ढाँचा:प्रमुख लेख/हाम्रो पात्रो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हाम्रो पात्रो सुन्नुहोस् एक पात्रो अनुप्रयोग हो। यसलाई शङ्कर राज उप्रेतीले सन् २०१० मा सृजना गरेका थिए। इतिहासमै पहिलो पटक ५० लाख भन्दा बढी पटक अभिभारण भएको यो नेपालको सर्वाधिक लोकप्रिय अनुप्रयोग समेत हो।

हाम्रो पात्रोले ‘यसमा सबै छ’ भन्ने नारालाई अवलम्बन गरेको छ। अनुप्रयोगले सन् २०१८ फिफा विश्वकपको सम्पूर्ण खेलहरूको तालिकाको साथसाथै सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण गरेको थियोे भने यसले २०७४ को स्थानीय चुनावमा विशेष प्रस्तुति सुरु गरेको थियोे। यसले सन् २०१९ क्रिकेट विश्वकपको सम्पूर्ण खेल अङ्कहरू प्रत्यक्ष रूपमा अद्यावधिक गरिरहेको थियो। यसले विशेष प्रायोजनका लागि द भ्वाइस अफ नेपालसँग पनि सहकार्य गरेको थियो। तत्काल सन्देश सेवा भाइबरले हाम्रो पात्रो राशिफलसँग साझेदारी गर्दै हाम्रो राशिफल प्रारम्भ गरेको थियो।

न्यूज २४ दूरदर्शनसँगको सहकार्यमा यसले समसामयिक विषयको सान्दर्भिकता प्रस्ट्याउन र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन ‘ताली वा गाली’ नामक जनमतको सुरु गरेको थियो। यसले २०७७ वैशाखमा श्रव्य दृश्य मार्फत चिकित्सकहरूसँग परामर्श लिन एनसेल चिकित्सकलाई सम्पर्क गर्नुहोस् नामक सेवा थियो। नेपाल चिकित्सक सङ्घ र एनसेलसँग सहकार्यमा घरमै बसी कोरोना विषाणु सम्बन्धी स्वास्थ्य सल्लाह तथा सुझाव आदनप्रदान गर्न यो सेवा सुरु गरिएको थियो। (पूरा  पढ्नुहोस्...)