सामग्रीमा जानुहोस्

नेपालका गौरव यात्राहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नेपालका गौरव यात्राबाट अनुप्रेषित)

वर्ष भरी नेपालमा विभिन्न गौरव यात्राहरू मनाइने गरिन्छ । गौरव यात्राहरू मुख्यतः सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार र दृश्यताका निम्ति मनाइने उत्सव हो ।

नेपाल गौरव यात्रा

[सम्पादन]
नेपाल गौरव यात्रा (सन् २०१९)को झलक

हरेक वर्ष जून महिनाको दोस्रो शनिबारका दिन आयोजना हुने नेपाल गौरव यात्रा नेपालको पहिलो र ठूलो गौरव यात्रा हो । यो गौरव यात्रा सम्पूर्ण सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको निम्ति मनाइन्छ । यो गौरव यात्राको सुरुवात् सन् २०१९ देखि भएको हो । [१] [२] [३] [४] [५] [६] [७] [८] [९] सन् २०२०मा कोरोना महामारीका कारण उक्त गौरव यात्रा अनलाइनमा आयोजना भयो । सन् २०२१ मा १२ जून का दिन आयोजना हुँदैछ । [१०] [११] [१२]

क्वयेर महिला गौरव यात्रा

[सम्पादन]

नेपालमा क्वयेर महिला गौरव यात्रा अन्तर्राष्ट्रिय नारी दिवसका दिन मूलधारको महिला र्यालिसँगै मनाइन्छ । यसको सुरुवात सन् २०१९बाट भएको हो । महिला आन्दोलनमा पारलैङ्गिक महिला, अन्तरलिङ्गी महिला एवं समयौनिक, द्वियौनिक लगायतका महिलाहरूको समावेशिता र दृश्यताका लागि यो गौरव यात्रा सुरु भएको हो । [१३] सन् २०२० मा कोरोना महामारीका कारण यो गौरव यात्रा स्थगित भएको थियो । [१४] सन् २०२१ मा क्वयेर महिला गौरव यात्रा भृकुटीमण्डपमा भेला भएका थिए । यस तेस्रो वार्षिक क्वयेर महिला गौरव यात्राको मूल नारा 'अब देखि सबै महिला' रहेको थियो । महिला आन्दोलनमा अन्तरलिङ्गी महिला, पारलैङ्गिक महिला एवं विविध यौन अभिमुखिकरणका महिलाहरूको समावेशिताको माग राखिएको थियो भने पारलैङ्गिक महिलाहरूलाई जबरजस्ती 'अन्यलिङ्गी' उल्लेख गर्न बाध्य गरेको विरुद्ध पनि आवाज उठेको थियो । [१५] [१६] [१७]

क्वयेर आदिवासी गौरव यात्रा

[सम्पादन]
चित्र:Queer Indigenous Pride March Nepal 2019 Rally.jpg
क्वयेर आदिवासी गौरव यात्रा (सन् २०१९)

नेपालमा क्वयेर आदिवासी गौरव यात्रा विश्वका आदिवासीहरूको अन्तर्राष्ट्रिय दिवसका दिन मूलधारको आदिवासी जनजाती र्यालिसँगै मनाइन्छ । यसको सुरुवात सन् २०१९बाट भएको हो । [१८]

पारलैङ्गिक गौरव यात्रा

[सम्पादन]

डिसेम्बर १७ पछी आउने पहिलो शबिनारका दिन नेपालमा पारलैङ्गिक गौरव यात्रा मनाइन्छ । यसको सुरुवात सन् २०२०बाट भएको हो । [१९] [२०] [२१]

सन्दर्भ

[सम्पादन]
  1. ↑ "नेपाल गौरव यात्रा बारे", नेपाल गौरव यात्राको औपचारिक वेबसाइट, २०२०, मूलबाट २ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २ डिसेम्बर २०२०।
  2. ↑ "Nepal hosts first- ever pride parade marking pride month", My Republica, मूलबाट २०१९-०७-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-०२।
  3. ↑ "यौनिक तथा लैङ्गिक अल्पसंख्यकको पहिलो गौरव यात्रा", OnlineKhabar।
  4. ↑ "First Pride Parade in Kathmandu – Happy Pride Month!", NepalBuzz।
  5. ↑ "Sexual minority groups holding pride parade in Kathmandu", OnlineKhabar।
  6. ↑ "Marking pride month, Nepal’s first pride parade to take place tomorrow", The Kathmandu Post।
  7. ↑ "Nepal Pride Parade", Thuprai।
  8. ↑ "What is Pride Parade and its significance?", Rising Junkiri, मूलबाट २०१९-०६-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-०२।, This year’s theme for the pride parade in Nepal is ‘Inclusion of queer (gender and sexual minorities) at all levels of state and decision-making process’. This parade will assemble at Maitighar Mandala and will end in New Baneshwor, on June 29 at 10 am.
  9. ↑ "Celebration of diversity and sexuality: country’s first pride parade", The Himalayan Times।, The first pride parade taking place in the pride month of June in the country witnessed participants swaying their bodies to a diverse range of pride anthems in Maitighar (Fibwa-Khya) today.
  10. ↑ "Nepal Pride Parade 2020: The show must go on(line)", The Himalayan Times।
  11. ↑ "LGBTQI community celebrates Nepal Pride Parade 2020 online", Aawaaj News।
  12. ↑ "दोस्रो वार्षिक नेपाल गौरव यात्रा", Nepal Pride Parade।
  13. ↑ "क्वयेर महिला गौरव यात्रा", नेपाल गौरव यात्राको औपचारिक वेबसाइट, २०२०, मूलबाट २ डिसेम्बर २०२०-मा सङ्ग्रहित।
  14. ↑ "Second Annual Queer Womxn March canceled", नेपाल गौरव यात्राको औपचारिक वेबसाइट, २०२०, मूलबाट १३ फेब्रुअरी २०२१-मा सङ्ग्रहित।
  15. ↑ "तेस्रो वार्षिक क्वयेर महिला गौरव यात्रा", नेपाल गौरव यात्रा, २०२१, मूलबाट ०८ फेब्रुअरी २०२१-मा सङ्ग्रहित।
  16. ↑ "‘अबदेखि सबै महिला’ भन्ने नाराको साथ मार्च ८ का दिन क्वयेर महिला गौरव यात्रा आयोजना हुदै", स्वदेश नेपाल, २०२१, मूलबाट ०८ फेब्रुअरी २०२१-मा सङ्ग्रहित। अभिलेखिकरण ६ मार्च २०२१ वेब्याक मेसिन
  17. ↑ "Queer Womxn Pride Parade held in Kathmandu", ड काठमान्डु पोष्ट, २०२१, मूलबाट ०८ फेब्रुअरी २०२१-मा सङ्ग्रहित।
  18. ↑ "क्वयेर आदिवासी गौरव यात्रा", नेपाल गौरव यात्राको औपचारिक वेबसाइट, २०२०, मूलबाट २ डिसेम्बर २०२०-मा सङ्ग्रहित।
  19. ↑ "पारलैङ्गिक गौरव यात्रा", नेपाल गौरव यात्राको औपचारिक वेबसाइट, २०२०, मूलबाट २० डिसेम्बर २०२०-मा सङ्ग्रहित।
  20. ↑ "‘हामी तेस्रो लिंगी होइनौँ, पारलैंगिक हौँ’ (तस्बिरहरु)", देश संचार, २०२०, मूलबाट २० डिसेम्बर २०२०-मा सङ्ग्रहित।
  21. ↑ "Queer community creates history with first ever Trans Pride Parade (with photos)", आवाज न्यूज, २०२०, मूलबाट २० डिसेम्बर २०२०-मा सङ्ग्रहित।