दशौँ राष्ट्रिय जनगणना २०५८

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दशौँ राष्ट्रिय जनगणना २०५८ नेपालको केन्द्रीय तथ्याङ्क विभागद्वारा गरिएको देशव्यापी गणना हो।[१] जनगणना अनुसार, वि.सं. २०५८ (सन् २००१) मा नेपालको जनसङ्ख्या २,३१,५१,४२३ थियो। यो जनगणनामा हरेक जिल्ला भित्रमा शहरहरू र गाउँहरूमा जिल्ला तहबाट गाउँ विकास समिति तह सम्म गरिएको थियो। गणना गर्दा जनसङ्ख्याको आकार, घरधुरी, लिङ्ग, उमेर वितरण, जन्मस्थान, वैवाहिक स्थिति, वसोवासको किसिम, साक्षरता, धर्म, बोल्ने भाषाहरू, जात/समुदाय, आयको हिसाबले सक्रिय जनसङ्ख्या, शिक्षा, बच्चाको सङ्ख्या, रोजगारको स्थिति, र पेसा जस्ता विभिन्न विवरणहरू समेत सङ्कलन गरिएको थियो।[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. National Report 2001 -> Introduction केन्द्रीय तथ्याङ्क विभाग (नेपाल)
  2. "Nepal Census Data 2001", Digital Himalaya, मूलबाट २००८-१०-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०५-०७