नोक गुफा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नोक गुफा
नक्सामा नोक गुफाको स्थान
नक्सामा नोक गुफाको स्थान
स्थानपोखरा, नेपाल
निर्देशाङ्क२७°४२′N ८४°४५′E / २७.७०°N ८४.७५°E / 27.70; 84.75निर्देशाङ्कहरू: २७°४२′N ८४°४५′E / २७.७०°N ८४.७५°E / 27.70; 84.75
प्रवेशद्वार(हरू)
पहुँचसार्वजनिक


नोक गुफा चितवन जिल्लाको राप्ती नगरपालिकाको दुर्गम पहाडी क्षेत्र लोथरमा रहेको प्राचीन तथा ऐतिहासिक महत्त्वको गुफा हो।[१] कामेनचुलीको उत्तरफेदीमा करिब १५५० मिटरको उचाइमा रहेको यो गुफाभित्र दुईवटा प्वाल छन्। ती प्वालमध्ये तल्लो प्वालबाट खोला बगिरहेको छ भने माथिल्लो प्वालमा गुफा प्रवेश गर्ने बाटो छ।

पर्यटन[सम्पादन गर्नुहोस्]

गुफाभित्र हिन्दू देवीदेवताका मूर्तिहरू, बत्ती बाल्ने पाला, अष्टनाग, शङ्ख, नागबेली, मन्दिर, तुलसीमठजस्ता कलात्मक आकृतिहरू रहेका छन्। यस गुफालाई चितवन जिल्लाको ४० पर्यटकीय गन्तव्यस्थलको रूपमा पहिचान गरिएको छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "कान्दामा विकासको ढोका खुल्दै", चितवन पोस्ट (नेपालीमा), २०१५-१०-०८, अन्तिम पहुँच २०२१-१२-२४ 
  2. "पर्यटकको बसाइँ लम्ब्याउन ४० पर्यटकीय गन्तव्यस्थलको पहिचान", नेपाली हेडलाइन्स (नेपालीमा), २०१५-०१-२६, अन्तिम पहुँच २०२१-१२-२४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]