ढाँचा:प्रमुख लेख/अप्रिल, २०१७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विवेकानन्द शिकागोमा

स्वामी विवेकानन्द (जन्म १२ जनवरी १८६३, जन्मनाम: नरेन्द्रनाथ दत्त ) उनी हिन्दू दर्शनका प्रसिद्ध विद्वान् थिए । वेदान्त दर्शनका प्रसिद्ध अध्यात्मिक गुरू उनको वास्तविक नाम नरेन्द्रनाथ दत्त थियो । उनी अमेरिकामा रहेको शिकागोमा आयोजित सन् १८९३ मा भएको विश्व धर्म सभामा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधित्व गरेका थिए । उनले सनातन धर्मको आध्यात्मिकताद्वारा परिपूर्ण वेदान्त दर्शनलाई पश्चिमेली देशहरूमा आफ्नो वक्तृत्वकलाको बलमानै पुर्याएका थिए । उनी भक्तिका मूर्तिस्वरुप रामकृष्ण परमहंसका सुयोग्य शिष्य थिए । उनले आफ्नो गुरूको नामबाट रामकृष्ण मिसन नामक संस्थाको स्थापना गरेका थिए । जसको उद्देश्य गरिब अनाथ दिनहीनको निःशुल्क उपचार गर्नु थियो । यि संस्थाहरू आज पनि देश तथा विदेशमा आफ्नो काम गरिरहेकै छन् । उनले अमेरिकामा भएको भाषणको पहिलो सम्बोधन वाक्यले नै सबैको मन जितेका थिए ।(पूरा  पढ्नुहोस्...)