नन्दा देवी राष्ट्रिय निकुञ्ज
नन्दा देवी राष्ट्रिय निकुञ्ज | |
---|---|
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज) | |
स्थान | चमौली जिल्ला, उत्तराखण्ड, भारत |
निर्देशांक | ३०°२५′७″उ॰ ७९°५०′५९″पू॰ / ३०.४१८६१°N ७९.८४९७२°Eनिर्देशाङ्कहरू: ३०°२५′७″उ॰ ७९°५०′५९″पू॰ / ३०.४१८६१°N ७९.८४९७२°E |
क्षेत्र | ६३०.३३ किमी२ |
स्थापना | १९८२ |
भाग | नन्दा देवी तथा फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्ज |
मापदण्ड | प्राकृतिक: (vii), (x) |
सन्दर्भ | 335-001 |
सूचीकृत | १९८८ (१२औँ सत्र) |
क्षेत्रफल | ६२,४६० हेक्टर (२४१.२ वर्ग माइल) |
नन्दा देवी राष्ट्रिय निकुञ्ज भारतको उत्तराखण्ड राज्यको नन्दा देवी पर्वतको नजिकैको इलाकामा अवस्थित छ । यो निकुञ्ज ६३०.३३ वर्ग किमीमा फैलिएको छ । यसलाई सन १९८२ मा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो । नन्दा देवी राष्ट्रिय निकुञ्ज र फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्ज मिलाएर सन १९८८ मा यो क्षेत्रलाई नन्दा देवी तथा फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्जको रूपमा युनेस्को द्वारा विश्व सम्पदा क्षेत्र घोषणा गरिएको थियो ।[१]
निकुञ्जको भित्री भाग[सम्पादन गर्नुहोस्]
- नन्दा देवी पर्वत: ७८१६ मी.
- देवीस्थान पहिलो, दोस्रो: ६६७८ मी., ६५२९ मी.
- ऋषि कोट: ६२३६ मी.
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Official UNESCO site", अन्तिम पहुँच ०४/११/२०१२।