दिग्दर्शन युवा क्लब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिग्दर्शन युवा क्लब
आदर्श वाक्य"सामाजिक परिवर्तनका लागि युवा "
गठन११ अप्रिल २००२ (2002-04-11)
संस्थापकज्ञानज्योति युवा क्लब
प्रकारसामाजिक सेवा
प्रधान कार्यालयरत्ननगर १५, माधवपुर, चितवन, नेपाल
सदस्यता
साधारण /आजीवन / मानार्थ
अध्यक्ष
बालकृष्ण पोखरेल
वेबसाइटdigdarshan.org.np

समग्र देश र विशेष गरी चितवन भित्र छरिएर रहेका युवा शक्तिलाई बिकाश कार्यमा समाहित गराउने उद्येश्य सहित बिक्रम संबत २०५८ (इ. स. २००२) मा स्थापित यस दिग दर्शन युवा क्लब, चितवन स्थित रत्ननगर नगरपालिका वडा नम्बर १५ मा रहेको छ। परिवर्तनका लागि युवा भन्ने मूल नारा सहित विसं २०५२ (इ स १९९६) मा रत्ननगर १५ निवासी युवा समाजसेवी श्री दिलबहादुर बुढाथोकीको संयोजकत्वमा गठन भै अर्का प्रखर समाजसेवी तथा राजनीतिज्ञ श्री द्रोण प्रसाद लामिछानेको अध्यक्षतामा विधिवत दर्ता भएको ज्ञानज्योति युवा क्लबको पुनर्गठित र परिमार्जित रुप नै दिग दर्शन युवा क्लब हो।

बेरोजगार तथा असंगठित युवा जमातलाई एकताबद्ध ढङ्गले सामाजिक कार्यमा अग्रसर गराउदै महिला, बालबालिका तथा असाहयहरूको निम्ति गठित यस सस्थाले स्थापनाकाल देखिनै विभिन्न मनोरन्जनात्मक तथा मानवीय सेवाका कार्यहरु गर्दै आएको छ। हेरेक वर्ष महिलाहरूको उत्सब तीज विशेष, बृहत रक्तदान[१][२], वृक्षारोपण[३], सरसफाई जागरण अभियान, होलि विशेष कार्यक्रम र दुर्व्यसन बिरुद्ध जनचेतना मुलक कार्यक्रम गर्दै आएको क्लबले दैवी प्रकोप लगायत विषम परिस्थितिमा प्रत्यक्ष्य सेवा पुराउदै आएको छ।

बिशुद्ध गैह्र नाफामुलक यस सस्था, हाल श्री बालकृष्ण पोखरेलको अध्यक्षतामा संचालनमा रहेको छ।

  1. Acharya, Rajendra (३०/०४/२०१६), "एक सय चार जनाले रक्तदान गरे", Sauraha Online, अन्तिम पहुँच ३१ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-२३ मिति
  2. "एक सय चार जनाले रक्तदान गरे", Pardarshi National Daily, अन्तिम पहुँच ३१ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०३ मिति
  3. "रत्ननगर १५ मा वृक्षारोपण", Khabar Chitwan, १३/०८/२०१६, अन्तिम पहुँच ३१ अक्टोबर २०१७ [dead link]