धामइरहाट उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
धामइरहाट

ধামইরহাট
उपजिल्ला
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: २५°८.७′उ॰ ८८°५१.७′पू॰ / २५.१४५०°N ८८.८६१७°E / 25.1450; 88.8617निर्देशाङ्कहरू: २५°८.७′उ॰ ८८°५१.७′पू॰ / २५.१४५०°N ८८.८६१७°E / 25.1450; 88.8617
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लानउगाँ जिल्ला
क्षेत्रफल
 • जम्मा३००.८ किमी (११६.१ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा१८४७७८
 • घनत्व६१०/किमी (१,६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटआधिकारिक वेबसाइट

धामइरहाट बाङ्ला: ধামইরহাট  बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नउगाँ जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्ने]

धामइरहाट उपजिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°०१' देखि २५°१३' उत्तर अक्षांश र ८८°४०' देखि ८८°५७' पूर्वी देशान्तरणमा अवस्थित छ। धामइरहाट उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३००.८० वर्ग किलोमिटर अोगटेको। यस उपजिल्लालाई भारतको पश्चिम बङ्गाल राज्यले उत्तर, बदलगाछीपत्नीतला उपजिल्लाले दक्षिण, जयपुरहाट सदर उपजिल्लाले पूर्व र पत्नीतला उपजिल्लाले पश्चिमबाट घेरेको छ।जमुना र अतराई नदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।[२][३][४]

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने तात्कालिक समयमा पाकिस्तानी सेनाले यस उपजिल्लाको फारसीपाडा, पागल दिवाना, रङ्गमाटी जस्ता स्थानहरूमा सैनिक किल्ला खडा गरेका थिए। पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस उपजिल्लाको पिलर डाङ्गा, गङ्ग्रा कुल्फतपुर र रङ्गमाटीमा प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ दुवै पक्षबाट थुप्रै लडाकुहरू मारिएका थिए। पछि पाकिस्तानी सेनाले कुलपतपुर गाउँमा आक्रमण गरि १४ सर्वसाधारणहरूको हत्या गरेका थिए भने कयौं घरहरूलाई आगजनी गरि नष्ट गरेका थिए। पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच माहिसन्तोष भन्ने ठाउँमा प्रत्यक्ष गोली हानाहानमा २५ पाकिस्तानी सेनाहरू मारिएका थिए भने ३ बङ्गलादेशी लडाकु; श्री प्रताप चन्द्र, श्री उपेन र अबु बक्करको पनि मृत्यु भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १६९६९३ रहेको  छ जसमध्ये पुरुषको जनसङ्ख्या ८७८३१ छ भने महिलाको जनसङ्ख्या ८१८३१ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १४६४६०  छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १११६४ रहेको छ। त्यस्तै गरि बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ५०६९, इसाई धर्मवलम्बीको जनसङ्ख्या ६१ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ६९४० रहेको छ। यस उपजिल्लामा सन्थल जनजातिका मानिसहरू बसोबास गर्छन्। यस उपजिल्लामा २८५ मस्जिद, ६४ हिन्दु मन्दिर, २२ गिर्जाघर र ७ चिहान रहेका छन्।[५]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा धान, गहुँ, जुट, तोरी आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया  आँप, केरा, कटहर, अम्बा, लिची, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, बिस्कुट कारखाना, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले केरा, खरबुजा, मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल र तील पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २५ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा २६ माछापालन केन्द्र, ७ दुग्ध सङ्कलन केन्द्र तथा ४५ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ८३.१०% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै १.८०% मजदुरी, व्यापार र उद्योगमा ०.५८%, वाणिज्यमा ७.१४%, सञ्चार र यातायातमा १.१२%, निर्माण क्षेत्रमा ०.५१%, सुविधा ३.०८%, धार्मिक सेवा ०.१०%, रेमिटेन्स ०.०४ र अन्य २.५३% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय धामइरहाट थानाको स्थापना सन् १९२२ भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। यस उपजिल्लामा हाल ८ सङ्घ परिषद्,१ पुरुवसभा, २१२ मौजा र २५० गाउँहरू रहेका छन्। 

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ४७.९% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५०.७% छ भने महिलाको साक्षरता दर ४४.८% रहेको छ। यस उपजिल्लामा १५ क्याम्पस, ३३ माध्यमिक विद्यालय, १०५ प्राथमिक विद्यालय, ८ सामुदायिक विद्यालय, ८० गैरसरकारी शिक्षण संस्था, ३ बाल उद्दान केन्द्र र ४५ मदरसाहरू रहेका छन्। धामइरहाट एमएम डिग्री क्याम्पस (सन् १९७०), जगदल अभिदास विद्यालय र क्याम्पस (सन् १९७२), धामइरहाट मोहिला क्याम्पस (सन् १९९५), धामइरहाट सुफिया पाइलट उच्च विद्यालय (सन् १९०४), बङ्गलबाडी सरिजिया उच्च विद्यालय (सन् १९१७), धामइरहाट सदिक फजिल मदरसा (सन् १९५९),  रघुनाथपुर फजिल मदरसा (सन् १९६५) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. बदिउल आलम (सन् २०१२), ধামইরহাট উপজেলা "ধামইরহাট উপজেলা", बाङ्लापिडिया: बाङ्लादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बाङ्लादेशको एसियाली समाज। 
  2. "ধামইরহাট উপজেলা", बाङ्लापिडिया, अन्तिम पहुँच ८ डिसेम्बर २०१८ 
  3. "District Census Handbook 2011 Dakshin Dinajpur", Map of Dakshin Dinajpur showing CD Blocks on the fourth page, Directorate of Census Operations, अन्तिम पहुँच ८ डिसेम्बर २०१८ 
  4. "District Human Development Report", Uttar Dinajpur. Page 14: Map showing locational setting of Uttar Dinajpur district (includes Dakshin Dinajpur district), Department of Planning, Statistics and Programme Implementation, Government of West Bengal, अन्तिम पहुँच ८ डिसेम्बर २०१८ 
  5. "राष्ट्रिय जनगणना", मूलबाट २७ मार्च २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]