नाफ्ताली बेनेट
नाफ्ताली बेनेट | |
---|---|
![]() २०१३ मा बेनेट | |
इजरायलका प्रधानमन्त्री | |
पद बहाली १३ जुन २०२१ | |
राष्ट्रपति | रिउभेन रिभ्लिन |
वैकल्पिक | यायर लापिड |
पूर्वाधिकारी | बेन्जामिन नेतन्याहु |
मन्त्री | |
Faction represented in the Knesset | |
व्यक्तिगत विवरण | |
जन्म | Haifa, इजरायल | २५ मार्च १९७२
राजनीतिक पार्टी | न्यु राइट (२०१८-हालसम्म) |
अन्य राजनीतिक संलग्नता |
|
जीवन साथी(हरू) | Gilat Bennett ( वि १९९९) |
सन्तान(हरू) | ४ |
निवास | Ra'anana, इजरायल |
मातृ शिक्षाप्रतिष्ठान | जेरुसेलम हिब्रु विश्वविद्यालय |
पेशा |
|
वेबसाइट | naftalibennett![]() |
सैनिक सेवा | |
सेवा/शाखा | इजरेली डिफेन्स फोर्स |
सेवा अवधि | १९९०-१९९६ |
श्रेणी | इजरेली डिफेन्स फोर्स (मेजर) |
Unit | |
लडाईं/युद्ध |
नाफ्ताली बेनेट (यहूदी: נַפְתָּלִי בֶּנֶט, आइपिए: [naftaˈli ˈbenet]; जन्म: सन् १९७२ मार्च २५) एक इजरायली राजनीतिज्ञ र इजरायलको वर्तमान प्रधानमन्त्री हुन्। उनले सन् २०१३ देखि सन् २०१९ सम्म प्रवासी मामिला मन्त्री र सन् २०१९ देखि सन् २०२० सम्म रक्षा मन्त्री भएर काम गरेका थिए। उनले सन् २०१८ देखि न्यु राइट पार्टीको नेतृत्व गरिरहेका छन्। यस अघि उनले सन् २०१२ देखि सन् २०१८ सम्म द ज्युज होम पार्टीको नेतृत्व गरेका थिए।[१]
उनले सन् २००६ मा राजनीतिमा प्रवेश गरेका थिए र बेन्जामिन नेतन्याहुका लागि सन् २००८ सम्म प्रमुख अधिकारीको रूपमा काम गरेका थिए। सन् २०११ मा, आइलेट सेक्डसँगै, उनले माइ इजरायल एक्स्ट्रा संसदीय आन्दोलनको सह-स्थापना गरेका थिए।[२] सन् २०१२ मा, बेनेट 'द यहूदी होम पार्टी'को शीर्ष नेताको रूपमा निर्वाचित भएका थिए। सन् २०१३ नेसेटको चुनावमा, बेनेटको नेतृत्वमा पहिलो पटक निर्वाचन लडेको द ज्युज होम पार्टीले १२० मध्ये १२ सिट जितेको थियो।[३] उनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको मातहतमा सन् २०१३ देखि सन् २०१५ सम्म अर्थ तथा धार्मिक सेवा मन्त्री, सन् २०१५ देखि सन् २०१८ सम्म शिक्षा मन्त्री भएर काम गरेका थिए। सन् २०१८ डिसेम्बरमा उनी 'द ज्युज होम'बाट छुट्टिएर 'न्यु राइट पार्टी'को गठन गरेका थिए।[४]
सन् २०२१ जुन २ मा बेनेटले आठ दलको गठबन्धन घोषणा गरेका थिए। उनले यायर ल्यापिडसँग एउटा गठबन्धन सम्झौतामा हस्ताक्षर गरेका थिए जस अनुसार बेनेट सन् २०२३ सम्म प्रधानमन्त्री बन्नेछन् भने लिपिड त्यसपछि सन् २०२५ सम्म प्रधानमन्त्री पद सम्हाल्नेछन्।[५]
जीवनी[सम्पादन गर्ने]
राजनीतिक जीवन[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ Wootliff, Raoul (१० अक्टोबर २०१९), "Yamina party officially splits into New Right, Jewish Home-National Union", The Times of Israel, अन्तिम पहुँच २१ अक्टोबर २०१९।
- ↑ "Israel's election: A newly hatched hawk flies high", The Economist, ५ जनवरी २०१३, अन्तिम पहुँच ८ मार्च २०२१।
- ↑ Gil Stern; Jeremy Sharon; Lahav Harkov (२४ जनवरी २०१३), "Final election count: Right bloc 61, Center-Left 59 seats", The Jerusalem Post।
- ↑ Bennett, Shaked quit Jewish Home, announce formation of ‘HaYamin HeHadash’ The Times of Israel, 29 December 2018
- ↑ Kingsley, Patrick (२०२१-०६-०२), "Live Updates: Netanyahu Faces Ouster as Foes Reach Deal for New Government", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२१-०६-०२।