सामग्रीमा जानुहोस्

नेपाल रेडक्रस सोसाइटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Nepal Red Cross Society
नेपाल रेडक्रस सोसाइटी
नेपाल रेडक्रस सोसाइटी
चित्र:Logo of Nepal Red Cross Society.png
नेपाल रेडक्रस सोसाइटीको लोगो
सङ्क्षिप्त नामनेरेसो
गठनसन् १९६३
संस्थापकअधिराजकुमारी प्रिन्सेप शाह
प्रकारगैर-नाफामुखी संगठन र मानवीय क्षेत्रमा सरकारलाई सहयोगी
कानुनी वैद्यतागैर-नाफामुखी संगठन
प्रधान कार्यालयरेडक्रस मार्ग, कालिमाटी, काठमाडौँ
स्थान
  • नेपाल
सेवा
नेपाल अधिराज्य भर
अध्यक्ष
डा. नेत्रप्रसाद तिम्सिना
महा मन्त्रि
पिताम्बर अर्याल
कोषाध्यक्ष
सिताराम कोइराला
कार्यकारी निर्देशक
उमेश ढकाल
मुख्य अङ्ग
केन्द्रीय कार्यसमिति
सम्बद्धताअन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको महासंघ
बजेट (आ व २०१७/२०१८)
५,१४०,०००,०००
स्वयंसेवकहरू (सन् २०१३/२०१४)
१,२३,०००
वेबसाइटwww.nrcs.org

विश्व रेडक्रस अभियानमा सहभागी हुने उद्देश्यका साथ, विश्वमा रेडक्रसको स्थापना भएको झन्डै १०० वर्ष पछी नेपालमा नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अध्यक्षतामा तदर्थ समितिले नेपालमा रेडक्रसको स्थापना गरेको थियो । यसरी नेपालमा रेडक्रस स्थापना गर्न पहल गर्ने ब्यक्तिमा डा. जयनारायण गिरीको प्रयास पनि उल्लेखनीय थियो । [१]

नेपाल रेडक्रस सोसाइटी (नेरेसो), आहिले नेपालको सबैभन्दा ठूलो मानवीय संस्थाको रूपमा विकसित भएको छ।  यसको जिल्ला शाखा कार्यालयहरु देशको ७७ बाटै जिल्लामा रहेको छ।  । जिल्ला शाखाहरूले १,५०८ भन्दा बढी उप-शाखाहरू, ५,४१० जुनियर र ८६५ युवा रेडक्रस सर्कलहरू र तिनीहरू अन्तर्गतको सहयोग समितिहरूबाट सेवा प्रदान गर्दछ। थप रूपमा, नेरेसोले देश भित्र २ आँखा अस्पताल, विस्तारित आँखा हेरचाह केन्द्रहरू, ११७ रक्त संचार सेवा केन्द्र हरू, २७२ एम्बुलेन्स सेवा स्टेशनहरू र १२ गोदामहरूबाट सेवाहरू प्रदान गर्दै आएको छ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय

औपचारिकरूपमा २०२० सालमा रेडक्रसको स्थापना हुनुपूर्व नै नेपालमा रेडक्रसका गतिविधि भने भएको देखिन्छ। वि.सं. १९९३/९४ तिर बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहले एबिसिनिया (हालको इथोपिया) मा युद्ध पीडितहरुका लागि रेडक्रसको अन्तर्राष्ट्रिय समितिमार्फत् स्वयंसेवकको रुपमा सेवा गरेको पाइन्छ। नेपालमा वि.सं. १९९० सालको महाभूकम्पबाट पीडितको सहायता तथा उद्धारमा तत्कालीन सरकार र स्वयंसेवक दलले गरेको सेवाको कदर स्वरुप विभिन्न देशबाट रेडक्रस चिन्ह अंकित प्रशंसा र पदक नेपालमा आएको थियो। त्यस्तै १९९४ मा जर्मन महावाणिज्यदूत काठमाडौं आई तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्ध शम्शेर र  तत्कालीन प्रधान सेनापति पद्य शम्शेरलाई क्रमश 'स्टार अफ जर्मन रेडक्रस' र 'अर्डर अफ दी जर्मन रेडक्रस' पदक प्रदान गरेको देखिन्छ। वि.सं. १९९४ मा नै फिनिस रेडक्रसबाट तत्कालीन बडामहारानीलाई 'फिनिस रेडक्रस' पदकबाट सम्मानित गरिएको थियो। दोस्रो विश्वयुद्धपछि जुद्ध शम्शेरका रानीहरुले बेलायत र चिनियाँ रेडक्रसका लागि पचास हजार सहयोग गरेको पाइन्छ।   

नेपालमा विस २०२० साल भद्र १९ गते तदर्थ समितिकोरूपमा नेपाल रेडक्रस सोसाइटी गठन भई संस्थागत रुपमा प्रारम्भ भएको हो।  मिति २०२० माघ २४ गते (सन् १९६४ फेर्बुअरी ७) तत्कालिन श्री ५ को सरकारद्वारा जेनेभा महासन्धिहरुमा सम्मिलन भएकोले, नेपाल सन्धि एनअनुसार उक्त महासन्धिहरुको कानुन सरह लागु भएको सन्दर्भमा २०२१ साल साउन १६ गते (सन् १९६४ जुलाई ३१) प्रचलित नेपालको कानुन अनुसार नेपाल सरकार (तत्कालिन श्री ५ को सरकार) बाट अधिकारिक मान्यता पाई सन् १९४९ को जेनेभा महासन्धि अनुरुप मानवीय कार्य क्षेत्रमा सरकारको सहयोगी स्वयम्सेवी सहायता संस्थाको रुपमा नेपाल राष्ट्रभरी कार्य गर्नेगरी मान्यता प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको एकमात्र राष्ट्रिय सोसाइटीको रुपमा २०२१ साल श्रावन २५ गते तत्कालिन जिल्ला मजिष्त्रत् कार्यालय काठमाडौँमा दर्ता भई मानवीय सेवा कार्यमा संलग्न रहँदै आएको छ। 

२०२३ साल साउन १२ गते नेपालमा रक्तसञ्चार सेवा स्थापना भएको थियो। अहिले नेपालको ७३ जिल्लाका ११६ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूमार्फत रेडक्रसले सेवा सञ्चालन गरिरहेको छ।

रक्त संचार सेवाको इतिहार

[सम्पादन गर्नुहोस्]

सन् १९६४ मा नेपाल रेडक्रस सोसाइटीले वीर अस्पतालमा प्याथोलोजी विभागमार्फत संस्थामा आधारित रक्तसञ्चार सेवा उपलब्ध गराउन थालेको थियो ।सन् १९९६ मा लक्ष्मी ब्लड बैंकको रूपमा पहिलो रक्त ट्रान्सफ्यूजन सेवा स्थापना भएको थियो । सन् १९९१ मा नेपाल सरकारले नेपाल रेडक्रस सोसाइटी (नेरेसो) लाई नेपालमा रक्त कार्यक्रम सञ्चालन गर्ने एकमात्र अधिकारिक निकायको मान्यता दियो।

रक्त संचार सेवा केन्द्र

[सम्पादन गर्नुहोस्]
तह / प्रकार संख्या क्षेत्र
केन्द्रिय रक्त संचार सेवा केन्द्र काठमाडौँ
प्रादेशिक रक्त संचार सेवा केन्द्र बिराटनगर, चितवन, पोखरा, नेपालगंज, धनगढी
जिल्ला रक्त संचार सेवा केन्द्र २२ २२ जिल्ला (नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखाहरु)
आकस्त्मिक रक्त संचार सेवा केन्द्र ४२ ४२ जिल्ला (नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखा / उपशाखाहरु)
अस्पताल इकाई ३६ वीर अस्पताल, श्री बिरेन्द्र अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल लगायत नेपाल भरी अस्पताल स्थित रक्त संचार सेवा

एम्बुलेंस सेवा

[सम्पादन गर्नुहोस्]

नेपाल भर नेपाल रेडक्रस सोसाइटीले आफ्नो जिल्ला शाखा, उपशाखा, सहयोगी समितिहरु मार्फत देशको ६८ जिल्लाहरुमा २७२ एम्नुलेन्स सेवा दिंदै आएको छ।   

आँखा अस्पताल

[सम्पादन गर्नुहोस्]

नेपाल रेडक्रस सोसाइटीले सन् १९९० देखि मध्यपश्चिमाञ्चल (कर्णाली प्रदेश) मा आँखा हेरचाह केन्द्र (सुर्खेत, दैलेख, जाजरकोट र बर्दिया) र स्विस रेडक्रसको सहयोगमा आउटरिच कार्यक्रममार्फत आँखाको हेरचाह सेवालाई प्रमुख अंगको रूपमा व्यवस्थापन गर्दै आएको छ । क्रस। नेपाल रेडक्रस सोसाइटीले देश भित्र दुई आँखा अस्पताल र विस्तारित आँखा हेरचाह केन्द्रहरू सञ्चालन गर्दछ।

सुर्खेत आँखा अस्पताल
श्री जानकी आँखा अस्पताल नेपाल रेडक्रस सोसाइटी
नेपाल रेडक्रस सोसाइटी अन्तर्गत संचालित अस्पताल
क्रस  अस्पतालको नाम जिल्ला
सुर्खेत आँखा अस्पताल सुर्खेत
श्री जानकी आँखा अस्पताल धनुषा
सामुदायिक उपचार केन्द्र १. जनाको आखा अस्पताल जनकपुरधामद्वारा महोतरी जिल्लाको जलेश्वर, धोबौलीमा र बागमती प्रदेशको सिन्धुलीमा शल्यक्रिया केन्द्रहरु संचालित छन्। 

२. धनुषा जिलाको यदुकुहा र सबैला महोतरी जिल्लाको गौशाला तथा सर्लाही जिल्लाको लालबन्दि सामुदायिक आँखा उपचार केन्द्र संचालित छन्। 

रेडक्रसका सात आधारभूत सिद्धान्तहरू

[सम्पादन गर्नुहोस्]

रणक्षेत्रमा घाइते भएका व्यक्तिहरूलाई भेदभावविना सहयोग पुर्‍याउने उद्देश्य लिएर स्थापना गरिएको अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेण्ट अभियान अन्तर्राष्ट्रिय र राष्ट्रिय दुवै हैसियतमा जहाँसुकै मानवीय विपत्तिलाई हटाउन वा कमगर्न प्रयत्नशील रहन्छ । यसको उद्देश्य जीवन तथा स्वास्थ्यको सुरक्षा तथा मानवको सम्मानलाई सुनिश्चित गर्नु हो । यसले सम्पूर्ण मानवबीचमा पारस्परिक समझदारी, मित्रता, सहयोग र चिरस्थायी शान्तिको अभिवृद्धि गर्दछ ।

निष्पछ्यता :

[सम्पादन गर्नुहोस्]

रेडक्रसले राष्ट्रियता, जाति, धार्मिक विश्वास, वर्ग र राजनीतिक विचारधाराको आधारमा कुनै भेदभाव गर्दैन । यसले विपत्तिको अवस्थामा मानवलाई सहयोग पुर्‍याउँदा उनिहरूको आवश्यकतालाई मात्र ध्यानमा राख्दछ र सबभन्दा बढी विपत्तिमा परेकालाई प्राथमिकता दिन्छ ।

सबैको विश्वास प्राप्त गरिरहनका निम्ति शत्रुतापूर्ण व्यवहारमा र कुनै पनि क्षण राजनीतिक, जातिय, धार्मिक अथवा बैचारिक स्वभावका विवादहरूमा रेडक्रस अभियानले कसैको पक्ष लिँदैन ।

रेडक्रस अभियानका स्वाधिन छ । राष्ट्रिय सोसाइटीहरूले सम्बन्धित सरकारको मानवीय सेवा कार्यमा सहयोग र सम्बन्धित राष्ट्रको ऐन (कानून पालना गर्दा आफ्नो स्वायत्तता सदा काम गर्नै पर्छ जसबाट रेडक्रस अभियानका आधारभूत सिद्धान्तअनुरुप काम गर्न ती निकायहरु सदैव सक्षम हुन सकुन् ।

स्वयम् सेवा :

[सम्पादन गर्नुहोस्]

रेडक्रस स्वेच्छाले अरुको भलाई गर्ने अभियान भएकाले कुनै पनि किसिमको लाभको इच्छाबाट प्रेरित हुँदैन ।

एउटा मुलुकमा एउटै मात्र रेडक्रस अथवा रेडक्रिसेण्ट सोसाइटी हुन सक्दछ । यो सबैका लागि खुला हुनै पर्छ । यसले आफ्ना मानवीय कार्यहरु देशभरि सञ्चालन गर्नै पर्छ ।

विश्वव्यापकता :

[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेण्ट अभियान विश्वव्यापी छ जसमा सबै सोसाइटीहरूको समान सम्मान हुन्छ र सबैले एक(आपसमा सहयोग गर्ने समान दायित्व र कर्तव्य पालना गर्दछन् ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]