तेज बहादुर मिजार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तेज बहादुर मिजार

एकीकृत नेकपा माओवादीको तर्फबाट काभ्रे- ४बाट प्रत्यक्ष तर्फ विजयी संविधान सभा सदस्य तेजबहादुर मिजार दलित मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष पनि हुन्। पार्टीको सही राजनीतिक धार र जनताले पार्टी प्रति गरेको विश्वास नै आफ्नो विजयको कारण भएको मिजारको भनाई छ।

लामो समयसम्म कीटनाशक औषधीको व्यापार गरेका मिजारले नुवाकोटको रसुवा भन्ने ठाउँमा तीन वर्ष शिक्षण पेशा पनि अपनाए। २०३६ साल देखि विद्यार्थी राजनीतिबाट राजनीतिमा पाइला सुरू गरेका मिजार २०४५ साल पछि नेकपा मशालमा सक्रिय थिए। २०५६ सालमा एकीकृत नेकपा माओवादीमा आबद्ध भएमा मिजार त्यसपछि भूमिगत भएका थिए। पार्टी भित्र विकास उपनामले चिनिने मिजार हाल नेवा राज्य समितिको सदस्य पनि छन्।

२०१८ साल बैशाखमा काभ्रेको पाँचखाल -७, दुलालथोकमा जन्मेका मिजारले माध्यमिक तहसम्मको अध्ययन गरेका छन्। गरीब दलित परिवारमा जन्मेका मिजारले पार्टी घोषणा पत्र अनुसार गरीब वर्गको उत्थान हुने संविधान लेख्नमा आफू केन्द्रित हुने बताए। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. संविधान सभा निर्वाचन पोर्टल