संयुक्त अरब इमिरेट्समा रहेका पाकिस्तानीहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
संयुक्त अरब इमिरेट्समा रहेका पाकिस्तानीहरू
जम्मा जनसङ्ख्या
१,२००,००० (सन् २०१४)
संयुक्त अरब इमिरेट्सको १२.५३% जनसङ्ख्या[१]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
अबु धाबी · दुबई · शरजाह · अल ऐन ·
भाषाहरू
उर्दू · पञ्जावी · पश्तो · सिन्धी · बलुची · सराइकी · कश्मिरी · अरबी · अन्य पाकिस्तानी भाषाहरू
धर्महरू
इस्लाम · ईसाई धर्म[२][३] · हिन्दु[४]

संयुक्त अरब इमिरेट्समा रहेका पाकिस्तानीहरूले संयुक्त अरब इमिरेट्समा बसोबास गर्दै आइरहेका पाकिस्तानी गैरआवासीका साथै पाकिस्तानी मूलका इमराती व्यक्तिहरूलाई समेट्दछ। देशको कुल जनसङ्ख्याको १२.५% रहेका भारतीयहरू पछि, १२ लाखभन्दा बढीको जनसङ्ख्या भएका पाकिस्तानीहरू संयुक्त अरब इमिरेट्समा दोस्रो ठूलो राष्ट्रिय समूह हुन् जून साउदी अरब र संयुक्त अधिराज्यमा रहेका पाकिस्तानी गैरआवासी पछि तेस्रो ठूलो गैरआवासी पाकिस्तानीको समुदाय हो। संयुक्त अरब इमिरेट्समा पाकिस्तानी जनसङ्ख्या विविध रूपमा रहेको छ। पाकिस्तानकन सहरहरू जस्तै पञ्जाब, सिन्ध , खैबर पख्तुनखवा र सङ्घ शासित जनजातीय क्षेत्र, बलुचिस्तान, आजाद काश्मिर र गिलगित बल्तिस्तान लगायतका क्षेत्रहरूमा मानिसहरू यहाँ बसोबास गर्ने गर्दछन्। यहाँ बसोबास गर्ने अधिकांश मानिसहरू इस्लाम धर्मावलम्बी हुन् र भने यहाँ अल्पसङ्ख्यक रूपमा इसाई , हिन्दु र अन्य धर्महरू मान्ने मानिसहरू पनि बसोबास गर्ने गर्दछन्। जनसङ्ख्याको बहुमत क्रमशः दुबई र अबु धाबीमा पाइन्छ, जबकि शारजा र बाँकी उत्तरी क्षेत्रहरूमा पनि उल्लेखनीय जनसङ्ख्या फैलिएको छ। दुबईमा ४०,००० को हाराहारीमा पाकिस्तानी जनसङ्ख्या रहेको छ।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

भारत र पाकिस्तान बीचको प्रतिस्पर्धात्मक खेल (दुबई)मा

धेरै पाकिस्तानीहरू मध्यपूर्वमा बसाइँ सर्ने बेलामा संयुक्त अरब इमिरेट्समा बसाइसराइ गरेका थिए जसमा न्युन मात्रामा दक्ष र अर्ध दक्ष व्यवसायीहरू थिए[५] भने धेरैजसो अकुशल आप्रवासी कामदारहरू थिए। बलुचिस्तान तटका मानिसहरू शताब्दीयौं देखि संयुक्त अरब इमिरेट्सको किनारमा बसाई सरेका थिए जसमा बसाइ सर्नेमा धेरै बेदुन समुदायका मानिसहरू पर्दछन्। संयुक्त अरब इमिरेट्सका दुबई, शारजा र अजमानमा पाकिस्तानीहरूको बाहुल्यता रहेको छ।[६][७]

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

महत्त्वपूर्ण जनसङ्ख्या भएको पाकिस्तानी जातीय समूहहरूमा पञ्जाबी, पश्तुन , सिन्धु , बलुच र मुहाजीर पर्दछन् भने सराई , काश्मिरी , हिन्दकोभन र अन्य जातीय समूहहरूको यहाँ फाट्टफुट्ट उपस्थिति रहेको छ।[८] बेलायती पाकिस्तानी र क्यानडेली पाकिस्तानी लगायतका अन्य देशहरूबाट आएका संयुक्त अरब इमिरेट्स बस्ने र काम गर्ने पाकिस्तानी प्रवासीहरूको सङ्ख्या पनि यहाँ कम रहेको छ। [९] संयुक्त अरब इमिरेट्समा ५,००,००० भन्दा बढी पश्तुनहरू रहेका छन्। यस तथ्याङ्कले पाकिस्तानको छिमेकी राष्ट्र अफगानिस्तानका पश्तुनहरूको पनि समावेश गर्दछ।[१०]

आर्थिक योगदान[सम्पादन गर्नुहोस्]

पाकिस्तान र संयुक्त अरब इमिरेट्सले एक अर्कासँग दरिलो आर्थिक सम्बन्ध कायम राखेका छन्, संयुक्त अरब इमिरेट्स द्विपक्षीय व्यापारको सन्दर्भमा पाकिस्तानको दोस्रो ठूलो व्यापारिक साझेदार हो।[११] ठूलो सङ्ख्याका कुशल र अर्ध कुशल पाकिस्तानी कार्यबलले संयुक्त अरब इमिरेट्सको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको छ। करीव २०% पाकिस्तानीहरू सेतो पोशाक लगाउने कर्मचारीहरू हुन् भने, र ८०% निलो पोशाक उद्योगमा संलग्न छन्।[१२] संयुक्त अरब इमिरेट्समा बस्ने नीलो पोशाक लगाउने पाकिस्तानीहरूको श्रमको अनुपात सन् २००८ देखि गिरावट आएको छ, जबकि विप्रेषणको मात्रा भने बढेको छ।[१३] संयुक्त अरब इमिरेट्समा आप्रवासी व्यवसायीहरूको शीर्ष पाँच स्रोतहरूमा पाकिस्तानी कर्मचारीहरू पनि समावेश छन्।[१४] संयुक्त अरब इमिरेट्स पाकिस्तानका लागि प्रमुख लगानी गन्तव्य हो।[१५] संयुक्त अरब इमिरेट्सको सम्पत्ति बजारमा पाकिस्तानीहरू शीर्ष १० दश लगानीकर्ताहरू मध्ये एक हुन्। ठूलो सङ्ख्यामा रहेका धनी पाकिस्तानीहरूले दुबईमा महँगो सम्पत्ति भित्र्याएका छन् र त्यहाँ उनीहरूको दोस्रो घरहरू पनि रहेको छन्। संयुक्त अरब इमिरेट्समा पाकिस्तानी प्रवासीहरू सक्रिय रूपमा देशको व्यवसाय, लगानी र सेवा क्षेत्रमा संलग्न छन्। संयुक्त अरब इमिरेट्स पाकिस्तानमा विप्रेषणको दोस्रो ठूलो स्रोत हो।[१६][१७] सन् २०१२ मा संयुक्त अरब इमिरेट्सबाट प्राप्त विप्रेषण २.९ अर्ब अमेरिकी डलर रहेको थियो।[११]

पाकिस्तानी व्यवसायीहरू[सम्पादन गर्नुहोस्]

संयुक्त अरब इमिरेट्समा पाकिस्तानीहरू क्रेन सञ्चालक र ट्याक्सी चालकहरू सम्म अधिकांश रूपमा यातायातको क्षेत्रमा संलग्न छन्। यहाँ धेरै बेङ्क सम्बन्धित पाकिस्तानी कर्मचारीहरू विभिन्न स्थानीय र बहुराष्ट्रिय बेङ्कहरूसँग आवद्ध छन्। संयुक्त अरब इमिरेट्समा विभिन्न बहुराष्ट्रिय क्षेत्रमा काम गरिरहेका पाकिस्तानी व्यवसायीहरू भेट्नु असामान्य कुरा होइन। संयुक्त अरब इमिरेट्समा धेरै पाकिस्तानी रेस्टुरेन्टहरू छन् जुन यी प्रवासी पाकिस्तानीहरूको स्वामित्वमा सञ्चालित छन्।

उल्लेखनीय व्यावसायीहरूमा सिटीग्रुप मध्यपूर्व र अफ्रिकाका प्रमुख कार्यकारी अधिकृत अतीक उर रहमान पर्दछन्। साउदी अरबमा र संयुक्त अरब इमिरेट्समा उनीहरूको सञ्चालनका लागि सबैभन्दा ठूलो विश्वव्यापी वाणिज्यिक रियल स्टेट कम्पनी नाइ ग्लोबलका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएका वालिद मुरावत पनि उल्लेखनीय व्यवसायी हुन्।

मुहम्मद जिसान हुसेन दुबईमा जन्मिएका पाकिस्तानी नागरिक हुन् र उनी दुबई मेसिन डटकमका नामले संयुक्त अरब इमिरेट्समा सञ्चालित सबैभन्दा ठूलो इ वाणिज्य भण्डारका मालिक हुन्।[१८][१९]

समुदाय प्रतिनिधित्व[सम्पादन गर्नुहोस्]

संयुक्त अरब इमिरेट्समा पाकिस्तानीहरूको प्रतिनिधित्व गर्ने सङ्घ संस्था रहेका छन्। ती मध्ये केही निम्नानुसार छन्:

१) पाकिस्तान व्यापार परिषद्

२) दुबईको पाकिस्तान सङ्घ

३) पाकिस्तान प्रोफेसनल विङ

४) पाकिस्तानको लेखा संस्थान

५) व्यवसाय प्रशासन संस्थान

संस्कृति[सम्पादन गर्नुहोस्]

संयुक्त अरब इमिरेट्स पाकिस्तानी समुदायले स्वतन्त्रता दिवस धेरै उत्साहका साथ मनाउँछन्।[२०]उर्दू, पाकिस्तानको राष्ट्रिय भाषा भएकोले समुदायको प्रमुख भाषा पनि हो।[२१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "UAE´s population – by nationality", बिक्यु म्यागजिन, १२ अप्रिल २०१५, मूलबाट ११ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जुन २०१५  वेब्याक मेसिन अभिलेखिकरण ११ जुलाई २०१५ मिति
  2. टेलर, म्याथ्युज (१२ जुलाई २०१५), "Free to pray - but don't try to convert anyone", बिबिसी, अन्तिम पहुँच १२ जुलाई २०१५ 
  3. Christian community in UAE remembers victims of Lahore attacks
  4. "Hindu temple a symbol of UAE’s culture of tolerance", याहु! मक्तुब, ३० अगस्ट २०१५, अन्तिम पहुँच ३१ अगस्ट २०१५ 
  5. http://www.dawn.com/news/768354/thirty-seven-years-in-uae-and-looking-forward-to-more
  6. http://www.thenational.ae/uae/heritage/bidoon-celebrate-uae-national-day-as-emiratis
  7. Pakistanis outnumber Emiratis in three UAE states
  8. Roy, Ananya; Ong, Aihwa (२०११), Worlding Cities: Asian Experiments and the Art of Being Global, John Wiley & Sons, पृ: १७०, आइएसबिएन 9781444346770, अन्तिम पहुँच १४ अक्टोबर २०१४ 
  9. अौलाख, रभिना (२८ मे २०११), "‘Colony of wives’ thrives in Mississauga", द ष्टार, अन्तिम पहुँच ३० अक्टोबर २०१४ 
  10. Inayat-ur-Rahman; मियाँ (२० अगस्ट २०१२), "The Pashtun flavour", द गल्फ टुडे, अन्तिम पहुँच १ अक्टोबर २०१३  वेब्याक मेसिन अभिलेखिकरण १५ अक्टोबर २०१४ मिति
  11. ११.० ११.१ अहमद, असफक (२३ सेप्टेम्बर २०१३), "UAE delegation to participate in Pakistan Expo", गल्फ न्युज, अन्तिम पहुँच १ अक्टोबर २०१३ 
  12. Pakistan’s poor handling brings UAE, India closer
  13. सन, यान; नक, उडो (१ अगस्ट २०११), Remittances in Pakistan: Why have they gone up, and why Aren't they coming down?, International Monetary Fund, पृ: १०, आइएसबिएन 9781463901622 
  14. UAE is the global leader in attracting migrating professionals, study finds
  15. http://www.dawn.com/news/1164035/
  16. जाहिर, फरहन (२८ जुन २०१३), "DAMAC Properties: Dubai-based developer to tour Pakistan this week", द एक्सप्रेस ट्रिब्युन, अन्तिम पहुँच १ अक्टोबर २०१३ 
  17. "Revealed: Which nationalities bought most property in Dubai", इमिरेट्स २४/७, २७ अक्टोबर २०१३, अन्तिम पहुँच २७ अक्टोबर २०१३ 
  18. "DubaiMachines.com moves to a bigger and trendier showroom in Dubai Silicon Oasis | Zawya", जावया, अन्तिम पहुँच २०१६-०८-२२ 
  19. "At home in Dubai: Some of Pakistan’s most prominent and rising expats", अरब न्युज (अङ्ग्रेजीमा), २६ अगस्ट २०१९, अन्तिम पहुँच २७ अगस्ट २०१९ 
  20. "Pakistanis in UAE to celebrate I-Day with fervour", याहु! मक्तुब, ११ अगस्ट २०१५, अन्तिम पहुँच १२ अगस्ट २०१५ 
  21. Bridging gaps, Indo-Pak poets share the stage

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]