नाजिया हसन
स्वरूप
| नाजिया हसन | |
|---|---|
![]() नाजिया हसन | |
| व्यक्तिगत विवरण | |
| वास्तविक नाम | नाजिया हसन |
| जन्म | ३ अप्रिल १९६५[१] कराची, सिन्ध, पाकिस्तान |
| उत्पत्ति | पाकिस्तान |
| मृत्यु | १३ अगस्ट २००० (उमेर ३५)[१] लण्डन, संयुक्त अधिराज्य |
| विधा | पप |
| पेशा | गायिका, सामाजिक कार्यकर्ता |
| वाद्ययन्त्र | आवाज |
| सक्रिय वर्ष | १९८०-१९९२ |
नाजिया हसन (अप्रिल १९६५ – १३ अगस्ट २०००)[१] एक पाकिस्तानी पप गायिका र गीत लेखक हुन् । उनले आफ्नो सांगीतिक जीवनको सुरुवात १० वर्षकै उमेर देखि गरिन र छिट्टै भारत र पाकिस्तानमा लोकप्रियता प्राप्त गर्न सफल भइन् । उनलाई दक्षिण एसियामा क्विन अफ पप भनेर पनि सम्बोधन गर्ने गरिन्छ ।[२] उनी र उनको भाइ जोहेब हसन समेत मिलेर विश्वव्यापी ६ करोड रेकर्ड बेच्न सफल भएका थिए ।[३] उनको अंग्रेजी भाषाको गीत ड्रिमर दिवानेको लोकप्रियताले उनलाई अझ बढी सफल बनाएको थियो ।[४][५]
जीवनी
[सम्पादन गर्नुहोस्]हसनको जन्म कराचीमा भएको हो र उनको प्रारम्भिक जीवन कराची र लण्डनमा बितेको छ ।[६]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- 1 2 3 Jai Kumar (२३ अगस्ट २०००), "Obituary: Nazia Hassan", guardian.co.uk (London: The Guardian), अन्तिम पहुँच १८ मे २००८।
- ↑ "A toast to the queen of pop: Faraz Wakar’s musical tribute to Nazia Hasan", अन्तिम पहुँच २०१६-०२-१०।
- ↑ PTI (१८ नोभेम्बर २००५), "NRI TV presenter gets Hassan Award", Times of India, अन्तिम पहुँच ४ मार्च २०११। अभिलेखिकरण ८ मार्च २०१२ वेब्याक मेसिन
- ↑ Desk, APP | Entertainment (२०१४-०८-१३), "Aap Jaisa Koi: Remembering Nazia Hasan", www.dawn.com, अन्तिम पहुँच २०१६-०२-१०।
- ↑ Desk, Entertainment (२०१५-०४-०३), "In memoriam: Nazia Hassan was born 50 years ago today", www.dawn.com, अन्तिम पहुँच २०१६-०२-१०।
- ↑ "Nazia Hassan – Women of Pakistan", Jazbah.org, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१०। अभिलेखिकरण २४ अक्टोबर २०१० वेब्याक मेसिन
