "करन धखोला" अथवा मुगु कर्णालीसँग मिसिन्छ।[१] त्यसै कारण खोलाको नामबाट नै यो नदीको नाम कर्णाली नदी रहन गएको अनुमान छ। यो नदी बाजुरा जिल्लाहुम्ला जिल्लाको सिमाना हँदै कालीकोट जिल्लामा पुग्दासम्म यसका धेरै सहायक नदी नालाहरूले गर्दा यसले खोलाबाट नदिको रूप लिन्छ। मुगु जिल्लामा रहेको रारा तालको पानी यो नदीमा मिसिदैँ यसले विशाल रूप लिन्छ। त्यसै गरी हुम्ला र बाजुराको सिमानामा यो हुम्ला कर्णाली र बुढीगङ्गामा गएर मिसिन्छ। कालीकोटको लालीघाटमा आएर यो नदीमा जुम्ला जिल्लाबाट आएको तिला नदी मिसिन्छ। यसैगरी अन्य साना खोला नालाहरू साथमा लिएर यो नदी दैलेख जिल्लाअछाम जिल्ला सुर्खेत जिल्ला र कैलाली को सिमाना हुदै अगाडि बढ्छ र भारतमा गएर मिसिन्छ।

नदीको विस्तार[सम्पादन गर्नुहोस्]

कर्णाली नदीको स्रोत
फैजाबादमा घाघरा नदी (जसलाई सरायू नदी पनि भनिन्छ)
कर्णाली नदीको स्रोतको नजिक रहेको तिब्बतमा अवस्थित मानसरोवर ताल

दैलेख र अछामका अन्य सहायक नदी नालाहरूलाई साधमा लिँदै यो नदी दैलेख, अछाम र सुर्खेत जिल्लाको सिमानामा पर्ने कल्यानकाँध नामक स्थानमा आएर यो नदीले आफ्नो बाटो बदलेर उल्टो फर्केको छ, जसले गर्दा पश्चिमबाट पूर्व तर्फ बग्दै गरेको यो नदी फेरी पश्चिम तिर फर्केर जान्छ। यसै गरी यो नदी अब सुर्खेत र अछाम जिल्लाको सिमाना हुँदै डोटी जिल्लाको सिमानामा पुग्छ। त्यहाँ यो नदीमा डोटीबाट आएको सेती नदी मिसिन्छ। त्यस पछि कर्णाली नदी फर्केर फेरी पूर्व तिर बग्न थाल्दछ। अब कर्णाली नदीले डोटी र अछामलाई छोडेर सुर्खेत र कैलाली जिल्लाको सिमानामा बग्न थाल्छ। कैलाली र सुर्खेतको सिमानामा पर्ने "कुइने घाट" नामक स्थानमा आएर यो नदीमा सुर्खेत तिरबाट आएको भेरी नदी मिसिन पुग्छ।[२] त्यस पछि यो नदी कैलाली र सुर्खेतको सिमाना छुट्ट्याउदै कर्णाली चिसापानी भन्ने ठाउँमा आउँछ। त्यहाँबाट यो नदीले आफ्नो पहाडी बाटो छोडेर तराइको मैदानमा प्रवेश गर्छ। अब यो नदीले बर्दिया जिल्लामा प्रवेश गरि सकेको हुन्छ। बर्दियामा आए पछि यो नदीमा बबई र सानी भेरी गरी दुइवटा नदीहरू मिसिएका छन्।[३] त्यसका साथै यो नदी भारतमा प्रवेश गर्छ। यहाँ आएर यो नदी आफू पनि दुई भागमा बाँडीएको छ। एक शाखालाई कौरियाला घाटको नाम दिएको छ भने अर्को शाखालाई भारतमा घागरा नदीको नाम दिएको छ। भारतमा यो नदिमा अन्य सहायक नदीहरू मिसिन्छन् जस्तै:- महाकाली नदी जसलाई भारतमा शारदा नदी भनिन्छ। कौरियाला घाट नामको नदी अयोध्याभएर बगेको छ। अयोध्यामा यो नदीलाई सर्यौँ नदीको नाम दिइएको छ। घागरा नदी बिहारको छपरामा गएर गङ्गा नदीमा गएर मिलेको छ। त्यहाँबाट यो नदीको नाम गंगा नदी नै रहन गएको छ। अन्तमा पश्चिम बङ्गाल राज्यको कोलकाता सहर (जसको पुरानो नाम कलकत्ता हो) नजिकै रहेको गङ्गा सागर नामक स्थानमा यो नदी समुन्द्रमा मिलेको छ।

सहायक नदीहरू[सम्पादन गर्नुहोस्]

नेपालको सबैभन्दा लामो नदी कर्णाली नदी हो। यसका सहायक नदीहरू : हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली भेरी, सानीभेरी नदी, तिला, बुढीगंगा नदीसेती नदी हुन्। कर्णाली नदीको नेपालभित्रको लम्बाइ लगभग ५०७ कि.मी. र जलप्रवाहित क्षेत्र ४९,००० वर्ग कि.मी. छ।

कर्णाली नदीमा पाइने जलिय जीवहरू[सम्पादन गर्नुहोस्]

कर्णाली नदीमा पाइने मुख्य जलिय जीव त माछा नै हो। कर्णाली नदीको माछा अरु नदीको माछा भन्दा बढी स्वादिष्ट हुन्छ। यो नदीमा पाइने माछाहरूमा अँसाला माछा मुख्य हो, साधारणतया १० देखि १५ किलोसम्म वजन भएको अँसाला माछा कर्णाली नदीमा धेरै पाइन्छ। यसका साथै यो नदीमा माछाका अन्य धेरै प्रजातीहरू रहेका छन् जस्तै:- सट्टा माछा (यसको वजन ५० देखि १५० किलोसम्म भएको अनुमान गरिन्छ), टोटे माछा (यो माछा भकुण्डो जस्तै गोलो र मोटो हुन्छ), बाम माछा (यो माछा देख्दा सर्प जस्तै देखिन्छ), खोली माछा (यो माछा सानो तर स्वादिष्ट माछा हो प्राय खोलाको पानीमा पनि पाइने भएकाले यसलाई खोली माछा भनीएको हो), आदी। यस्तै कर्णाली नदीमा गर्मीको मौसममा कैलाली जिल्लाको छेउ छाउ तिर गोहीहरू पनि भेटाउन सकिन्छ। पहिले कर्णाली नदीमा गोहीहरू प्रसस्त मात्रामा भएको तर अब गोहीको सिकार गरिने भएका कारण यो जीव कर्णाली नदीमा लोप हुदै गएको छ। यस्तै कर्णाली नदीमा कहिले काहीँ पानी विरालोहरू पनि भेटिएको सुन्नमा आउँछ।

बाँध तथा पुलहरू[सम्पादन गर्नुहोस्]

कर्णाली बाँध

कर्णाली नदीमा साना ठुला झुलुङ्गे पुल, काठे पुल धेरै छन। यी मध्ये कैलाली जिल्लाको कर्णाली चिसापानीमा पूर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने कर्णाली पुल मुख्य हो। कर्णाली पुललाई विश्वकै दोस्रो एक खम्बे पुल मानिएको छ। यो पुल ५०० मीटर लामो छ। यसका साथै झुलुङ्गे पुलहरूमा कुइने पुल, जङ्गलघाट पुल, टटाली पुल, डुङ्गेश्वार पुल, टुनी बगर पुल, राकम—कर्णाली पुल, खिड्की ज्यूला पुल, लालीघाट पुल, रेँगीलघाट पुल, भात्तडी पुल, आदी धेरै झुलुङ्गे पुल निर्माण भै सकेका छन् भने धेरै जसो झुलुङ्गे पुलहरू निर्माण कार्य भै रहेको छ।

गेरुवा पुल नेपालकै सबैभन्दा लामो पूल हो।

कर्णाली नदीमा बाँध बनाएर बिजुली निकाल्ने योजना २०४० सालमा पारित भएको भए पनि आजसम्म कुनै कार्य भएको छैन। सर्वे गर्ने क्रममा कैलाली जिल्लाको बाँका भन्ने ठाउँलाई बाँध निर्माण स्थलको लागि छनौट गरेर केही काम पनि गराईए पछि त्यतिकै छोडीएको छ भने दैलेख जिल्लाको सियाला भन्ने ठाउँलाई पनि बाँध निर्माण स्थलको लागि छनौट गरिएको छ तर आजसम्म कुनै सक्रिय कामको थालनी भएको छैन।

चित्र दिर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Jain, S.K.; Agarwal, P.K.; Singh, V.P. (२००७), Hydrology and Water Resources of India, The Netherlands: Springer, आइएसबिएन 978-1-4020-5179-1 
  2. "सुन्दर कर्णाली नदी", नेपाल समाचारपत्र (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९ 
  3. "Karnali River: Longest River of Nepal « Wildlife in West Nepal", मूलबाट जनवरी २०, २००८-मा सङ्ग्रहित। 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]