सामग्रीमा जानुहोस्

मन्दाकिनी नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मन्दाकिनी नदी
केदारनाथ हुँदै बगेको मन्दाकिनी नदी
स्थान
Countryभारत
Stateउत्तराखण्ड
भौतिक विषेशताहरू
स्रोतचोरबारी हिमताल
 • स्थानकेदारनाथ शिखर, केदारनाथ, भारत
 •  भौगोलिक निर्देशाङ्क३०°४४′५०″उ॰ ७९°०५′२०″पू॰ / ३०.७४७२२°N ७९.०८८८९°E / 30.74722; 79.08889
 • उन्नतांस३,८९५ मी (१२,७७९ फिट)
मुखअलकनन्दा नदी
 •  स्थान
उत्तराखण्ड, भारत
 •  भौगोलिक निर्देशाङ्क
३०°१७′१६″उ॰ ७८°५८′४४″पू॰ / ३०.२८७७८°N ७८.९७८८९°E / 30.28778; 78.97889निर्देशाङ्कहरू: ३०°१७′१६″उ॰ ७८°५८′४४″पू॰ / ३०.२८७७८°N ७८.९७८८९°E / 30.28778; 78.97889
 •  उन्नतांस
३,८८० मी (१२,७३० फिट)
लम्बाइ८१.३ किमी (५०.५ माइल)
जलाधारकाे क्षेत्रफल१,६४६ किमी (६३६ वर्ग माइल)
निकास 
 • औसत१०८.६ मी3/सेक (३,८४० घन फिट/सेक)

मन्दकिनी नदी भारतीय राज्य उत्तराखण्डको अलकनन्दा नदीको एक सहायक नदी हो।[१] यो नदी रुद्रप्रयाग र सोनप्रयाग क्षेत्रहरूको बीचमा लगभग ८१ किलोमीटर (५० मि.) सम्म बग्दछ र चोरबारी हिमनदीबाट बाहिर निस्कन्छ।[२] सोनप्रयागमा सोनगङ्गा नदीसँग यस नदी गाभिन्छ र उखिमाथस्थित हिन्दू मन्दिर मध्यमहेश्वर पार भएर बग्दछ। आफ्नो मार्गको अन्तमा गङ्गामा बग्ने अलकनन्दा नदीमा यस नदी मिसिन्छ।[१]

केदारनाथ र मध्यमहेश्वर मन्दिरको पारिबाट बग्ने भएकाले उत्तराखण्डभित्रको मन्दाकिनीलाई पवित्र नदी मानिन्छ। सोही कारणले गर्दा मन्दाकिनी तीर्थस्थल र धार्मिक पर्यटनको थलो बनेको छ।[३][४] यहाँका पदमार्ग तुङनाथ र देउरिया ताल जस्ता आध्यात्मिकताका महत्वपूर्ण स्थलहरू पार गरेका छन्। मन्दाकिनी क्षेत्रले वर्षेनी लाखौँ पर्यटकलाई राफ्टिङ र पदयात्राका लागि र धार्मिक भ्रमणका लागि आकर्षित गर्दछ।[५] सन् २०११ मा २५ लाखभन्दा बढी पर्यटकले यस नदीको भ्रमण गरेका थिए (तुलनाका लागि उत्तराखण्ड राज्यमा करिब १० लाख जनसङ्ख्या रहेको छ)। नदी र आसपासका भू–भागको स्वास्थ्य अवस्था बिस्तारै खस्किएको छ जसले गर्दा केदारनाथ वन्यजन्तु अभयारण्य जस्ता वातावरण संरक्षण गर्ने निकाय अस्तित्वमा आएको छ।[६]

विशेष गरी मनसुनको समयमा मन्दाकिनी भारी वर्षाको सिकार हुन्छ।[२] आसपासका क्षेत्रभित्र वार्षिक वर्षा १,०००–२,००० मिलिमिटर (३९–७९ इन्च) रहेको छ। मनसुन ऋतुमा (जुलाई–अक्टोबरको अन्त्य) मा यो झण्डै ७०% ले वृद्धि भएको छ। यस क्षेत्रमा पानीको सतह बढ्ने र तीव्र बाढी पनि जाने गरेको पाइन्छ। सन् २०१३ मा बाँधभएको चोरबारी तालको एक खण्डको पतनले र भारी वर्षा गर्दा ग्रामीण गाउँहरूको ऐतिहासिक विनाश भएको थियो र हजारौँ स्थानीय, तीर्थयात्री तथा पर्यटकहरूको मृत्यु समेत भएको थियो जसलाई प्रायः सन् २०१३ को केदारनाथ बाढीको नामले चिनिन्छ।[४]

शाब्दिक अर्थ[सम्पादन गर्नुहोस्]

हिन्दू धर्ममा, मान्दाकिनीले 'वायु वा स्वर्गको नदी' लाई सङ्केत गर्छ। वायु पुराणसँगै यस नाउँले महत्त्वपूर्ण आध्यात्मिक स्थानहरूमार्फत उच्च स्तर र यसको मार्गसँग सम्बन्ध गाँस्दछ।

शिलपशत्र भित्र (प्राचीन हिन्दी ग्रन्थहरू भारतीय संस्कृति भित्रको कला र तिनीहरूको स्तरलाई सङ्केत गर्दै मन्दाकिनीलाई 'सुस्त'को रूपमा अनुवाद गर्दछ र भारतीय धार्मिक प्रतिमा चित्राकृतिको एक प्राचीन उदाहरण मन्दाकिनी-श्रुतिको एक दृष्टान्तलाई सङ्केत गर्दछ। नदीको आकारको सुन्दरता र यसको मार्ग प्रायः नदीको प्राकृतिक बहावको सम्बन्धमा देखिन्छ। विशेष गरी वीणामा राखिएका वस्तुहरू हिन्दू धर्मभित्रका महत्त्वपूर्ण प्रतीकहरू हुन्।

पुराण र इतिहास (प्राचीन भारतीय साहित्य; सामान्यतया दन्त्य कथा र भारतीय दन्त्यकथासँग सम्बन्धित)मा मन्दकिनिले 'पवित्र पर्वतबाट निस्केको नदी' लाई जनाउँछ। यो हेमाद्रीको दक्षिणमा पर्ने भारतको कुलापर्वतलाई सङ्केत गर्दछ। मराठी भाषामा, मन्दाकिनीलाई 'आकाशगङ्गा'को रूपमा अनुवाद गरिएको छ। पुराण अनुसार मन्दाकिनी भनेको स्वर्गमा बग्ने गङ्गाको धारा हो।

परिस्थिति[सम्पादन गर्नुहोस्]

मन्दाकिनी खाडी समुद्री सतहदेखि लगभग ६,०९० मिटर (१९,९८० फुट) सम्म कोराबारी हिमनदीको शिरमा ३,८०० मिटर (१२,५०० फिट) उचाईमा रहेको छ। मौसम सामान्यतया भारतीय मुख्य भूमिभन्दा चिसो हुन्छ। अधिकतम तापक्रम ३०–६० डिग्री सेल्सियस (८६–१४० डिग्री सेल्सियस) देखि न्यूनतम ०–८ डिग्री सेल्सियस (३२–४६ डिग्री सेल्सियस) सम्म हुन्छ। आर्द्रता तुलनात्मक रूपमा उच्च छ, विशेष गरी मनसुनको मौसममा (सामान्यतया ७०% भन्दा बढी)। यस क्षेत्रमा धेरै ठाडो उपत्यकाहरू र ठूला भीरहरू रहेका छन्, जसको परिणामस्वरूप सामान्यतया ठूलो बाढी र पहिरो जान्छ।

विवरण[सम्पादन गर्नुहोस्]

केदारनाथ र रुद्रप्रयाग क्षेत्रहरूबीच लगभग ८० किलोमिटर (५० मि)को कुल लम्बाइ भएको मन्दाकिनी उत्तराखण्डका धेरै महत्वपूर्ण स्थानहरू पार फैलिएको छ। यसले गढवाल हिमालयको त्यो विशेष क्षेत्र भएर जानको लागि मार्ग निर्देशनको माध्यमको रूपमा पनि काम गर्दछ। मौसम र भौगोलिक अवस्थामा निकै विविधताको कारणले गर्दा यसको विसर्जनमा वर्षभरि निकै उतारचढाव हुन्छ। यी कारणले गर्दा मन्दाकिनीको वार्षिक विसर्जनलाई औसत मनसुनी विसर्जन र औसत दैनिक विसर्जन गरि दुई वर्गमा विभाजन गरिएको छ। यसले पानीको तापक्रम र तलझर्ने स्तरलाई पनि चित्रित गर्दछ। रेकर्ड गरिएको सबैभन्दा बढी विसर्जन (सन् २०१८ मा) ६ देखि १२ मि.३/s (२१० देखि ४२० क्यु फिट)को बीचमा थियो। जुनदेखि सेप्टेम्बरसम्म औसत दैनिक वर्षा १२०–१५० मि.(४.७–५.९ इन्च) रहेको थियो।

स्रोत[सम्पादन गर्नुहोस्]

मन्दकिनीकोको एकल स्रोत चोरबारी हिमनदी हो। चोरबारी एक मध्यम आकारको उपत्यका-प्रकार हिमनदी हो जसले मन्दकिनी खाडी भित्र लगभग ६.६ वर्ग किलोमिटर (२.५ वर्ग माइल) क्षेत्रफल ओगटेको छ। हिमालय क्षेत्रमा रहेका थुप्रै हिमनदीहरू मध्ये यो पनि एक हो, जसमा धेरै बासिन्दाहरू पानीको आवश्यकताको लागि यसमादभर पर्छन्। यो हिमनदी उत्तरमा केदारनाथ शिखर र दक्षिणमा केदारनाथ सहरको बीचमा छ। हालैका वर्षहरूमा (सन् १९६२ देखि २०१४ को बीचमा प्राप्त तथ्याङ्कबाट), उच्च तापक्रम र मानव हस्तक्षेपको जोखिमले गर्दा चोरबारी हिमनदी (यसको अग्रपङ्क्ति क्षेत्रको १% र यसको लम्बाइको लगभग १,१२९ मिटरको क्षति)को भू-भागमा कमी आएको छ। फलस्वरूप, मन्दाकिनी नदीले लगातार पानीको स्तर बढाएको र अचानक बाढी आउने सम्भावना देखिएको छ जसले गर्दा वरपरका सहरहरूमा स्वच्छ पानीको आपूर्ति पनि घटाउँछ।

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Rawat, A; Gulati, G; Maithani, R; Sathyakumar, S; Uniyal, VP (२०१९-१२-२०), "Bioassessment of Mandakini River with the help of aquatic macroinvertebrates in the vicinity of Kedarnath Wildlife Sanctuary", Applied Water Science (अङ्ग्रेजीमा) 10 (1): 36, आइएसएसएन 2190-5495, डिओआई:10.1007/s13201-019-1115-5, बिबकोड:2019ApWS...10...36R 
  2. २.० २.१ "Mandakini River - About Mandakini River of Uttarakhand- Kedarnath flash flood", eUttaranchal (en-USमा), १८ डिसेम्बर २०१५, अन्तिम पहुँच २०२०-१०-०६  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-०९ मिति
  3. Kala, CP (२०१४-०६-०१), "Deluge, disaster and development in Uttarakhand Himalayan region of India: Challenges and lessons for disaster management", International Journal of Disaster Risk Reduction (अङ्ग्रेजीमा) 8: 143–52, आइएसएसएन 2212-4209, डिओआई:10.1016/j.ijdrr.2014.03.002 
  4. ४.० ४.१ Bhambri, R; Mehta, M; Dobhal, DP; Gupta, AK; Pratap, B; Kesarwani, K; Verma, A (२०१६-०२-०१), "Devastation in the Kedarnath (Mandakini) Valley, Garhwal Himalaya, during 16–17 June 2013: a remote sensing and ground-based assessment", Natural Hazards (अङ्ग्रेजीमा) 80 (3): 1801–22, आइएसएसएन 1573-0840, डिओआई:10.1007/s11069-015-2033-y 
  5. Kansal, ML; Shukla, S; Tyagi, A (२०१४-०५-३०), "Probable Role of Anthropogenic Activities in 2013 Flood Disaster in Uttarakhand, India", World Environmental and Water Resources Congress 2014 (अङ्ग्रेजीमा), पृ: 924–937, आइएसबिएन 9780784413548, डिओआई:10.1061/9780784413548.095 
  6. Khare, Deepak; Mondal, Arun; Kundu, Sananda; Mishra, Prabhash Kumar (सेप्टेम्बर २०१७), "Climate change impact on soil erosion in the Mandakini River Basin, North India", Applied Water Science 7 (5): 2373–83, आइएसएसएन 2190-5487, डिओआई:10.1007/s13201-016-0419-y, बिबकोड:2017ApWS....7.2373K