न्युटनको गति नियम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

न्युटनको गति नियम तीन भौतिक नियमहरु हुन् , जसले शास्त्रीय यान्त्रिकीको (classical mechanics) को जग बसालेको थियो । यी नियम हरुले कुनै पनि वस्तु र त्यसमा लाग्ने बल र त्यसमा त्यो बलको असरको रुपमा देखिने गतिकीको व्याख्या गर्दछ । केप्लरले पत्ता लगाएका ग्रहको गतिका नियम र आफ्नो गतिको तीन नियम मिलेको प्रदर्शन गरेपछि, खगोलीय वस्तु भएपनि पृथ्वीमा भएको वस्तु भएपनि सबै वस्तु मान्नुपर्ने गतिको नियम एक किसिमको हो भनेर प्रमाण गरे।


पहिलो नियम: इनार्सियाको सन्दर्भमा, कुनै वस्तुमा बाहिरी बल नलगाएसम्म उक्त वस्तु स्थिर छ भने स्थिर अवस्थामै रहिरहन्छ र चाल अवस्थामा छ भने समान गतिले अगाडि गइरहन्छ । .[१][२]
दोश्रो नियम:

इनार्सियाको सन्दर्भमा, कुनै पनि वस्तुमा बल Fको भेक्टर योगफल भनेको त्यो वस्तुको पिण्ड (mass)m र वस्तुको प्रवेग (acceleration) a को गुणन संग बराबर हुन्छ ।
F = ma
( वस्तुको पिण्ड "m" लाइ चर मानिएको छ – see below.)

तेश्रो नियम: हरेक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया हुन्छ ।

सबै भन्दा पहिले सर आइज्याक न्युटनले यी नियम हरुलाई आफ्नो ग्रन्थ फिलोसोफी नेचुरालिस प्रिंसिपिआ म्याथेमेटिका (सन १६८७) मा सङ्कलन गरेका थिए ।[३] सर आइज्याक न्युटनले अनेक स्थानहरुमा भौतिक वस्तुहरुको गतिसँग सम्बन्धित समस्याहरुको व्याख्या गर्न यसको प्रयोग गरेका थिए ।

सन्दर्भ[सम्पादन गर्ने]

  1. Browne, Michael E. (July 1999) (Series: Schaum's Outline Series). Schaum's outline of theory and problems of physics for engineering and science. McGraw-Hill Companies. pp. 58. . https://books.google.com/?id=5gURYN4vFx4C&pg=PA58&dq=newton's+first+law+of+motion&q=newton's%20first%20law%20of%20motion. 
  2. Holzner, Steven (December 2005). Physics for Dummies. Wiley, John & Sons, Incorporated. pp. 64. . https://books.google.com/?id=FrRNO6t51DMC&pg=PA64&dq=Newton's+laws+of+motion&cd=8#v=onepage&q=Newton's%20laws%20of%20motion. 
  3. See the Principia on line at Andrew Motte Translation