दुबईको पाकिस्तान सङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दुबईको पाकिस्तान सङ्घ
New Image of PAD
गठनसन् १९६०
लक्ष्यसामुदायिक सङ्घ
प्रधान कार्यालयबर दुबई
स्थान
सदस्यता
पाकिस्तानी समुदाय
अध्यक्ष
डा फैसल इकराम[१]
उपाध्यक्ष
मुहामद जइम[१]
सामान्य सचिव
सोहेल अस्रफ[१]
वेबसाइटpad.ae

दुबईको पाकिस्तान सङ्घ विदेशमा रहेका पाकिस्तानीहरूका लागि सबैभन्दा ठूलो सामुदायिक केन्द्र हो। सन् १९७० को दशकको अन्त्य तिर दुबईमा बसोबास गरिरहेका पाकिस्तानी प्रवासीहरूको सामाजिक र सांस्कृतिक हितको लागि र संयुक्त अरब इमिरेट्सको व्यापक रूपमा एक मञ्चको रूपमा यसको स्थापना भएको हो।

इतिहास[सम्पादन गर्नुहोस्]

संयुक्त अरब इमिरेट्समा रहेका पाकिस्तानीहरू गैरआवासी तेस्रो ठूलो विदेशी पाकिस्तानी समुदाय हो,[२] र साथै संयुक्त अरब इमिरेट्सको सबैभन्दा पुरानो प्रवासी समूहमध्ये एक हो। हाल संयुक्त अरब इमिरेट्समा १ करोड २० लाख भन्दा बढी पाकिस्तानीहरू रहेका छन् , जसमध्ये ४,००,००० भन्दा बढी दुबईमा रहेका छन्। [३]पाकिस्तानीहरूले सामूहिक रूपमा दुबईको १३% जनसङ्ख्या समावेश गर्दछ र यो भारतीय र स्वदेशी मानिसहरू पछि संयुक्त अरब इमिरेट्सको तेस्रो सबैभन्दा ठूलो जातीय समूह हो।[४] दुबईको पाकिस्तान सङ्घलाई १९६० दशकको अन्त्यतिर प्रारम्भिक समुदायका सदस्यहरूद्वारा स्थापना गरिएको थियो। यो सुरुमा दिराको मुर्शिद बजारमा एउटा सानो भाडामा लिइएको कार्यालयमा आधारित थियो, जहाँ हाल पाकिस्तान शिक्षा प्रतिष्ठान अवस्थित छ। सन् १९९० को दशकको प्रारम्भमा, कार्यालयलाई दुबईको एस्टोरिया होटलमा सारिएको थियो।[१] पछि, सङ्घको मुख्यालय बर दुबईमा निर्माण गरिएको थियो। [१]दुबईको पाकिस्तान सङ्घ उद्देश्यहरूमा पाकिस्तान र संयुक्त अरब इमिरेट्स सम्बन्धलाई बढावा दिने, समुदायको सहयोग र कल्याण प्रदान गर्ने, पाकिस्तानी संस्कृतिलाई प्रवर्द्धन गर्ने, मनोरञ्जनात्मक सामुदायिक कार्यक्रम आयोजना गर्ने, र संयुक्त अरब इमिरेट्समा पाकिस्तानी प्रवासी समुदायको चासो बढाउनु समावेश छ। [५]

संरचना[सम्पादन गर्नुहोस्]

सामान्यतया दुई देखि तीन वर्षको कार्यकालको लागि सङ्घले एक अध्यक्षको छनौट गर्दछ जसले औपचारिक रूपमा सङ्गठनको नेतृत्व गर्दछ।कार्यकारी निकायको भागका रूपमा उपाध्यक्ष, महासचिव र सचिव पनि निर्वाचित हुन्छन्।[१] सङ्घमा भाग लिनका लागि सदस्यता दर्ता आवश्यक छ। दुबईको पाकिस्तान सङ्घ दुबईमा पाकिस्तानको वाणिज्य दूतावाससँग नजिक रहेर कार्य सञ्चालन गर्दछ जहाँ बहु समुदायहरू यस सङ्गठन अन्तर्गत कार्यरत छन्।[६] यसमा चिकित्सा, अभियान्त्रि, पत्रकार, व्यवसायी, लेखा र अन्यहरू समावेश छन्।[७]

घटना तथा गतिविधिहरू[सम्पादन गर्नुहोस्]

दुबईको पाकिस्तान सङ्घले समुदायमा असङ्ख्य सांस्कृतिक कार्यक्रम र भेलाहरूको आयोजना गर्दछ जसमा स्वतन्त्रता दिवस, पाकिस्तान दिवस र संयुक्त अरब इमिरेट्सको राष्ट्रिय दिवस समारोह, मुशायरा सहित साहित्यिक कार्यक्रम, रमजानको समयमा इफ्तार भोज, चाँद रात कार्यक्रम, मीना बाजार , चन्दा सङ्कलन, भोज कार्यक्रम, पुरस्कार समारोह, कला प्रदर्शनी, खेल र आरामदायक कार्यक्रमका साथ साथै कार्यशाला र भाषा कक्षा समावेश छ। दुबईको पाकिस्तान सङ्घले संयुक्त अरब इमिरेट्सको श्रम शक्तिमा पाकिस्तानीहरूका लागि सहयोग सेवा, साथै पाकिस्तान र संयुक्त अरब इमिरेट्स दुबैका लागि कल्याणकारी गतिविधिहरूको पनि व्यवस्था गर्दछ।[८][९] प्रतिवेदन सङ्घद्वारा प्रकाशित र वितरित गरिएको छ।[९]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ "इतिहास", दुबईको पाकिस्तान सङ्घ, अन्तिम पहुँच २३ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण १० डिसेम्बर २०१६ मिति
  2. "Polling booths to be set up across the UAE so Pakistanis can vote", द नेसनल, ८ अप्रिल २०१३, अन्तिम पहुँच २३ नोभेम्बर २०१४ 
  3. हनिफ, नधिम (८ मे २०११), "Election looms for Pakistan community group", न नेसनल, अन्तिम पहुँच २३ नोभेम्बर २०१४ 
  4. जन्डिट, फ्रेड इ (२०१२), An Introduction to Intercultural Communication: Identities in a Global Community, SAGE, पृ: २३७, आइएसबिएन 9781452285757 
  5. "PAD Vision", दुबई पाकिस्तान सङ्घ, अन्तिम पहुँच २४ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ११ डिसेम्बर २०१६ मिति
  6. "Pakistan Associations and Centres in Dubai and Northern Emirates", Consulate General of Pakistan, Dubai, मूलबाट २४ नोभेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २४ नोभेम्बर २०१४ मिति
  7. "Wings", दुबईको पाकिस्तान सङ्घ, अन्तिम पहुँच २४ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २९ नोभेम्बर २०१४ मिति
  8. "News Feed", दुबईको पाकिस्तान सङ्घ, अन्तिम पहुँच २४ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ११ डिसेम्बर २०१६ मिति
  9. ९.० ९.१ "Events", दुबईको पाकिस्तान सङ्घ, अन्तिम पहुँच २४ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ११ डिसेम्बर २०१६ मिति