नेसनल ट्रेडिङ लिमिटेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेशनल ट्रेडिङ लिमिटेड व्यापार सम्बन्धी सबै पक्षहरूको अनुगमन गर्ने सरकारी संस्थान थियो। [१] [२] [३] यो नेपाल सरकारको वाणिज्य मन्त्रालय अन्तर्गतको निकाय थियो। [४] यसको स्थापना मिति २०१८ चैत्र १८ मा भएको थियो। राष्ट्रिय ट्रेडिङ्ग लिमिटेडमा पाँच सदस्यीय संचालक समिति रहन्थ्यो। अध्यक्ष र महाप्रबन्धक योजना, प्रोग्रामर र बोर्डले बनाएको र नीतिको उचित कार्यान्वयनको लागि जिम्मेवार हुन्छन्। अध्यक्ष र संचालक समितिका सबै सदस्यहरूको नियुक्ति सरकारबाट हुन्थ्यो। बहुदलीय व्यवस्थाको स्थापना अपछी सरकारी संस्थानलाई कार्यकर्ता भर्तीको केन्द्र बनाउने राजनैतिक दलहरूको कार्यको निशानामा नेसनल ट्रेडिङ लिमिटेड पनि पर्यो। र यो निरन्तर घाटामा डुब्दै गयो।

२०७४ माघ १५ मा सरकारले नेसनल टे्रडिङ लिमिटेडलाई खारेज गरेको थियो । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घाटा चुलिदै गएर सञ्चालन हुन नसक्ने देखिएको भन्दै नेसनल टे्रडिङ लिमिटेडलाई खारेज गर्ने निर्णय गरेको थियो । देउवा मन्त्रिमण्डल पछी बनेको दोस्रो ओली मन्त्रिपरिषद्ले नेसनल ट्रेडिङ लिमिटेडलाई फेरी व्युताउने निर्णय गर्यो।

नेसनल ट्रेडिङ लिमिटेड र नेपाल खाद्य संस्थानलाई गाभेर नयाँ सरकारी कम्पनीका रुपमा “खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ” गठन गर्ने नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७६/०२/१०को निर्णयअनुसार मिति २०७६ श्रावन २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई औपचारिक रुपमा “खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ” स्थापना भएको छ ।[५]

खारेज हुनु अगाडीको ठेगाना

नेसनल ट्रेडिङ्ग लिमिटेड
टेकु, काठमाण्डौ, नेपाल
पोष्ट बक्स न.: १२८
टेलिफोन: +९७७-१-४२२५७९९, ४२२७९२४, ४२४४०३२
फ्याक्स: +९७७-१-४२२५१५१
ईमेल: info@nationaltrading.com.np

आधिकारीक वेबसाईट[सम्पादन गर्नुहोस्]

www.nationaltrading.com.np

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "National Trading Limited-Introduction", Nationaltrading.com.np, अन्तिम पहुँच २०१३-१२-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०१-२४ मिति
  2. "Retailers say NTL, STC hoarding sugar", Kantipur (daily), अन्तिम पहुँच २०१३-१२-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१४-११-२९ मिति
  3. "Declining sugar price, a bad taste for NTL", Kantipur (daily), अन्तिम पहुँच २०१३-१२-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१४-११-२९ मिति
  4. "National Trading Limited-Introduction", Nationaltrading.com.np, अन्तिम पहुँच २०१४-११-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०१-२४ मिति
  5. खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड; परिचय