सामग्रीमा जानुहोस्

नोक गुफा

निर्देशाङ्कहरू: २७°४२′N ८४°४५′E / 27.70°N 84.75°E / 27.70; 84.75
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नोक गुफा
नक्सामा नोक गुफाको स्थान
नक्सामा नोक गुफाको स्थान
स्थानपोखरा, नेपाल
निर्देशाङ्क२७°४२′N ८४°४५′E / 27.70°N 84.75°E / 27.70; 84.75
प्रवेशद्वार(हरू)
पहुँचसार्वजनिक


नोक गुफा चितवन जिल्लाको राप्ती नगरपालिकाको दुर्गम पहाडी क्षेत्र लोथरमा रहेको प्राचीन तथा ऐतिहासिक महत्त्वको गुफा हो।[] कामेनचुलीको उत्तरफेदीमा करिब १५५० मिटरको उचाइमा रहेको यो गुफाभित्र दुईवटा प्वाल छन्। ती प्वालमध्ये तल्लो प्वालबाट खोला बगिरहेको छ भने माथिल्लो प्वालमा गुफा प्रवेश गर्ने बाटो छ।

गुफाभित्र हिन्दू देवीदेवताका मूर्तिहरू, बत्ती बाल्ने पाला, अष्टनाग, शङ्ख, नागबेली, मन्दिर, तुलसीमठजस्ता कलात्मक आकृतिहरू रहेका छन्। यस गुफालाई चितवन जिल्लाको ४० पर्यटकीय गन्तव्यस्थलको रूपमा पहिचान गरिएको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "कान्दामा विकासको ढोका खुल्दै", चितवन पोस्ट (नेपालीमा), २०१५-१०-०८, अन्तिम पहुँच २०२१-१२-२४ 
  2. "पर्यटकको बसाइँ लम्ब्याउन ४० पर्यटकीय गन्तव्यस्थलको पहिचान", नेपाली हेडलाइन्स (नेपालीमा), २०१५-०१-२६, अन्तिम पहुँच २०२१-१२-२४  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१२-२४ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]