नरेन्द्र चापागाईं

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नरेन्द्र चापागाईं एक नेपाली साहित्यकार हुन् । नेपाली भाषामा छापिएका उनका कृतिहरू बजारमा पाइन्छन् ।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

कोशी अञ्चलको भोजपुर जिल्ला अन्तर्गत पर्ने दिङ्लामा जन्मिएका डा.नरेन्द्र चापागाईं (२००३- )ले २०२० सालमा उत्तरमध्यमा, २०३३ सालमा शास्त्री, २०२६ सालमा नेपालीमा स्नातकोत्तर, २०५६ सालमा बी.एड्. र २०५५ सालमा अनुकरणात्मक शब्दको व्याकरण विषयमा विद्यावारिधि गरेको देखिज्छ । [१] दिङ्लामै लघुकाैमुदी, अमरकाेश, अनुवादचन्द्रिका अादि पढिसकेर चापागार्इँ २०१६ सालमा तत्कालीन पिण्डेश्वर महाविद्यालय धरानमा अध्ययन गर्न अाएकाे देखिन्छ ।

प्राध्यापक जीवन[सम्पादन गर्ने]

चापागाईँले २०३३ सालदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्र मोरङ क्याम्पस विराटनगरमा सहायक प्रध्यापक पदबाट प्रध्यापन सेवामा प्रवेश गरेको पाइन्छ । सहायक प्रध्यापकबाट पदोन्नति हुँदै प्राध्यापक जस्तो गरिमामय पदमा पुग्ने व्यक्तिहरूमध्ये उनी पनि एक हुन् । कार्यरत अवस्थामै उनको देहावसान भएको देखिन्छ । सुरुका दिनमा महेन्द्र माेरङ क्याम्पस र त्यसपछि विराटनगरकै स्नातकाेत्तर क्यम्पसमा अध्यापन गरेका चापागार्इँकाे सरल र शालीन प्रध्यापकीय व्यक्तित्वका बारेमा उनका पूर्व विद्यार्थी साहित्यकार उपेन्द्र पागल भन्छन् - कक्षामा नबुझेका या त छुट भएका पाठहरूका सन्दर्भमा कक्षा बाहिर पनि विद्यार्थीहरूले प्रश्न राख्दा उहाँ स्नातकाेत्तर क्याम्पसकाे गेटखेखि बस बिसाउनीसम्म अाफ्ना विद्यार्थीहरूका समस्यालार्इ झर्काे नमानीकन बुझाइदिनुहुन्थ्याे । [२]

डा.नरेन्द्र चापागार्इँका बारेमा प्राज्ञ दधिराज सुवेदीकाे विचार यसताे छ - एक समय उहाँ स्नातकाेत्तर क्याम्पस विराटनगरकाे गहना मानिनुहुन्थ्याे ।मिहिनेतका साथ बुझाएर पढाउने गुरुकाे कक्षा लिन विद्यार्थीहरु सधैं उत्साहित रहन्थे । .....साहित्यकार, कलाकार, शिक्षक, प्राध्यापक, विद्यार्थी, अध्येता एवं अनुसन्धाताहरूले उहाँलार्इ कहिल्यै छाडेनन् । [३]

साहित्य यात्रा[सम्पादन गर्ने]

कृति[सम्पादन गर्ने]

प्रा.डा.नरेन्द्र चापागाईंका प्रकाशित कृतिहरू यसप्रकार रहेका पाइन्छन् :-

शब्द, वाक्य र अभिव्यक्ति (व्याकरण रचना २०३२),
भाषातत्त्व (२०३३),
वाक्यतत्त्व (२०३४),
उपन्यास शिल्प (२०३४),
केही कृति केही प्रतिकृति (२०३८),
नवीन व्याकरण तथा रचना (२०४१),
आधुनिक नेपाली व्याकरण तथा रचना (२०४२),
केही सृष्टि केही दृष्टि (?),
मेरा नानीहरू (बालकाव्य २०४४),
केही झिल्का केही फिलुङ्गा (२०४५),
केही भाषा केही साहित्य (२०४५),
पूर्वाञ्चल समालोचना सङ्ग्रह (सम्पादन २०४६),
केही सिद्धान्त केही विश्लेषण (२०५१),
बी.पी. कोइरालाको समग्र अध्ययन (२०५१),
काव्य समालोचना (२०५१)
अनुकरणात्मक शब्दको व्युत्पत्ति र स्रोत विश्लेषण (२०५४) ।
डा.नरेन्द्र चापागार्इँका निबन्ध (२०६२) । [४]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखककोश पृष्ठ ३४२, काठमाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान
  2. तिमसिना, अनिरुद्ध (सम्पा. २०६३), प्राग्ज्याेति, वर्ष १ अङ्क १ पृष्ठ १३, विराटनगर : डा.नरेन्द्र चापागार्इँ स्मृति प्रतिष्ठान
  3. तिमसिना, अनिरुद्ध (सम्पा. २०६३), प्राग्ज्याेति, वर्ष १ अङ्क १ पृष्ठ ३३, विराटनगर : डा.नरेन्द्र चापागार्इँ स्मृति प्रतिष्ठान
  4. सुवेदी, राजेन्द्र (२०६१), नेपाली समालोचना परम्परा र प्रवृत्ति पृष्ठ २३२, वाराणसी - भूमिका प्रकाशन

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

[१]