सामग्रीमा जानुहोस्

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान
संगठनको मुख्यालय सीता भवन, नक्सलमा अवस्थित छ
सङ्क्षिप्त नामनाफा (NAFA)
गठनअप्रिल १३, २०१०; १६ वर्ष पहिले (२०१०-०४-13)
संस्थापककिरण मानन्धर
प्रधान कार्यालयकाठमाडौँ
स्थान
आधिकारिक भाषा
नेपाली, र अन्य नेपाली भाषाहरू
वर्तमान कुलपति
नारदमणि हार्तम्छाली
वर्तमान उपकुलपति
लालकाजी तामाङ (लामा)
मूल सङ्गठनहरू
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (नेपाल)
वेबसाइटनेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को गठन वि.सं. २०६६ चैत्र १ गते गठन भएको हो। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ नेपालको संसदले अनुमोदन गरेपश्चात् यसले गठनको बाटो तय गरेको थियो। नेपालको ललितकलाको संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन एवं सर्वाङ्गीण विकास गर्न र ललितकला सम्बन्धी विषयमा अध्ययन एवं अनुसन्धान गर्न गराउन तथा यस क्षेत्रका विद्धान तथा प्रतिभाहरूको सम्मान र कदर गर्ने उद्देश्यका यस संस्थाको गठन भएको थियो। [][]

स्थापना

[सम्पादन]

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको कार्यालय वि.सं. २०६६ बैशाख २ गतेदेखि सञ्चालन[] भए पनि नेपाल सरकारले वि.सं. २०६६ चैत्र १ गते कुलपतिसहित प्राज्ञ परिषदमा नौ र प्रज्ञा सभामा २१ जना नियुक्त गरेपछि औपचारिकरूपमा स्थापना भएको हो। [] यसको पहिलो कुलपति हुने अवसर भने चित्रकार किरण मानन्धरले प्राप्त गरे। [][]

संरचना

[सम्पादन]

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको दुई भागहरू छन् - प्राज्ञसभा र प्राज्ञ परिषद्को । प्राज्ञसभाको प्रमुख काम नेपाली कलाको विकासका लागि नीति तथा कार्यक्रम बनाउने हो। प्राज्ञ परिषद्को प्रमुख काम ती नीति तथा कार्यक्रमहरू नेपाली कलाकारहरूसँग मिलेर कार्यान्वयन गर्नु हो। प्राज्ञ परिषद्ले अन्य कला संस्थाहरूसँग पनि बेलाबेलामा सहकार्य गर्छ । प्राज्ञ परिषद्मा कुलपति, उपकुलपति, सदस्य सचिव र प्राज्ञ परिषद्का सदस्यहरू हुन्छन्। प्रत्येक क्याबिनेटले ५ वर्ष काम गर्छ।

विभागहरू

[सम्पादन]

प्रज्ञा–प्रतिष्ठानका विभागहरू निम्नानुसार छन्:

  • परम्परागत चित्रकला विभाग
  • समसामयिक चित्रकला विभाग
  • मूर्तिकला विभाग
  • लोककला विभाग
  • चित्रकला विभाग
  • हस्तकला विभाग
  • वास्तुकला र अन्य सृजनात्मक कला(बहुआयामिक कला) विभाग

प्रकाशनहरू

[सम्पादन]

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले पश्चिमी कला, नेपाली कला, नेपाली चित्रकला, नेपाली मूर्तिकला, नेपाली हस्तकला तथा लोककलाको विषयमा विभिन्न पुस्तकहरु प्रकाशन गर्दै आईरहेको छ।

  • प्रतिष्ठानले प्रकाशित गरेका पुस्तकहरू
१. प्रसिद्ध अग्रज नेपाली चित्रकार - ज्ञानेन्द्र बिवश
२. पाश्चात्य कला - नबिन्द्रमान राजभण्डारी - सन् २०१३
३. नेपालीआर्टिष्ट
४. नेपाली पेन्टिङ्ग : ए कृतिकल अनालाइसिस - डा. याम प्रशाद शर्मा - सन् २०१४
५. लोककलाकार जीवनी - देवेन्द्र थुम्केली

तस्बिर सङ्ग्रह

[सम्पादन]


सन्दर्भ सामग्रीहरू

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]