सामग्रीमा जानुहोस्

नेत्रकोना सदर उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेत्रकोना सदर
নেত্রকোণা সদর
नेत्रकोना सदर is located in बङ्गलादेश
नेत्रकोना सदर
नेत्रकोना सदर
बङ्गलादेशको नक्शामा नेत्रकोना सदर उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°४५′उ॰ ९०°२५′पू॰ / २४.७५०°N ९०.४१७°E / 24.750; 90.417निर्देशाङ्कहरू: २४°४५′उ॰ ९०°२५′पू॰ / २४.७५०°N ९०.४१७°E / 24.750; 90.417
देश बङ्गलादेश
विभागमयमनसिङ्ह विभाग
जिल्लानेत्रकोना जिल्ला
क्षेत्रफल
 • जम्मा३४०.३५ किमी (१३१.४१ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 • जम्मा३७२,७८५[१]
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटনেত্রকোনা সদরের সরকারী মানচিত্র

नेत्रकोना सदर (बङ्गाली: নেত্রকোনা সদর) बङ्गलादेशको उत्तर भागमा पर्ने जिल्ला नेत्रकोना जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला मयमनसिङ्ह विभागमा अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

नेत्रकोना सदर उपजिल्ला बङ्गलादेशको उत्तर भागमा पर्छ भने यो उपजिल्ला २४°४७' देखि २४°५८' उत्तर अक्षांश र ९०°३८' देखि ९०°५०' पूर्वी देशान्तरमा अवस्थित छ। नेत्रकोना सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३४०.३५ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई दुर्गापुरकमलकन्दा उपजिल्लाले उत्तर, केन्दुवागैरीपुर उपजिल्लाले दक्षिण, बरहट्टाअटपाडा उपजिल्लाले पूर्व र पूर्वधला उपजिल्ला पश्चिमबाट घेरेको छ। हतालील बील मेघना बिल आदि यस उपजिल्लाको प्रमुख नदि हो।

इतिहास[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको मेथार पट्टि खेलकुद म‌ैदानमा सन् १९३९ मार्च १५ का दिन एक नताजी सभाको आयोजना गरिएको थियो जहाँ थुप्रै जनसमुदायको माझमा चन्द्र बोसले भाषण दिएका थिए। सन् १९४५ अप्रिल ८,९ र १० का दिन यस उपजिल्ला अन्तर्गत परार खेलकुद मैदानमा भारत किसान सम्मेलनको आयोजना गरिएको थियो। २९ अप्रिल १९७१ का दिन पाकिस्तानी सेनाले नेत्रकाना उपजिल्लाका ४ मानिसहरूको अपहरण गरी पूर्वधला मार्गमा गोली हानी सामूहिक हत्या गरेका थिए। ९ डिसेम्बर १९७१ का दिन पाकिस्तानी सेनाले बङ्गलादेशको मुक्तिका लागि लडिरहेका ३ लडाकुलाई पाकिस्तानी सेनले नेत्रकाना सदर उपजिल्ला हत्या गरेका थिए। पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच कृषि फारममा भएको एक प्रत्यक्ष गोली हानाहानमा पाकिस्तानी सेना पराजित भएका थिए भने उक्त युद्धमा २ बङ्गलादेशी लडाकुहरू मारिएका थिए।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ३२९७३२ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १६८८२२ छ भने महिलाको जनसङ्ख्या १६०९१० रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २९६८६० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ३२३२० छ।[३] त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १०२, इसाई धर्मको २१ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ४२९ रहेको छ। यस उपजिल्लामा ३१५ मस्जिद, ३५ मन्दिर र ५ चिहानहरू रहेका छन्।[४]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लामा ५६.१९% कृषि योग्य जमिन रहेको छ भने बाकीँ भागहरू घर, उद्योग, खेल मैदान, विद्यालय, कार्यलय आदि रहेका छन्। यस जिल्लामा आलु, मौसमी तरकारी, गेडागुडी, धान आदि अन्न बालीहरू उत्पादन गरिन्छ भने यस क्षेत्रबाट लोपहुन लागेको तोरी र अन्य गेडागुडीहरूको पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा आँप, रुख कटर, केरा, भुइँकटर, खरबुजा, लिची, मेवा आदि फलफूलको उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा २० माछा पालन केन्द्र, १० दुग्ध सङ्कलन केन्द्र, ३४ कुखुरा पालन केन्द्र आदि रहेका छन्। यस उपजिल्लामा बरफ उद्योग, गहुँ पिसानी केन्द्र, प्रिन्टिङ प्रेस, वेल्डिङ उद्योग र खैनी कारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले गहुँ र जुट तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६०.०४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.१८% मजदुरी, व्यापार र उद्योगमा ०.७८%, वाणिज्यमा १४.५१%, सञ्चार र यातायातमा ४.४४%, रेमिटेन्समा ०.२९%, निर्माण क्षेत्रमा ७.१८%, सुविधा ७.१८%, धार्मिक सेवा ०.१९% र अन्य ७.७८% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय नेत्रकोना थानाको स्थापना सन् १८४७ मा गरिएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे।

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर ४४.८% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४८% छ भने महिलाको साक्षरता दर ४१.५% रहेको छ। यस उपजिल्लामा ५ क्याम्पस, १ कानुन क्याम्पस, १ आयुर्वेदिक क्याम्पस, १ प्राथमिक शिक्षक शिक्षण संस्था, ३५ माध्यमिक विद्यालय, २२० प्राथमिक विद्यालय, १२० गैरसरकारी शिक्षण संस्था, ३७ मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; नेत्रकाना सरकारी क्याम्पस, नेत्रकोना दत्त उच्च विद्यालय (सन् १८८९), चन्द्रनाथ उच्च विद्यालय (सन् १९०९), अञ्जुमान उच्च विद्यालय (सन् १९१४), नेत्रकोना कन्या उच्च विद्यालय (सन् १९६९) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. [१]
  2. সৈয়দ মারুফুজ্জামান (सन् २०१२), "নেত্রকোণা সদর", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "বাংলাদেশ জনসংখ্যা ও আবাসন আদমশুমারি ২০১১: জেলা রিপোর্ট - ময়মনসিংহ", टेबर पि०१, বাংলাদেশ পরিসংখ্যান ব্যুরো, পরিকল্পনা মন্ত্রক, জনগণের প্রজাতন্ত্র বাংলাদেশ সরকার, अन्तिम पहुँच १४ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण १६ डिसेम्बर २०१८ मिति
  4. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]