ढाँचा:प्रमुख लेख/उरिदू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उरिदू कतारी सेयरधनी कम्पनी (अरबी: أوريدو‎‎) पूर्व कुतल, एक अन्तर्राष्ट्रिय दूरसञ्चार कम्पनी हो। यो कतारमा दूरसञ्चार सेवा प्रदान गर्ने पहिलो कम्पनी पनि हो। सन् २०१४ सम्म, यो देशको सबैभन्दा ठूलो सार्वजनिक कम्पनीहरू मध्ये एक हो जसमा १४,००० भन्दा बढी कर्मचारीहरू कार्यरत छन्। कम्पनी सफलतापूर्वक विभिन्न वित्तीय बजारहरूमा सूचीकृत भएको छ जसमा यो दोहामा सन् १९९८, लन्डनमा १९९९, बहराइनमा सन् २००१ र अबु धाबीमा सन् २००२ मा सूचीत भएको थियो। क्यूटेलले सन् २००५ मा, खाडी सफल पुरस्कार र सन् २००६ मा खाडी आर्थिक पुरस्कार समेत जित्न सफल भएको थियो। यो संसारको सबैभन्दा ठूलो मोबाइल दूरसञ्चार कम्पनीहरु मध्ये एक हो, जसको सेप्टेम्बर २०१५ सम्ममा विश्वभरि ११५ मिलियन भन्दा बढी ग्राहकहरू रहेका थिए। यो सन् २००५ देखि छिटो वृद्धि हुने दूरसञ्चार कम्पनी पनि हो। कतारमा यस कम्पनी, विश्वको उत्कृष्ट दूरसञ्चार सेवा प्रदानका लागि व्यक्तिगत, संयुक्त र घरेलू ग्राहकहरूको छनौट बन्न सफल छ। उरिदूले ओमानमा उरिदू ओमान मार्फत सेवा पुर्‍याएको छ। यो १५औँ एसियाली खेलकुदको आयोजक समितिको मुख्य सदस्य पनि हो। १५औँ एसियाली खेलकुद दोहामा १ देखि १५ डिसेम्बर २००६ सम्म आयोजना गरिएको थियो र यसले कार्यक्रमको बेलामा विशेष रूपमा दूरसञ्चार सेवा प्रदान गरेको थियो। (पूरा  पढ्नुहोस्...)