निर्मला पन्त बलात्कार र हत्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निर्मला पन्त बलात्कार तथा हत्याकाण्ड
चित्र:निर्मला पन्त बलात्कार तथा हत्याकाण्ड.jpg
निर्मला हत्या काण्ड सम्बन्धि सरकार भेटियो न्याय भेटिएन पोष्टर टास्दै एक बालिका
मिति२०७५ साउन १०
स्थानकञ्चनपुर जिल्ला, नेपाल
मृत(निर्मला पन्त) २०७५ साउन १०
शंकित(हरू)दीलिपसिंह विष्ट

निर्मला पन्त बलात्कार र हत्याकाण्ड नेपालमा भएको एक दर्दनाक हत्याकाण्ड मध्ये एक हो । यसमा कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया किशोरी/बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । वि.सं. २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो ।

स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबीन माग गरेका थिए । प्रहरीको विरूद्धमा भएको प्रदर्शनमा गोली लागि थप एक युवकको समेत मृत्यु भएको थियो । त्यसपछि भदौ ७ गते सरकारले उक्त घटनाको लागि एक विशेष छानबीन समिति गठन गरेको थियो । [१] छानबीन आयोगले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन दिएको छ। [२]

घटना भएको कञ्चनपुर जिल्ला

प्रहरी अनुसन्धान[सम्पादन गर्नुहोस्]

आसंकितहरू[सम्पादन गर्नुहोस्]

बलात्कारपछि हत्या भएको १३ वर्षीया निर्मला पन्तको हत्या अभियोगमा पक्राउ परेका व्यक्ति बास्तविक अभियुक्त नरहेको भन्दै स्थानीयले कञ्चनपुरमा प्रदर्शन गरेका थिए । बलात्कारपछि पन्तको हत्या गर्ने वास्तविक अपराधी जोगाउन प्रहरीले मानसिक अवस्था ठीक नभएको व्यक्ति पक्राउ गरी सार्वजनिक गरिएको भन्दै स्थानीय जनसमुदायहरू आन्दोलित भएका थिए । प्रहरीले निर्मलाको बलात्कारपछि हत्या गरेको अभियोगमा भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दीलिपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । प्रहरीले विष्टलाई भदौ ३ गते घटनास्थलको पचास मिटर पश्चिमतर्फबाट नियन्त्रणमा लिएको जनाएको थियो [३]

जनआवाज[सम्पादन गर्नुहोस्]

सरकारको तर्फबाट[सम्पादन गर्नुहोस्]

विविध विवरणहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]